रौतहट । रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् । प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार गरेका हुन् ।
गएराति टिपरको ठक्करबाट एकजना स्थानीय कम्युनिस्ट नेताको मृत्यु भएपछि पीडित परिवार तथा जनप्रतिनिधिहरु प्रदर्शनमा उत्रिएका हुन् । फतुवा विजयपुर–११, हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक खेदु चौधरीको मृत्यु भएको थियो । उनी नेकपा एमालेका स्थानीय नेता हुन् ।
यस क्रममा २ जना प्रहरी घाइते भएको तथा प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।
उनको मृत्युपछि पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरी पोष्टमार्टमका लागि शव पठाउनु पर्नेमा त्यसो नगरी ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख तथा प्रहरी निरीक्षक विष्णु विश्वकर्माले मनपरी गरेको स्थानीयवासीको आरोप छ ।
प्रहरी निरीक्षक विश्वकर्माले आफू कसैको प्रभावमा नपरेको भन्दै आफूमाथि लगाइएका आरोपको खण्डन गरेका छन् ।
दुर्घटना लगत्तै टिपर चालक फरार भएका थिए । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - १६:०५
काठमाडौं । सरकारले सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह (क्यान्टिनरखाजा घर) हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। प्रधानम...
जेष्ठ १४ गते, २०८३ - १५:४५
काठमाडौँ। मलेसियामा जारी एसियन गेम्स छनोटमा लागातार दोस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको छ । महिला क्रिकेटको दोस्रो...
जेष्ठ १४ गते, २०८३ - १५:३२
काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । सोमबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले सरकार बहु...
जेष्ठ १४ गते, २०८३ - १५:१६
नयाँदिल्ली। भारतको पूर्वी राज्य विहारमा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बिहीबार भएको घटनाको पुष्...
जेष्ठ १४ गते, २०८३ - १५:०१
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको विकास, आर्थिक समृद्धि र राष्ट्रिय हित प्रवर्धनका लागि प्रभावकारी रूप...
जेष्ठ १४ गते, २०८३ - १४:४४
काठमाडौं । नेपाली कांग्रेस ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को प्रतिवेदनबारे सरकारसँग आधिकारिक धारणा माग गर...
जेष्ठ १४ गते, २०८३ - १४:२२
काठमाडौँ । सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमश: सिँचाइयोग्य क्षेत्रफल विस्तार हुँदै गएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चाल...
जेष्ठ १४ गते, २०८३ - १३:४१
नेपालगन्ज। इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठुलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेमा विभिन्न धार्मिक कार्यक्रमका साथ बिहीबार धुमधामले मनाइँदैछ । त्याग, बलि...
जेष्ठ १४ गते, २०८३ - १३:१३
पोखरा । पोखराको पृथ्वीचोकस्थित बसपार्कअगाडि रहेको संस्थान क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुर संगठन तथा विभिन्न संस्थाले बनाएका संरचना ...
जेष्ठ १४ गते, २०८३ - १२:५९
काठमाडौँ । आठ महिनाअघि बाढीले क्षति पुर्याएको विपी राजमार्गको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देल र...



प्रतिकृया लेख्नुहोस्: