वागलुङ । नेपाली कांग्रेस बागलुङको नवनिर्वाचित कार्य समितिले आफ्नै पार्टी कार्यालय भवन बनाउने भएकोे छ । यसका लागि कार्यसमितिले आर्थिक सङ्कलन अभियान सुरुआत समेत गरेको छ ।
पहिलो चरणमा कार्य समितिभित्रबाटै आर्थिक सङ्कलन अभियान समेत सुरु भएको छ । हालसम्म सात लाख ६२ हजार १५१ सङ्कलन भएको जनाइएको छ ।
सुरुआती चरणमा जिल्ला सदस्य धर्मबहादुर क्षेत्रीले रु दुई लाख ५० हजार, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माले रु दुई लाख एक हजार १५१, जिल्ला सदस्य तेजेन्द्रविक्रम कुँवरले रु एक लाख, कृष्णबहादुर घिमिरेले रु एक लाख र टीकाराम थापाले रु एक लाख ११ हजार सहयोग गर्नुभएको छ ।
आगामी एक वर्ष नसके दुई वर्षभित्रै पार्टीको आफ्नै भवन हुने सभापति जीतबहादुर शेरचनले जानकारी दिए । जग्गा व्यवस्थापनसहित भवन निर्माण गर्ने गरी योजना बनाएर आर्थिक व्यवस्थापनमा लागेको बताए । पार्टीको आफ्नै भवन नहुँदा व्यक्तिका घर भाडामा लिएर पार्टी सञ्चालन गर्दा समस्या भएको उनको भनाइ छ।
पार्टी कार्यालय सुविधा सम्पन्न हलसहितको बताउने बताए। पार्टीको पहिलो बैठकले सङ्गठनलाई सुदृढीकरण गर्नका लागि जिल्लाका सबै पालिकामा संयोजक तथा सदस्य तोकिएको जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए । उनकाअनुसार बैठकले जिल्लाको अलपत्र खण्ड मध्यपहाडी लोकमार्गलाई छिटो सक्नका लागि ध्यानार्कषण गर्ने निर्णयसमेत गरेको छ ।
जिल्लामा हालसम्म राजनीतिक दलको आफ्नै कार्यालय छैन । भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आइरहेका छन् । नेकपा (एमाले)ले भवन बनाउन शिलान्यास गरेको चार वर्ष बित्दासमेत भवन बन्न सकेको छैन । जिल्लामा सक्रिय सबै राजनीतिक दल व्यक्तिका घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएका छन् ।
विभिन्न समय पार्टीले आफ्नै भवन निर्माण गर्ने चर्चा नचालाएका भने होइनन् । बेला–बेलामा यस विषयमा चर्चा नै हुने गर्छ तर केही समयमै सेलाउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - ०९:३२
काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...
पौष १८ गते, २०८२ - ०९:२६
काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...
पौष १८ गते, २०८२ - ०९:२२
झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...
पौष १८ गते, २०८२ - ०८:२२
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...
पौष १८ गते, २०८२ - ०८:१३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...
पौष १८ गते, २०८२ - ०८:०४
म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्
पौष १८ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...
पौष १८ गते, २०८२ - ०७:२३
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...
पौष १८ गते, २०८२ - ०७:२२
काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...
पौष १८ गते, २०८२ - ०७:१९
काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...




प्रतिकृया लेख्नुहोस्: