काठमाडौं । सरकारले वैदेशिक रोजगारका क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली (¥यापीड रेस्पोन्स टिम) गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तर्निकायको प्रतिनिधित्व हुने गरी शीघ्र प्रत्युत्तर टोली गठन गरिएको हो ।
वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको ¥यापीड रेस्पोन्स टिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय, नेपाल प्रहरीका प्रतिनिधि सदस्य रहेको छ भने वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत सदस्य सचिव रहेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारसम्बन्धी आउने गुनासोलाई तत्काल निराकरण गर्न, राहत, उद्धार तथा क्षतिपूर्तिको सिफारिस गर्न तथा अन्तर निकाय समन्वयका लागि टोली गठन गरिएको बताए।
टोलीले वैदेशिक रोजगार व्यवस्थापनमा कुनै सेवा प्रदायक निकाय, सङ्घसंस्था तथा व्यक्तिले बदनियतपूर्वक काम गरिरहेको वा गर्न लागेको कुनै सूचना प्राप्त भएमा छानविन गर्न, आवश्यक निर्देशन दिन तथा थप अनुसन्धानका लागि सिफारिस गर्नेछ ।
वैदेशिक रोजगारसम्बन्धी कामलाई व्यवस्थित तथा मर्यादित बनाउने तथा कानूनको प्रभावकारी कार्यान्वयन गराउन र यस क्षेत्रमा आउने गुनासोको तत्काल सम्बोधन गर्न टोलीले काम गर्नेछ । वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित, सुरक्षित बनाउने क्रममा यस क्षेत्रको व्यवस्थापनमा सुधार गरी सुशासनको अभिवृद्धि गर्न टोली गठन गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।
अहिले नेपाली युवाको रोजगारीको प्रमुख स्रोतका रुपमा वैदेशिक रोजगारीले स्थान लिएको छ । तर यसक्रममा ठगिने, दुःख, हण्डर व्यहोर्नुपर्ने र सुशासनका दृष्टिलेसमेत नकारात्मक चित्रण हुने गरेकाले यसको छवि सुधार्ने प्रयासका रुपमा शीघ्र प्रत्युत्तर टोली गठन गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - १५:४१
सर्लाही। सर्लाहीको क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नितिमा भण्डारी कार्कीले अग्रता बढाउँदै लगेका छन् । प्रारम्भिक मतपरिणाम...
फाल्गुन २२ गते, २०८२ - १५:३२
काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ को मतगणना जारी रहँदा रास्वपाका उम्मेदवार सुलभ खरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतगणना अनुसार खरेलले १६,७८८...
फाल्गुन २२ गते, २०८२ - १५:२४
विराटनगर। सुनसरी क्षेत्र नम्बर १ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएपछि रास्वपाका उम्मेदवार गोमा तामाङले स्पष्ट अग्रता लिएकी छन्। प्रारम्भिक मतगणना अ...
फाल्गुन २२ गते, २०८२ - १५:१८
फुङलिङ। प्रतिनिधि सभा सदस्य निर्वाचन ताप्लेजुङमा नेपाली कम्युनिष्ट पार्टीका खेल प्रसाद बुढाक्षेत्री (पराग)ले सुरुवाती अग्रता लिएको छन् । सिरिजङ्घा ...
फाल्गुन २२ गते, २०८२ - १५:०७
अछाम। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी उम्मेदवार भीमबहादुर रावलले सुरुवाती अग्रता लिएको छन् । ...
फाल्गुन २२ गते, २०८२ - १५:०४
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणना अनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । निर्वाचन आयोगका अ...
फाल्गुन २२ गते, २०८२ - १४:५७
भक्तपुर। प्रतिनिधि सभा सदस्य निर्वाचनको बिहीबार सम्पन्न मतदानपछि मत परिणाम आउने क्रममा भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९र...
फाल्गुन २२ गते, २०८२ - १४:४८
सर्लाही। प्रतिनिधि सभा निर्वाचनको हट स्पट मानिएको सर्लाही क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा गगन कुमार थापा पछि परेका छन्। सार्वजनिक भएको प्रार...
फाल्गुन २२ गते, २०८२ - १४:३९
जुम्ला। जुम्ला कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ६ र ७ को हालसम्म मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही...
फाल्गुन २२ गते, २०८२ - १४:३५
विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि दुर्गा रेग्मीको मृत्यु भएको छ। रास्वपाका उम्मेदवार कृ...



प्रतिकृया लेख्नुहोस्: