काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफूले नबोलेको कुरा ‘भिडियो एनिमेसन’ मार्फत सम्पादन गरेर भ्रम फैलाउन प्रसारण गरिएको बताएका छन् । आज प्रदेशसभामा बोल्दै मुख्यमन्त्री पाण्डेले आफ्नो दलको कमिटी विस्तार नहुने वडामा बजेट विनियोजन नगर्ने भनेर आफूले कतै नभनेको बताए ।
एमाले प्रदेशसभा सदस्यको अनुपस्थितिमा आज बसेको दोस्रो बैठकमा मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालमार्फत भए पनि आफ्नो जवाफ सुन्न एमालेका नेतालाई आग्रह गरे।
प्रदेशसभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० का नेता तथा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए भने आज बिहान बसेको अर्को बैठकमा पूर्वमन्त्री केशवराज पाण्डेले आफूले राखेको माग पूरा नभएको भन्दै संसद् सञ्चालन गर्नुअघि एमालेले राखेको प्रश्नको जवाफ दिनुपर्ने माग गरेका थिए ।
लगत्तै सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि स्थगित गर्नुभएको बैठक चार घण्टापछि पुनःबसेको थियो । बैठक अनिश्चितकालका लागि स्थगित भएको सूचनासँगै आफ्ना प्रदेशसभा सदस्य राजधानी हेटौँडा बाहिरिसकेको भन्दै एमालेका कुनै पनि सदस्य बैठकमा उपस्थित भएका थिएनन् ।
हिजोको बैठकमा पूर्वमुख्यमन्त्री पौडेलले नवगठित प्रदेश सरकारले प्रदेशवासी हौँ भन्न पनि लाज हुने गरी प्रदेशको बदनाम गरेको बताएका थिए । पौडेलले मुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्ता स्वार्थको निमित्त जनतामाथि आघात पु¥याउने गरी सात मन्त्रालयलाई १४ वटामा वृद्धि गरेको, मुख्यमन्त्री स्वयंले सार्वजनिक समारोहमा आफ्नो पार्टीको सङ्गठन विस्तार नभएको स्थानमा सरकारले बजेट विनियोजनलगायत नगर्ने बताएको आरोप लगाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - १६:५७
रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...
आश्विन ४ गते, २०८१ - १६:४७
टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...
आश्विन ४ गते, २०८१ - १६:३३
तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...
आश्विन ४ गते, २०८१ - १६:२०
एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार
आश्विन ४ गते, २०८१ - १६:१४
काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...
आश्विन ४ गते, २०८१ - १६:०८
धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...
आश्विन ४ गते, २०८१ - १६:००
काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...
आश्विन ४ गते, २०८१ - १५:४२
काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...
आश्विन ४ गते, २०८१ - १५:३२
गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...
आश्विन ४ गते, २०८१ - १५:२५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...
प्रतिकृया लेख्नुहोस्: