काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएका व्यक्तिलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गराउन सहयोग र सहजीकरण गर्न राजनीतिक दललगायत सबैमा अपिल गरेको छ ।
देशका सबै निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयबाट १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिको मतदाता अहिले नामावली सङ्कलन कार्य भइरहेको छ ।
नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन भइरहँदा मतदाता नामावलीमा दर्ता, व्यवस्थापन, समावेशीजस्ता विषयका सम्बन्धमा उठाइएका प्रश्नप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले उक्त कार्यमा सहयोग पु¥याउन सम्पूर्ण सरोकारवालाबाट सहयोगको अपेक्षा गरेको जनाएको छ ।
मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममार्फत हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिन र अन्य जिल्लाका स्थानीय तहमा १५ दिनका दरले पहिलो चरणको कार्यक्रम समाप्त भई दोस्रो चरणको कार्यक्रम सञ्चालन भइरहेको छ । स्थानीय तहमा कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा आफ्नै स्थानीय तहबाट मतदाता नामावलीमा नाम दर्ता गर्नसकिने व्यवस्था मिलाइएको छ ।
आयोगले आफ्नो स्थानीय तहमा कार्यक्रम समाप्त भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएकाले निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमध्ये पायक पर्ने कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने स्पष्ट पारेको छ ।
आयोगले मतदाता नामावलीमा नाम छुट भएका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती एवं सुत्केरीलाई प्राथमिकता दिने, दर्तास्थलमा खानेपानी, शौचालय तथा सम्भव भएसम्म स्तनपान कक्षका साथै दर्तास्थल लैङ्गिक तथा अपाङ्गगतामैत्री हुने व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गरेको छ ।
आयोगले गम्भीर प्रकृतिका अशक्त, दीर्घरोगी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरीलाई विश्राम कक्ष र दर्ता स्थलसम्म सहज पहुँचका लागि विशेष व्यवस्था गर्न भनेको छ । मतदाता नामावली दर्ता स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने व्यवस्था मिलाउन सबै स्थानीय तहसमक्ष सहयोग उपलब्ध गराउनका लागि अनुरोध गरिएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ६ गते, २०८२ - ०९:१९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले आज धनगढीमा चुनावी कार्यक्रम गर्ने भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले कार्यक्रमम...
फाल्गुन ६ गते, २०८२ - ०९:१७
रोल्पा । रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका ३५ नेता कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । चुनाव...
फाल्गुन ६ गते, २०८२ - ०७:५८
काठमाडौँ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्याना...
फाल्गुन ६ गते, २०८२ - ०७:५५
काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपद...
फाल्गुन ६ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...
फाल्गुन ६ गते, २०८२ - ०७:४८
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर...
फाल्गुन ६ गते, २०८२ - ०७:३५
काठमाडौँ । नेपाली कांग्रेसको प्रतिज्ञापत्र आज सार्वजनिक हुने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन गइरहेको चुनावी सभामार्फत प्रतिज्ञापत्र सार...
फाल्गुन ६ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्ने भएको छ । बिहान ११ः०० बजे बस्नेगरी बैठक आह्वान भएको हो । बैठकमा यही फागुन २१...
फाल्गुन ६ गते, २०८२ - ०७:२४
काठमाडौँ । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत बुधबार र बिहीबार सार्वजनिक बिदा भएप...
फाल्गुन ६ गते, २०८२ - ०७:२०
काठमाडौँ । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदाय...



प्रतिकृया लेख्नुहोस्: