Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

संरक्षणसँगै पर्यटनसँग जोडिँदै जटायु रेष्टुरेण्ट

रासस

नवलपरासी । प्रकृतिको कुचिकार गिद्धको संरक्षणको उद्देश्यका साथ नवलपरासीको पीठौलीमा सन् २००६ मा स्थापित जटायु रेष्टुरेण्टलाई यतिखेर पर्यटकीय गन्तव्यका रुपमा पनि विकास गर्न लागिएको छ ।

गिद्धका साथै चराहरूको अध्ययन एवं पर्यापर्यटनमा रुची राख्नेका लागि यो स्थान पुग्नै पर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ । लोपोन्मुख अवस्थामा पुगेको गिद्ध बचाउने अभियानअन्तर्गत नेपालमा नै पहिलोपटक सन् २००६ मा नवलपरासीको पिठौलीमा समुदायद्वारा विश्वकै पहिलो ‘जटायु रेष्टुरेण्ट’ स्थापना गरिएको थियोे । 

लोपोन्मुख गिद्धलाई विषादीरहित भोजन उपलब्ध गराइ संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएको यो रेष्टुरेण्ट चरापर्यटनका साथै पर्यापर्यटनको रुचि राख्नेका लागि पनि आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको संरक्षणकर्मी एवं नवलपरासी जटायु रेष्टुरेण्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरीले जानकारी दिए । 

रेस्टुरेण्टको स्थापनासँगै गिद्धको सङ्ख्या बढेको जानकारी दिँदै उहाँले देश विदेशका विभिन्न स्थानबाट गिद्धका क्रियाकलाप अवलोकन एवं अनुसन्धान गर्न पर्यटक आउन थालेको बताए ।  विगत दुई दशकयता गिद्ध घट्ने क्रम बढिरहेको अनुसन्धानले देखाएको छ । 

गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेको संरक्षणकर्मी बताउँछन् । पछिल्लो समयमा गाईवस्तु पाल्ने क्रम पनि अत्याधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्ने क्रम पनि कम हुँदै जाँदा उनीहरूको आहारामा समस्या थपिने गरेको छ ।

अध्ययन अनुसार डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशु मृत्यु भएपछि उक्त सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई केही दिनमा नैै गिद्ध मर्ने गरेको छ । औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई विसं २०६३ जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाइ त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ ।

विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये नेपालमा नौ प्रजातिका पाइन्छन् । नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गर, सुन, सानो खैरो, हिमाली, हाडफोेर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन् । हिउँदको समयमा आउने लामो ठुँडे भारतबाट आउँछ भने खैरो गिद्ध मङ्गोलियाबाट आउँछन् । राज गिद्ध पाकिस्तान एवं किर्किस्तानबाट आउने गरेका छन् ।

सङ्ख्यात्मक रुपमा नेपालमा पाइने हिमाली गिद्धको सङ्ख्या १० हजार, डङ्गोर र सेता गिद्धको सङ्ख्या दुई हजार रहेको छ । त्यस्तै नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध पाँच÷पाँच सयको सङ्ख्यामा पाइन्छ । नेपालमा पाइने सानो खैरो गिद्धको सङ्ख्या भने ५० देखि ७५ को हाराहारीमा रहेको अध्ययनले देखाएको छ । बढ्दो बस्ती विकासको क्रमसँगै गिद्धका प्रजाति लोप हुने अवस्थामा पुगेको यस क्षेत्रका अनुसन्धाकर्ता बताउँछन् । 

गिद्धको बासस्थान विशेष गरी अग्लो सिमलको रूख हो । गिद्धहरू सिमलका रूखमा बस्ने तथा गुण लगाउने गर्दछन् । पछिल्ला समयमा बस्ती तथा फाँटमा रहेका सिमलका रूख काटिँदा पनि उनीहरू समस्यामा पर्ने गरेको संरक्षणकर्मी चौधरीको भनाइ छ ।

आफ्नो बासस्थान नै हराउँदै जानुका साथै बढ्दो बस्ती विकास, धुलोधुवाँ लगायतका कारण पनि यिनीहरू संकटमा पर्दै अर्का संरक्षणकर्मी यामबहादुर नेपालीले बताए। विगत १६ वर्ष यता रेष्टुरेण्टमा गिद्धलाई खाना खुवाउने काममा आफू लागि रेहको बताउँदै नेपालीले यिनीहरूको संरक्षण पर्यावरण जोगाउननका लागि पनि आवश्यक भएको बताए । 

विभिन्न अनुसन्धाता जटायु रेष्टुरेण्टमा पुगी गिद्धका क्रियाकलापको अवलोकन गर्ने गरेको बताउँदै उहाँले संरक्षणसँगै यो स्थललाई पर्यटनसँग जोड्ने प्रयास गरिएको बताउनुभयो । सिनो खाएर हैजा, रेबिजजस्ता रोग फैलन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई प्रकृतिको कुचीकारका रुपमा संरक्षण गर्नु जरुरी रहेको नेपालीको भनाइ छ ।

पछिल्ला समयमा गिद्धको संरक्षणका लागि नवलपरासीसँगै रुपन्देहीको गैडहवा ताल, दाङको लालमटिया र बिजनौरी, कैलालीको खुटिया, कास्कीको घाँचोक र सुनसरीको रामधुनीलगायत स्थानमा यस्ता रेष्टुरेण्ट स्थापना गरिएका छन् । नवलपरासीको जटायु रेष्टुरेण्टमा उमेर पुगेका र छाडा चैपायाको संरक्षण पनि गर्ने गरिएको छ । 

यहाँ राखिएको गौशालामा किसानबाट उमेर पुगेका, अशक्त, बेकामी गाईवस्तु सङ्कलन गरी पालनपोषण गर्ने गरिएको छ । गाईगोरुको प्राकृतिक मृत्युपश्चात् गिद्धको आहारका लागि निश्चित स्थानमा राखिने र त्यहाँ गिद्ध आएर खाने गर्दछन् । गिद्धको आनीबानी नजिकबाट लुकेर अवलोकन गर्नका लागि पर्यटक अवलोकन घर पनि बनाइएको उनले जानकारी दिए। 

नवलपरासीको जटायु रेष्टुरेण्टलाई पर्यापर्यटन एवं चरा पर्यटनमा रुची राख्नेका लागि जानै पर्ने गन्तव्यका रुपमा विकास गर्न सकिने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताए । 

नेपाल पर्यटन बोर्डले पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर स्वर्ण त्रिकोणको अवधारणाका साथ पर्यटन प्रवद्र्धन गर्न लागेको उल्लेख गर्दै उहाँले यस आसपासमा जोडिएका जटायु रेष्टुरेण्ट जस्ता धेरै गन्तव्यलाई समेट्न सकिने बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending