काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकूद क्षेत्रको विकास र विस्तारमा सरकारले सक्दो सहयोग गर्ने बताएका छन्। माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा सम्मान गर्दै उहाँले खेलाडीको हौसला प्रदान गर्नको लागि आगामी दिनमा पनि पदक विजेता खेलाडीलाई सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा प्रधानमन्त्री देउवाले साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोलीका सदस्यलाई नगदसहित सम्मान गरे । गत असोज १५ देखि ३० गतेसम्म भएको खेलमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो ।
सरकारले खेलाडीलाई जनही रु पाँच लाख, तीन जना प्रशिक्षकलाई जनही रु तीन लाख र अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरेको हो । सम्मानित हुने खेलाडीमा किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरज ठकुरी, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी र कमल थापा छन्।
त्यसैगरी प्रशिक्षकमा अब्दुल्लाह अलमुताईरी, किरण श्रेष्ठ र विकाश मल्ल छन् । फिजियोमा आविष्कार पुडासैनी तथा टिम व्यवस्थापकमा मधुसुदन उपाध्याय छन् । सरकारले साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई जनही रु पाँच लाख पुरस्कार प्रदान गर्ने यसअघि नै घोषणा गरेको थियो । पूर्व घोषणाअनुरुप सरकारले आज सम्मान गरेको हो ।
युवा तथा खेलकूद मन्त्रालयले आयोजना गरेको उक्त सम्मान कार्यक्रममा विभागीयमन्त्री महेश्वरजङग गहतराजले फुटबल खेलले उत्कृष्टता प्राप्त गर्नसक्ने हुँदा यस खेलको विकास र विस्तारमा सरकारले ध्यान दिनुुपर्ने भनाइ व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...
फाल्गुन २२ गते, २०८२ - १७:१८
रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...
फाल्गुन २२ गते, २०८२ - १७:१३
रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...
फाल्गुन २२ गते, २०८२ - १७:०७
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...
फाल्गुन २२ गते, २०८२ - १६:५५
धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...
फाल्गुन २२ गते, २०८२ - १६:४७
गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...
फाल्गुन २२ गते, २०८२ - १६:४०
नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...
फाल्गुन २२ गते, २०८२ - १६:२९
काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...
फाल्गुन २२ गते, २०८२ - १६:००
झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...
फाल्गुन २२ गते, २०८२ - १५:५०
काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...



प्रतिकृया लेख्नुहोस्: