काभ्रे । पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा क्रियाशील पत्रकारहरुलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ काभ्रे जिल्ला शाखाको समन्वयमा काभ्रेको धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा आजबाट शुभारम्भ भएको हो ।
उद्घाटन सत्रमा नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जुले पत्रकारितामा जिउने परिस्थिति निर्माण नभएसम्म पत्रकार आचारसंहिताको पालना हुन नसक्ने बताउँदै पेशा र सञ्चार क्षेत्रलाई सबल र आत्मनिर्भर हुन सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिता पालना गर्न र जिम्मेवारी पत्रकारिता गर्न हामी प्रतिबद्ध छौँ भन्दै सम्पूर्ण उपस्थिति पत्रकारहरुलाई प्रतिबद्धता जनाउँदै दोस्रो शेसनको शुभारम्भ गरे ।
प्रेस काउन्सिल नेपाल सदस्य ठाकुरप्रसाद बेलबासेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै काउन्सिलले सरकार र पत्रकारबीच सेतूको कार्य गर्दै पत्रकार क्षमता अभिवृद्धिको कार्यमा निरन्तर लागिपरेको बताउँदै सहभागिलाई स्वागत व्यक्त गरे ।
प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवि मास्केले पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रम फरक ढंगबाट अघि बढाउनुपर्ने र आफूले सिकेका कुराहरु जिल्लामा गएर कार्यक्षेत्रका पत्रकार साथीहरुलाई समेत शेयर गर्न तालिममा सहभागि पत्रकारहरुलाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले यस्ता प्रशिक्षण कार्यक्रममा अग्रज पत्रकारबाट उर्जा र जाँगर एवं सीप सिकी व्यवसायिक पत्रकारितामा अघि बढ्न थप टेवा पुग्ने बताए ।
पत्रकार महासंघ काभ्रे जिल्ला अध्यक्ष बद्रीराज तिमल्सिनाले प्रेस काउन्सिल नेपालले लिएको अठोट र प्रतिवद्धतामा ऐक्यवद्धता जनाउँदै सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै दुई दिने प्रशिक्षण कार्यक्रम हामीजस्ता क्रियाशील पत्रकारहरुको लागि फलदायी हुने धारणा राखे ।
दुई दिनसम्म ६ वटा शेसन चल्ने सो कार्यक्रममा वरिष्ठ पत्रकार एवं पुर्व अध्यक्षहरु धर्मेन्द्र झा, गोविन्द आचार्य, महासंघ अध्यक्ष विपुल पोखेल, बरिष्ठ पत्रकार निर्मला शर्मा लगायतले पत्रकार आचारसंहितासम्बन्धी अध्ययन र अनुभव शेयर गरेका छन्।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्यद्धय ठाकुरप्रसाद बेलबासे, चिरञ्जीवि मास्के, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल, उपप्रशासकीय अधिकृत राधेश्याम अधिकारीलगायत उपस्थिति रहेको थियो ।
प्रशिक्षण कार्यक्रमबाट बागमती प्रदेशस्तरका करीब ५५ जना पत्रकारहरु लाभान्वित हुने प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: