हुम्ला । कर्णाली करिडोर अन्तर्गत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउने यातायातका साधनका लागि बन्द गरिएको छ ।
बाजुरा र हुम्ला जिल्लाको सिमाना लाम्पाटा च्याचौरको सीमा विवादलाई लिएर भएको झपडमा चार जना हिमाली गाउँपालिकाका स्थानीय कुटिएर घाइते भएको विरोधमा स्थानीय यातायात सेवा बन्द गरेको हो ।
बिहीबार बिहानैबाट धुलाचौरमा स्थानीयले यातायात सेवा बन्द गरेको हुम्लाको सर्केगार्ड गाउँपालिकातर्फ जान लाग्नु भएको चन्द्रसिंह कार्कीले बताए।
लाम्पाटा च्याचौरको सिमा विवादलाई लिएर दुई दिन अगाडि बाजुरा र हुम्लाका स्थानीयबिच भएको झडपमा परि चार जना घाइते भएपछि धुलाचौरका स्थानीयले यातायात सेवा बन्द गरेको हो ।
धुलाचौरमा हुम्लाबाट सुर्खेत नेपालगञ्ज र सुर्खेत नेपालगञ्जबाट आउने दुई सय जना यात्रु र चालीस भन्दा बढी यातायातका साधन बन्दको कारण रोकिएका छन ।
हुम्लाका यात्रुलाई व्यवहार पनि राम्रो गर्ने नगरिएको बताउँदै उनले अवस्था अलपत्र रहेको बताए। उनका अनुसार बिरामी, महिला, बालबालिका र अत्यावश्यक काम गन्तव्यतर्फ जादै गरेका हुम्लावासी रोकिनु परेको हो ।
उनले रोकिएका हुम्लावासीसँग रुपियाँ नभएको कारण खाना र बस्न पनि समस्या देखिएको बताए।अर्को कुरा धुलाचौरमा हुम्लाका स्थानीय व्यवसाय गर्ने सङ्ख्या ठुलो रहेको र उनको व्यवसाय पनि बन्द गरिएको उनको भनाइ छ ।
सडकमा ठुल्ठुला ढुङ्गा राखिएका छन भने सडक मै टायर बालिएको छ । यस सम्बन्धमा बाजुराका प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलासँग बुझ्दा धुलाचौरमा स्थानीयद्धारा यातायात सेवा अवरुद्ध गरिएको स्वीकार गरे।
उनले बुधबार राती निक्कै प्रयासपछि बन्द सडक खुलाउने प्रयास गरिएको भएपनि बिहीबार बिहानबाट पुन: बन्द गरिएको उनले बताए।
यो समस्या समाधानका लागि दुई बजे सर्वदलीय र सर्वपक्षीय बैठक बोलाइएको बताउँदै उनले बन्द सडक खुलाउने प्रयासमा आफू लागी रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ७ गते, २०८३ - १४:३४
काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठक सञ्चालन गर्दै प्रधानमन्त्री, गृहमन्त्री तथ...
जेष्ठ ७ गते, २०८३ - १४:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले सरकारले लागू गरेको आइतबार बिदासम्बन्धी व्यवस्थाले विद्यालयको पाठ्य घण्टा र कार्य घण्टाबीच त...
जेष्ठ ७ गते, २०८३ - १४:०२
मुस्ताङ । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु आवको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्...
जेष्ठ ७ गते, २०८३ - १३:५२
काठमाडौं । प्रतिनिधि सभामा सांसदहरूले हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिह...
जेष्ठ ७ गते, २०८३ - १३:४२
हुम्ला । कर्णाली करिडोर अन्तर्गत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउने यातायातका साधनका लागि बन्द गरिएको छ । बाजुरा र ह...
जेष्ठ ७ गते, २०८३ - १३:२१
लेखनाथ। नेकपा (एमाले)ले गण्डकी प्रदेशसभा संसदीय दलमा नयाँ पदाधिकारी मनोनयन गरेको छ ।एमाले संसदीय दलका नेता खगराज अधिकारीले बिहीबार दलका उपनेता, प्रमुख...
जेष्ठ ७ गते, २०८३ - १३:०२
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने जा...
जेष्ठ ७ गते, २०८३ - १२:४९
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा उपस्थित गराउन सभामुखसँग रुलिङको माग गरेको छ । बिहीबार प्रतिनिधिस...
जेष्ठ ७ गते, २०८३ - १२:३७
इनरुवा। सुनसरीको इनरुवा नगरपालिका–९ बबियाका किसान बुधनारायण मेहताले केरा खेती गर्न थालेको दशक भयो । आफूले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै...
जेष्ठ ७ गते, २०८३ - ११:५४
काठमाडौँ । नेपाली कांग्रेसको सांसद निस्कल राईले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ...



प्रतिकृया लेख्नुहोस्: