Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

वागलुङमा कांग्रेसले साढे सात लाख संकलन गरेर आफ्नै भवन बनाउन थाल्यो

खबरडबली संवाददाता

वागलुङ । नेपाली कांग्रेस बागलुङको नवनिर्वाचित कार्य समितिले आफ्नै पार्टी कार्यालय भवन बनाउने भएकोे छ । यसका लागि कार्यसमितिले आर्थिक सङ्कलन अभियान सुरुआत समेत गरेको छ । 

पहिलो चरणमा कार्य समितिभित्रबाटै आर्थिक सङ्कलन अभियान समेत सुरु भएको छ । हालसम्म सात लाख ६२ हजार १५१  सङ्कलन भएको जनाइएको छ ।  

सुरुआती चरणमा जिल्ला सदस्य धर्मबहादुर क्षेत्रीले रु दुई लाख ५० हजार,  क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माले रु दुई लाख एक हजार १५१, जिल्ला सदस्य तेजेन्द्रविक्रम कुँवरले रु एक लाख, कृष्णबहादुर घिमिरेले रु एक लाख र टीकाराम थापाले रु एक लाख ११ हजार सहयोग गर्नुभएको छ । 

आगामी एक वर्ष नसके दुई वर्षभित्रै पार्टीको आफ्नै भवन हुने सभापति जीतबहादुर शेरचनले जानकारी दिए । जग्गा व्यवस्थापनसहित भवन निर्माण गर्ने गरी योजना बनाएर आर्थिक व्यवस्थापनमा लागेको बताए । पार्टीको आफ्नै भवन नहुँदा व्यक्तिका घर भाडामा लिएर पार्टी सञ्चालन गर्दा समस्या भएको उनको भनाइ छ।

पार्टी कार्यालय सुविधा सम्पन्न हलसहितको बताउने बताए। पार्टीको पहिलो बैठकले सङ्गठनलाई सुदृढीकरण गर्नका लागि जिल्लाका सबै पालिकामा संयोजक तथा सदस्य तोकिएको जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए । उनकाअनुसार बैठकले जिल्लाको अलपत्र खण्ड मध्यपहाडी लोकमार्गलाई छिटो सक्नका लागि ध्यानार्कषण गर्ने निर्णयसमेत गरेको छ । 

जिल्लामा हालसम्म राजनीतिक दलको आफ्नै कार्यालय छैन । भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आइरहेका छन् । नेकपा (एमाले)ले  भवन बनाउन शिलान्यास गरेको चार वर्ष बित्दासमेत भवन बन्न सकेको छैन । जिल्लामा सक्रिय सबै राजनीतिक दल व्यक्तिका घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएका छन् । 

विभिन्न समय पार्टीले आफ्नै भवन निर्माण गर्ने चर्चा नचालाएका भने होइनन् । बेला–बेलामा यस विषयमा चर्चा नै हुने गर्छ तर केही समयमै सेलाउँछन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending