Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

मैले नबोलेको कुरा ‘भिडियो एनिमेसन’ गरियो : मुख्यमन्त्री पाण्डे

खबरडबली संवाददाता

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफूले नबोलेको कुरा ‘भिडियो एनिमेसन’ मार्फत सम्पादन गरेर भ्रम फैलाउन प्रसारण गरिएको बताएका छन् । आज प्रदेशसभामा बोल्दै मुख्यमन्त्री पाण्डेले आफ्नो दलको कमिटी विस्तार नहुने वडामा बजेट विनियोजन नगर्ने भनेर आफूले कतै नभनेको बताए । 

एमाले प्रदेशसभा सदस्यको अनुपस्थितिमा आज बसेको दोस्रो बैठकमा मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालमार्फत भए पनि आफ्नो जवाफ सुन्न एमालेका नेतालाई आग्रह गरे। 

प्रदेशसभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० का नेता तथा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए भने आज बिहान बसेको अर्को बैठकमा पूर्वमन्त्री केशवराज पाण्डेले आफूले राखेको माग पूरा नभएको भन्दै संसद् सञ्चालन गर्नुअघि एमालेले राखेको प्रश्नको जवाफ दिनुपर्ने माग गरेका थिए । 

लगत्तै सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि स्थगित गर्नुभएको बैठक चार घण्टापछि पुनःबसेको थियो । बैठक अनिश्चितकालका लागि स्थगित भएको सूचनासँगै आफ्ना प्रदेशसभा सदस्य राजधानी हेटौँडा बाहिरिसकेको भन्दै एमालेका कुनै पनि सदस्य बैठकमा उपस्थित भएका थिएनन् । 

हिजोको बैठकमा पूर्वमुख्यमन्त्री पौडेलले नवगठित प्रदेश सरकारले प्रदेशवासी हौँ भन्न पनि लाज हुने गरी प्रदेशको बदनाम गरेको बताएका थिए । पौडेलले मुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्ता स्वार्थको निमित्त जनतामाथि आघात पु¥याउने गरी सात मन्त्रालयलाई १४ वटामा वृद्धि गरेको, मुख्यमन्त्री स्वयंले सार्वजनिक समारोहमा आफ्नो पार्टीको सङ्गठन विस्तार नभएको स्थानमा सरकारले बजेट विनियोजनलगायत नगर्ने बताएको आरोप लगाएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

अछाम । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित राहाबल्दे नजिक कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता भएका छन् । बिहीबार साँझ करिब ७ ब...

सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२० ले घटेको हो ।  नेपाल सुनचाँदी व्यव...

विशेष महाधिवेशन विवादमा आज सर्वोच्चमा विपक्षीको बहस, विश्वप्रकाशले पनि बहस गर्ने

काठमाडौं । नेपाली कांग्रेस भित्रको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालत मा आज विपक्षी पक्षको बहस हुने भएको छ। पार्टीका उपसभापति विश्वप्रकाश...

ऊर्जा क्षेत्रको सुधारका लागि मन्त्री श्रेष्ठद्वारा ३२ बुँदे निर्देशन जारी

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...

नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक विद्यालयमा

सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...

कालीगण्डकीमा हस्तक्षेप रोक्न ब्यानर प्रदर्शन

बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...

मेसको छतबाट खसेर प्रहरी कार्यालय सहयोगीको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...

साहसिक फुटबल विजेता सूर्योदयले पायो ४० किलो घिउ

फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...

हुलाकलाई 'सरकारी कुरियर' बनाउँदै सरकार: म्याग्दी र मकवानपुरमा सेवा सुरु

काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्‍याउने कार्य प्रारम्भ...

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending