चितवन । नेपाली काँग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । काँग्रेसको १४ औँ महाधिवेशनमा जिल्लाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यसअघि पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा आमन्त्रित केन्द्रीय सदस्य हुनुभएको भए पनि निर्वाचित सदस्य अहिलेसम्म कोही हुन सकेका थिएनन् ।
चौधौँ महाधिवेशनबाट काँग्रेसका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ, प्रतिनिधिसभा सदस्य उमेश श्रेष्ठ, तत्कालिन संविधानसभा सदस्य अञ्जनी श्रेष्ठ, नेता दिनेश कोइराला र शान्ति परियार विक निर्वाचित भएका छन् । महाधिवेशनमा जिल्लाबाट १३ जनाले केन्द्रमा उम्मेदवारी दिएका थिए ।
काँग्रेसको राजनीतिमा पाँच पटकसम्म चितवनको सभापति भएर काम गर्नुभएका गुरुङ आदिवासी जनजाति कोटाबाट केन्द्रीय नेतृत्वमा पुग्न सफल भएका हुन् । विसं २०१८ देखि काँग्रेसको राजनीतिमा सक्रिय गुरुङले २०७० सालको निर्वाचनमा तत्कालीन पार्टी सभापति सुशील कोइरालालाई चितवनबाट जिताउन टिकटसमेत त्यागेर सहयोग गरेका थिए ।
यस्तै व्यापारिक पृष्ठभूमिबाट काँग्रेसको राजनीतिमा आएका श्रेष्ठ हाल प्रधानमन्त्री कार्यालयका बहालवाला राज्यमन्त्री हुन् । केही समय स्वास्थ्य राज्यमन्त्री बनेका श्रेष्ठ शिक्षा, स्वास्थ्य, जलविद्युत् र पर्यटन व्यवसायसँगै बैंकिङ क्षेत्रका ठूला लगानीकर्ता हुन् । श्रेष्ठ पनि चितवनबाटै प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय जिम्मेवारीमा पुग्न सफल भएका हुन् ।
पार्टीको १३ औँ महाधिवेशनमा पनि महासमिति सदस्य भएका श्रेष्ठ चितवन क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । तत्कालिन संविधानसभा सदस्यको जिम्मेवारीसमेत निर्वाह गरीसकेका श्रेष्ठ अहिले प्रतिनिधिसभा सदस्य रहेका छन् ।
नेपाल विद्यार्थी सङ्घबाट काँग्रेसको राजनीतिमा सक्रिय नेत्री अञ्जनी श्रेष्ठ पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । आदिवासी जनजाति कोटाबाटै केन्द्रीय समितिमा प्रवेश गरेकी श्रेष्ठ तत्कालिन संविधानसभा निर्वाचनपछि समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेकी थिइन् । काँग्रेस चितवनको जिल्ला कार्यसमितिमा रहेर काम गरेकी उनले पद्मकन्या क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनकी सभापतिसमेत भएर काम गरेकी थिइन् ।
विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेता दिनेश कोइराला भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार रहेका थिए । नेकपा ९माओवादी केन्द्र०सँग तालमेल हुने भएपछि उनले उम्मेदवारी छोडेका थिए । स्थानीय तह निर्वाचनमा टिकट फिर्ता लिएपछि उनी त्यसपछिको निर्वाचनमा चितवन–३ ९क० बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बने । कोइरालाले नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । उनी सन् २००८ मा जेसीजको राष्ट्रिय अध्यक्ष भएका थिए ।
यस्तै विद्यार्थी राजनीतिबाटै मूलधारको राजनीतिमा सक्रिय परियार दलित सङ्घ चितवनकी अध्यक्ष हुन् । दलित समुदायको मुद्दालाई अघि बढाउँदै आएकी उनी पहिलोपटक केन्द्रीय समितिमा पुग्न सफल भएकी छन् । निर्वाचित तीन जना संस्थापन समूह र दुई जना संस्थापन इतर समूहबाट निर्वाचित भएका हुन् । काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ भने झिनो मतान्तरले पराजित भए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: