काठमाडौँ। मलेसियामा जारी एसियन गेम्स छनोटमा लागातार दोस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको छ ।
महिला क्रिकेटको दोस्रो खेलमा नेपालले इन्डोनेसियालाई चार विकेटले हराएको हो । जितका लागि इन्डोनेसियाले दिएको एक सय १४ रनको लक्ष्य नेपालले १९ ओभर तीन बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको जितमा कप्तान इन्दु बर्माले सर्वाधिक ४२ रन बनाइन् । ४३ बलको सामना गर्दै उनले पाँच चौकाको मद्दतमा नटआउट ४२ रन बनाएको हो । सोनी पार्खिनले २९ रन बनाउनुभएको खेलमा कविता कुँवरले १४ रन जोडिन्। अन्तिम समयमा आएर आएर मात्र ६ बलको सामना गर्दै सीता रानामगरले नटआउट १३ रन बनाइन्।
नेपालविरुद्ध कसिलो बलिङ गरेको इन्डोनेसियाका लागि सुवान्देवी र काइदे अरियानीले दुई, दुई विकेट हात पार्दा लक्ष्मी परमिथा र न्योमन मेप्रियानीले एक, एक विकेट हात पारिन् ।
मलेसियाको वायुमास ओभल मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय १३ रन बनाएको थियो।
इन्डोनेसियाका लागि कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५२ रन बनाइन् । यस्तै निलु केतुत वेसिका रतना देवीले २३ र नि मादे पुत्री सुवानदेवीले १३ रन बनाइन्। नेपालका लागि मनिषा उपाध्यायले दुई तथा रिया शर्माले एक विकेट लिइन्।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १९ रनले हराएको थियो ।
एसिया छनोटमा नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । समूहको विजेता बन्दै नेपाल सेमिफाइनल प्रवेश गरेको हो । समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - १३:३३
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...
आषाढ़ ३ गते, २०८३ - १३:२०
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...
आषाढ़ ३ गते, २०८३ - १३:०९
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...
आषाढ़ ३ गते, २०८३ - १२:५०
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:४८
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:२४
काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...
आषाढ़ ३ गते, २०८३ - १२:०९
काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...
आषाढ़ ३ गते, २०८३ - ११:५८
फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...
आषाढ़ ३ गते, २०८३ - ११:४५
खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढी...
आषाढ़ ३ गते, २०८३ - ११:३४
काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...



प्रतिकृया लेख्नुहोस्: