सल्यान । सल्यानको कपुरकोटमा कोभिड १९ विरुद्धको खोप कभरेज वृद्धिका लागि समिक्षासँगै कार्ययोजना निर्माण गरिएको छ । सोमबार सम्पन्न बैठकमा खोपको हाल सम्मको अवस्था, चुनौतिको विषयमा समिक्षा संगै खोप कभरेज बृद्धिका लागि योजना तर्जुमा गरिएको कपुरकोट गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जानकारी दिए ।
कपुरकोट गाउँपालिकामा पौष महिनाभित्र ८० प्रतिशत नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको छ । स्वास्थ्य शाखाकाअनुसार हाल सम्म कोरोनाविरुद्धको पहिलो मात्रा लगाउने ५७ प्रतिशत र दोस्रो मात्रा लगाउने ४१ प्रतिशत रहेका छन् ।
स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र स्वास्थ्यका लागि सक्षम प्रणालीको प्राविधिक सहयोगमा योजना तर्जुमा बैठक आयोजना गरिएको हो । बैठकमा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले सिफारिस गरिएका सबै उमेर समूहका व्यक्तिले खोप लगाउन जरुरी रहेको बताए ।
बैठकमा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले स्वास्थ्यकर्मी र जनप्रतिनिधिको समन्वयलाई बढाएर कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रमको सहजिकरण गर्दै सिनियर अहेव सुवाश हमालले कपुरकोटमा मंगलबारबाट १२ वर्ष देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम रहेको जानकारि गराए । उनका अनुसार कपुरकोट गाउँपालिकामा उक्त उमेर समूहका २२४० विद्यार्थीलाई कोभिड विरुद्धको खोप दिइने छ ।
क्षयरोगमुक्त पालिका
कपुरकोट गाउँपालिकालाई क्षयरोगमुक्त पालिका निर्माणका लागि समिति निर्माण गरिएको छ । सोमबार पालिका स्तरिय अभिमुखिकरणसँगै १७ सदस्यीय समिति गठन गरिएको हो ।
नेपाललाई सन् २०५० सम्म क्षयरोगको अन्त्य र सन् २०३५ सम्म क्षयरोग निवारण गर्ने लक्ष्य अनुरुप कपुरकोटमा पनि यस तर्फ विशेष ध्यान दिइएको स्वास्थ्य संयोजक अरुण दाहालले जनाए । हाल गाउँपालिकामा २९ जना क्षयरोगीका विरामीहरु रहेको उनले जनाए ।
क्षयरोगमुक्त पालिका घोषणाका लागि पालिकास्तरिय समितिले विभिन्न गतिविधिहरु सञ्चालन गर्ने स्वास्थ्य शाखाले जनाएको छ । समितिको संयोजकमा गाउँपालिका अध्यक्ष भिम बहादुर सेन, सहसंयोजकमा उपाध्यक्ष तिला बुढा मगर तथा सदस्यमा प्रमुख प्रशासकीय अधिकृत सहित वडाध्यक्षहरु, स्वास्थ्य चौकी प्रमुख, महिला स्वास्थ्य स्वयमसेविका, गैर सरकारी संस्था, विद्यालय, शिक्षा शाखा लगाएतका क्षेत्रका प्रतिनिधीहरु पनि छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: