Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

...त्यसपछि खाेजीयाे राष्ट्रिय महाधिवेशनमा ‘माओवादी ब्राण्ड’ !

‘एजेण्डाका हिसाबले अब्बल, कार्यान्वयनको तहमा नेतृत्व कमजोर’

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा उपस्थित भएका नेता तथा कार्यकर्तादेखि अन्य दलका शीर्ष नेताले माओवादीको वास्तविक पहिचान (ब्राण्ड)को खोजी गरेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको पहलकर्ता र संस्थापनकर्ता माओवादी पछिल्ला वर्षमा रुमल्लिएको जस्तो अनुभव भइरहेका बेला राष्ट्रियस्तरमै त्यो ब्राण्डको खोजी भएको हो । 

संविधानसभाबाट संविधान माओवादीको एजेण्डा थियो, पूरा पनि भयो । नेपाली जनताले संविधानसभामार्फत संविधान निर्माण गर्ने अवसर प्राप्त गरे । नेपालमा शान्ति प्रक्रिया मौलिक ढङ्गले पूरा भयो । केही काम अझै पनि बाँकी छ । त्यसलाई शीघ्र पूर्णतामा लैजानुपर्ने दायित्व माओवादीकै काँधमा छ तर ढिला भएको छ । उद्घाटन शत्रमा उपस्थित भएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि उपेन्द्र यादवसम्मले माओवादीको भूमिकाको उच्च प्रशंसा गर्दै जनता र देशका पक्षमा थप क्रियाशिल हुन माओवादी नेतृत्वको ध्यानकर्षण गराए । 

जनयुद्धकालीन सहयात्री सिपी गजुरलले केही शर्तहरू राख्दै फेरि पनि माओवादीहरूका बीचमा एकताको आवश्यकता औँल्याए । एमालेका महासचिव शङ्कर पोखरेलले ठूलो मेहनतका साथ नेकपा गठन भए पनि एकता जोगाउन नसक्नुको कारणहरूको खोजी गर्नुपर्ने धारणा राखे। 

नेकपा मालेका महासचिवले त जनयुद्धकालीन एजेण्डाको स्मरण मात्रै गराउनु भएन, लक्ष्यमा कहाँकहाँ चुक्यो भनेर माओवादी नेतृत्वले खोजी गर्नुपर्ने सुझाव दिए । समग्रमा सबै नेताहरूका एउटै मनोभावना थियो, माओवादीले आफ्नो एजेण्डा के कति पूरा ग¥यो र के कति एजेण्डा अझै पनि बाँकी छ भन्ने खोजी गर्न ध्यानाकर्षण गराए । 

टुटफुट र विभाजनको चक्रब्यूहमा फसेको भए पनि जनयुद्धकालीन माओवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै वरीपरी केन्द्रित छ भन्ने यथार्थ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा प्रष्ट देखियो । जनयुद्धकालीन १७ नेताले पार्टी छाडेको, नौ जना उच्च नेताले शहादत प्राप्त गरेको भए पनि सहिद, बेपत्ता परिवार, घाइते योद्धा सबैको आश अझै पनि माओवादीप्रति नै छ ।  

एजेण्डाका हिसाबले माओवादी अब्बल देखिए पनि कार्यान्वयनको तहमा भने माओवादीले आफूले भने अनुसार नेतृत्व गर्न सकेको छैन । यद्यपी, नेपालको राजनीतिक परिवर्तनको भूमिकामा माओवादी शीर्ष स्थानमा छ । नेतृत्वमा नै छ । 

यही सन्दर्भ जोड्दै प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बलमा नै संविधानसभाबाट संविधान बनेको ऐतिहासिक तथ्यलाई स्मरण गराए । प्रधानमन्त्री देउवाले भने, ‘प्रचण्डजीले नेपालको राजनीतिमा धेरै ठूलो योगदान दिनुभएको छ । उहाँकै बलले हामी संविधानसभामा गएका हौँ । संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा कांग्रेसले गरेको हो, पछिल्लो चरणमा प्रचण्डले लिएकै अडानका कारण संविधानसभाको चुनाव भएको हो ।’

माओवादीकै नेता नारायणकाजी श्रेष्ठ र मातृकाप्रसाद यादवले पनि पार्टीको चिन्ता गरे । उनले माओवादीलाई कसरी सुधार गर्न सकिन्छ भन्ने ‘प्रेसक्रिप्सन’ प्रस्तुत गरे । साङ्गठनिक कर्मकाण्ड पूरा गर्न मात्रै माओवादीको आयोजना नगरिएको भन्दै नेता श्रेष्ठले माओवादीले गर्नुपर्ने विभिन्न पाँच वटा कामका बारेमा उद्घाटन शत्रलाई जानकारी गराए । 

अर्का नेता यादवले कोही कसैले छाड भन्दैमा क्रान्तिकारी नेतृत्वले छाड्न नमिल्ने र नेतृत्वको पुस्तान्तरण भन्ने कुरा पूँजीवादीको भएको बताए । उनले भने, ‘अहिले चलेको पुस्तान्तरणको कुरा पूँजीवादीहरूका कुरा हुन् । बुढाले छाड्नुप¥यो र नयाँलाई दिनप¥यो । स्थापित नेतालाई पाखा लगाइदिने अनि केही नजान्नेलाई नेता बनाइदिने’ नेता यादवले पार्टी र क्रान्तिको चिन्ता गर्दै अगाडि भने, ‘फेस र एजले मात्रै नेतृत्व हुँदैन ।’

नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरलले पनि माओवादीको पहिचान स्मरण गर्न सुझाव दिए । उनले जनयुद्ध सुरु गर्दा ताकाको केन्द्रीय समितिले गरेको प्रतिबद्धता सम्झन विशेष गरी प्रचण्डलाई सुझाव दिनुभयो । राष्ट्रियता, जनजीविकाको विषयमा प्रष्ट भएर आए माओवादीसँग पुनः एकता हुने उनको भनाइ थियो । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनयुद्धकालीन दिनहरू स्मरण गर्दै माओवादी जनयुद्ध र मधेश जनविद्रोहको बलमा गणतन्त्र र सङ्घीयता स्थापना भएको तथ्य पेश गर्दै माओवादी जनयुद्ध र मधेश जनविद्रोहका कतिपय एजेण्डा पूरा हुन नसकेको भन्दै पहिचानको खोजी गरे। 

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले पनि माओवादीको मूल्य र मान्यताको खोजी गर्नुभयो । उहाँले संविधानमा सबैथोक भए पनि केही नभएको जस्तो भएको भन्दै संविधानलाई पूर्ण बनाउन सके माओवादी नै सफल हुने धारणा राखे । 

मालेका महासचिव मैनालीले त व्यवस्था बदलिए पनि अवस्था बदलिन नसकेकामा जनगुनासो व्याप्त रहेको भन्दै नेपाली राष्ट्रिय जनक्रान्तिको मौलिक बाटो कुन हो भनेर माओवादी नेतृत्वलाई नै प्रश्न गरे । सबै नेताका धारणा सुनिसकेपछि माओवादी अध्यक्ष प्रचण्डले पनि पार्टी एकता जोगाउन नसकेको र माओवादी आन्दोलन कमजोर भएको विषयमा आत्मसमीक्षा गर्ने दृढता व्यक्त गरे। माओवादी अरु कारणले होइन मेरो आफ्नै कारणले बिग्रिएको भन्दै अब आफैँबाट सच्याउन सुरु गर्ने अध्यक्ष प्रचण्डको स्वीकारोक्ति थियो । 

माओवादीका स्थायी समिति सदस्य पम्फा भुसालले पनि समाजवाद उनमुखसमाज निर्माण गर्ने आधार तयार गर्नु नै पार्टीको आठौँ महाधिवेशनको मुख्य उद्देश्य रहेको भन्दै माओवादी अब खास रुपमा माओवादीको रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे। पार्टी भित्रका नेतादेखि बाहिरका नेताहरूले समेत माओवादीको पहिचान खोजेको सन्दर्भमा महाधिवेशनबाट माओवादी कुन रुपमा प्रस्तुत हुन्छ भन्ने चासो र जिज्ञासा पैदा गरिदिएको छ । 

माओवादी अध्यक्ष प्रचण्डका शब्दमा सुधारसहितको क्रान्तिकारी माओवादी बनाउने संकल्प आठौँ महाधिवेशनले गर्नेछ । देश, जनताको विश्वासलाई कुन रुपमा माओवादीले सम्बोधन गर्ला भन्ने चासो यतिबेला आम जनमानसमा रहेको छ । कर्मकाण्डी रुपमा अधिवेशन सकिएला वा माओवादीलेभने जस्तै केही नयाँ रुपमा आउला त्यो भने पुस १५ गतेसम्म पुग्दा नै स्पष्ट भइसक्नेछ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ अभाव

गण्डकी । पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालित २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालीन समयमा खेलाउने ...

मस्र्याङ्दी जलविद्युत्को मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य स...

रवि लामिछाने र बालेन शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हा...

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झ...

कस्तो होला रास्वपा सरकारको विदेश नीति ?

काठमाडौं । चुनावमा सानदार सफलता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बाल...

काठमाडौंको वायु प्रदूषण अस्वस्थकर स्तरमा, विश्वका प्रदूषित सहरमध्ये चौथो स्थानमा

काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थकर स्तरमा पुगेको छ। बिहीबार बिहान ७:२० बजे गरिएको मापनअनुसार उपत्यकाको एयर क्वालिटी इन्डेक्स ...

तेल संकटका कारण पाकिस्तानमा विद्यालय बन्द, पेट्रोलको मूल्य एकैपटक ५५ रुपैयाँले बढ्यो

काठमाडौं । इरानमाथि संयुक्त राज्य अमेरिका–इजरायलले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वबाट सम्पूर्ण मध्यपूर्व प्रभावित हँुदा तेल र ग्यास आपूर्तिमा अवरोध आ...

मध्यपूर्व संकटका कारण देखिएको इन्धनको सम्भाव्य मूल्यवृद्धिसँग जुझ्ने सरकारको योजना कस्तो छ ?

काठमाडौं । सरकारले मध्यपूर्वमा झन्डै डेढ सातादेखि जारी तनावका कारण नेपालमा मूल्यवृद्धि हुन सक्ने भन्दै खाना पकाउने ग्यासलगायतको कालोबजारी रोक्न अनुगमन...

कम्युनिस्ट सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे ...

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आएका छन् । शुक्लाफाँटा न...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE