काभ्रे । पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा क्रियाशील पत्रकारहरुलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ काभ्रे जिल्ला शाखाको समन्वयमा काभ्रेको धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा आजबाट शुभारम्भ भएको हो ।
उद्घाटन सत्रमा नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जुले पत्रकारितामा जिउने परिस्थिति निर्माण नभएसम्म पत्रकार आचारसंहिताको पालना हुन नसक्ने बताउँदै पेशा र सञ्चार क्षेत्रलाई सबल र आत्मनिर्भर हुन सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिता पालना गर्न र जिम्मेवारी पत्रकारिता गर्न हामी प्रतिबद्ध छौँ भन्दै सम्पूर्ण उपस्थिति पत्रकारहरुलाई प्रतिबद्धता जनाउँदै दोस्रो शेसनको शुभारम्भ गरे ।
प्रेस काउन्सिल नेपाल सदस्य ठाकुरप्रसाद बेलबासेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै काउन्सिलले सरकार र पत्रकारबीच सेतूको कार्य गर्दै पत्रकार क्षमता अभिवृद्धिको कार्यमा निरन्तर लागिपरेको बताउँदै सहभागिलाई स्वागत व्यक्त गरे ।
प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवि मास्केले पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रम फरक ढंगबाट अघि बढाउनुपर्ने र आफूले सिकेका कुराहरु जिल्लामा गएर कार्यक्षेत्रका पत्रकार साथीहरुलाई समेत शेयर गर्न तालिममा सहभागि पत्रकारहरुलाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले यस्ता प्रशिक्षण कार्यक्रममा अग्रज पत्रकारबाट उर्जा र जाँगर एवं सीप सिकी व्यवसायिक पत्रकारितामा अघि बढ्न थप टेवा पुग्ने बताए ।
पत्रकार महासंघ काभ्रे जिल्ला अध्यक्ष बद्रीराज तिमल्सिनाले प्रेस काउन्सिल नेपालले लिएको अठोट र प्रतिवद्धतामा ऐक्यवद्धता जनाउँदै सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै दुई दिने प्रशिक्षण कार्यक्रम हामीजस्ता क्रियाशील पत्रकारहरुको लागि फलदायी हुने धारणा राखे ।
दुई दिनसम्म ६ वटा शेसन चल्ने सो कार्यक्रममा वरिष्ठ पत्रकार एवं पुर्व अध्यक्षहरु धर्मेन्द्र झा, गोविन्द आचार्य, महासंघ अध्यक्ष विपुल पोखेल, बरिष्ठ पत्रकार निर्मला शर्मा लगायतले पत्रकार आचारसंहितासम्बन्धी अध्ययन र अनुभव शेयर गरेका छन्।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्यद्धय ठाकुरप्रसाद बेलबासे, चिरञ्जीवि मास्के, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल, उपप्रशासकीय अधिकृत राधेश्याम अधिकारीलगायत उपस्थिति रहेको थियो ।
प्रशिक्षण कार्यक्रमबाट बागमती प्रदेशस्तरका करीब ५५ जना पत्रकारहरु लाभान्वित हुने प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: