Khabar Dabali २३ पुष २०८२ बुधबार | 7th January, 2026 Wed
Investment bank

अब हुने निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बन्छ : महामन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने बताएका छन् ।

नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा धारणा राख्दै उनले आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कुरा कुनै भविष्यवाणी नभई जनमतको तथ्य भएको उल्लेख गरेका थिए ।

आफू र पार्टीको नवनिर्वाचित नेतृत्व त्यसैमा केन्द्रित भएर अघि बढ्ने प्रण गर्दै महामन्त्री शर्माले पार्टी प्रतिको युवाको आशालाई विश्वासमा रुपान्तरण गर्ने बताए ।

नेपालको संविधानले प्रेस स्वतन्त्रताका सम्बन्धमा प्रदत्त गरेका अधिकार कुण्ठित हुने कुनै पनि कानुन आउन नदिन अडिग रहेको बताउदै उनले आफू र आफ्नो पार्टीले सदैव स्वतन्त्र मिडियाका पक्षमा रहेको स्पष्ट पारेका थिए ।

आफू पनि कुनै बेला मिडियाकर्मी भएको स्मरण गर्दै महामन्त्री शर्माले सदैव मिडियामैत्री भएर काम गर्ने धारणा व्यक्त गरेका थिए ।

पार्टीको केन्द्रीय कार्यसमितिभन्दा बाहिर रहेका नेतृत्वपङ्तिको भावनालाई पनि समेटेर अघि बढने बताउँदै उनले त्यसका लागि आफू र नेतृत्वले संयोजन गर्ने उल्लेख गरेका थिए ।

मुलुकको समृद्धिका लागि भौतिक पूर्वाधारका साथै सामाजिक रुपान्तरण पनि अपरिहार्य रहेको उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सदैव मिडियामैत्री भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउनका लागि अग्रजसँग समूहगतरुपमा क्रियाशील भएर काम गर्ने उनले बताए ।

युनियनका अध्यक्ष बद्री सिग्देलले तत्कालीन कम्युनिष्ट सरकारले प्रेस स्वतन्त्रता कुन्ठित गर्ने गरी अघि बढाएका सबै विधेयक तत्काल खारेज गर्नुपर्ने माग गरेका थिए ।

मिडिया र सञ्चारकर्मीलाई सहयोग पुग्ने गरी प्रभावकारी योजना ल्याउन सरकारलाई उनले आग्रह गरेका थिए । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महेन्द्रनगरमा चिसो बढेपछि विद्यालय बन्द

महेन्द्रनगर । केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् । चिसो बढेर वि...

वीरगञ्जमा कर्फ्यू आदेश आज दिउसो १ बजेसम्म थप

पर्सा । जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू  आदेश थप गरेको छ ।  प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि...

स्ट्रबेरीखेती बिक्री गरेर एकवर्षमा २१ लाख आम्दानी

दाङ । अध्ययनको क्षेत्र कृषि प्राविधिक ,व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेर...

भारतबाट फर्किएगत्तै आन्तरिक छलफलमा प्रचण्ड, राष्ट्रिय सभामा तालमेलको कसरत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएपछि पार्टीभित्र आन्तरिक छलफलमा सक्रिय भएका छन्।  एकता सन्...

राष्ट्रिय सभा निर्वाचन- कांग्रेसले आज उम्मेदवारको टुङ्गो लगाउने

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो आज लगाउने भएको छ। यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको...

माटो मिसाएर गरिएको ढलान जनप्रतिनिधिले भत्काइदिए

म्याग्दी । धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक य...

आमचोकमा तीन करोड लगानीमा चियाखेती

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत चियाखेती विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ ...

एमाले कार्यकर्ताले १० वर्षदेखि सूर्य चिह्नमा भोट हाल्न नपाएको झापा–३ मा ओली लड्दैछन् ?

काठमाडौं । गत शनिबार एमालेको क्षेत्रीय कमिटी बैठकले झापा–५ बाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारिस गर्ने...

एमाले सचिवालय बैठक- राष्ट्रियसभा निर्वाचनबारे के लेला निर्णय ?

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बिहान ९ बजे पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्नेगरि बैठक आह्वान भएको केन्द्रीय कार्यालयका सचिव डा....

राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच गठबन्धन हुने निश्चित, १८ सीट कसरी हुँदैछ बाँडफाँट ?

काठमाडौँ । जेनजी आन्दोलनको प्रभावपछि सत्ता राजनीतिबाट केही हदसम्म टाढिएका प्रमुख दलहरूले राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने तयारी गरेका छन् । ११ म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending