Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

खोटाङकाे बगरे भञ्ज्याङमा पर्यटकको लर्को

रासस
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यटकीयस्थल बगरे भञ्ज्याङमा आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको छ । नेर्पा, खार्मी र पाथेकाको सिमानामा पर्ने पर्यटकीयस्थल बगरे भञ्ज्याङमा २७ मिटर अग्लो ‘पेन टावर’ निर्माणाधीन छ । पछिल्लो दिनमा यसलाई अवलोकन गर्न, सेल्फी खिच्न र वनभोज (पिकनिक) खान आउने आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको हो । 
 
समुद्री सहतबाट करिब एक हजार ८०० मिटर उचाइमा टावर रहेको छ ।  स्थानीयवासी डम्बर भुजेल भने, ‘निर्माणाधीन पेन टावर पर्यटकका लागि खुला गरिएको छैन । भौतिक पूर्वाधार पर्याप्त नभएपनि अवलोकन गर्न, सेल्फी खिच्न र पिकनिक खान हुलकाहुल मान्छे आउने गरेका छन् ।’
 
सो टावरको काम ९० प्रतिशत सकिएको र आगामी चैत मसान्तभन्दा अगाडि नै सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए । ‘निर्माणाधीन पेन टावरमा फिनिसिङको काममात्र गर्न बाँकी छ’ उनले भने, ‘निर्माण सम्पन्न गरेर बढाबढमा ठेक्का आव्हान गर्छौं । बढीमा चलाउन सक्छु भनेर आधार पेश गर्छ । उसैमार्फत नयाँ वर्षभन्दा पहिले नै सम्झौता गरेर व्यवस्थितरुपले सञ्चालन गर्ने तयारी गरिएको छ ।’
 
सङ्घीय सरकारको समपूरक कोषअन्तर्गतको रु ७२ लाख लगानीमा बनिरहेको सो टावरमा दृष्यावलोकन गर्ने ठाउँ र प्रवेशद्वारको काम बाँकी रहेको जनाइएको छ । टावरबाट सर्वोच्च शिखर सगरमाथालगायत उच्च हिमाली शृङ्खला तथा तराईका फाँटको दृष्यावलोकन गर्न सकिन्छ ।
 
टावर परिसरमा पिकनिक स्पोर्टस (वनभोजस्थल) निर्माणको काम पनि धमाधम भइरहेको छ । यसका लागि १ नं प्रदेश सरकारको समपूरक कोषको रु ७१ लाख लगानी रहेको नगरपालिकाले जनाएको छ । 
 
पर्यटकलाई लक्षित गरेर कृतिम तालसमेत निर्माण भइरहेको छ । ‘रुरु ताल’ भनेर नामाकरण गरिएको कृतिम तालका लागि नगरपालिकाको क्रमागत बजेट अन्तरगत यस वर्ष रु ५४ लाख लगानीमा काम सुरु गरिएको हो । तीन वर्षभित्र सम्पन्न गरिने तालको काम रु दुई करोड ५७ लाखमा सम्पन्न हुने निर्माण उपभोक्ता समितिका अध्यक्ष भोगेन राईले बताए। करिब दश मिटर उचाइको पर्खाल निर्माण गरेर बनाइने तालभित्र करीब सात मिटर गहिराईमा पानी जम्नेछ’ उनले भने, ‘तालमा डुङ्गा सयर गरेर मनोरञ्जन गर्नुका साथै आसपासमा पानीको मुहान बढ्ने अपेक्षा गरिएको छ ।’
 
नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन कृतिम ताल १८० मिटर लम्बाई र १५० मिटर चौडाइको हुने जनाइएको छ । निर्माणाधीन कृतिम तालमा पानीको अभाव भएमा आसपासका मुहानबाट ल्याएर लगाउने योजनासमेत बनाइएको निर्माण उपभोक्ता समितिले जनाएको छ । 
 
नगरपालिकाको क्रमागत योजनाअन्तर्गत यस आर्थिक वर्ष रु ५४ लाख बजेटबाट काम सुरु गरिएको दिक्तेल–पाथेका सडकखण्डमा पर्ने बगरे भञ्ज्याङको पेन टावर, कृतिम ताल र पिकनिक स्पोर्टसले जिल्लाको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । वर्षात्का समयमा ओत लागेर बस्न मिल्ने स्टिल ट्रष्टसमेत निर्माण गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ । 
 
बगरे भञ्ज्याङको चौतर्फी विकासमा नगरपालिकाले चासो देखाएपछि स्थानीयवासी हर्षित छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करीब दुई घण्टा पैदलयात्रामा पुगिने पर्यटकीयस्थल बगरे भञ्ज्याङमा पर्यटन प्रवद्र्धनको काम सुरु भएपछि स्थानीयवासीले होटल तथा रेष्टुराँ खोल्न जग्गासमेत खरिद गर्न थालेका छन् । 
 
मध्यपहाडी लोकमार्गमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दूधकुण्डको शिरमा पर्ने बगरे भञ्ज्याङसम्म पुग्न दूधकुण्डबाट पदमार्गसमेत निर्माण गरिने उपभोक्ता समितिले जनाएको छ । पर्यटन प्रवद्र्धनको काम भइरहेको बगरे भञ्ज्याङ आसपास ठूला चउर, घाँसे मैदान तथा खर्कहरु रहेको छ । 
 
भौगालिकरुपमै पर्यटकीयस्थल रहेको बगरे भञ्ज्याङ आसपास  लालीगुँरास, चाँप, विभिन्न प्रजातिको सुनाखरी, चिमाल लगायतका फूल तथा जडीबुटी पाइन्छ । मृग, हरिन, घोरल, थार, खरायोलगायत जङ्गली जनावर भेटिने बगरे भञ्ज्याङ आसपास पर्ने डाँडाखर्क खिसापत्रे सामुदायिक वनमा कालिज, प्युरा, मलेवा, ढुकुर, जुरेलीजस्ता विभिन्न प्रजातिका चराचुङ्गी देख्न पाइन्छ । 
 
बगरे भञ्ज्याङबाट पर्यटकीयस्थल रुपाकोट, मेरुङ, रमितेडाँडालगायतका ठाउँ जाने पदमार्गसमेत निर्माण गरिने योजना बनाइएको छ । प्राकृतिकरुपले भरिपूर्ण चारैतिर हरियाली रहेको उक्त ठाउँमा यसअघि पनि आन्तरिक तथा वाह्य पर्यटक घुम्न तथा वनभोजका लागि जाने गरेका छन् । 
 
बगरे भञ्ज्याङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना नगरपालिकाले अगाडि बढाएसँगै सडक स्तरोन्नतिको कामलाई समेत तीव्रता दिइएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–खार्मी तथा दिक्तेल–पाथेका सडक अहिले धमाधम फराकिालो पार्ने काम भइरहेको नगरपालिकाले जनाएको छ । 
 
जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा पर्ने बगरे भञ्ज्याङ नेपाल सरकारले पैदलयात्राका लागि निर्धारण गरेको १०० पदमार्गअन्तर्गत पर्ने मुन्धुम ट्रेलमा पर्दछ । पर्यटन प्रवद्र्धनका लागि सरकारले निर्धारण गरेको पदमार्गमा पर्ने बगरे भञ्ज्याङको कृतिम ताल निर्माणलाई निक्कै महत्वका साथ हेरिएको छ । 
 
मुन्धुम ट्रेल नाम दिइएको उक्त पदमार्गको ट्रिप गर्दा दूधकुण्ड (नुम्बु), मकालु, सगरमाथा, कुम्भकर्ण हुँदै कञ्चनजङ्घा समेतको हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ । ठूला–ठूला घाँसे मैदान, लमतन्न फैलिएका चौरीखर्क तथा भेडीगोठको बीचबाट डाँडाको शीरैशीर दम्साइलो बाटो उक्त पदमार्गको विशेषता हो ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अघिल्लो चुनावमा दलहरूले गरेका मुख्य वाचा जुन पूरा भएनन्, नयाँ के ल्याउलान् ?

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...

‘पाठेघर खस्ने समस्या भएका बिरामी अझै उपचार गर्न अस्वीकार गर्दछन्’

खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३  महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...

७७ वटै जिल्ला सभापतिलाई कांग्रेसको परिपत्र- एकताबद्ध रहेर निर्वाचनमा केन्द्रित बनौँ

शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास

सुन र अमेरिकी डलरको मूल्य हरेक दिन नयाँ उचाइमा, किन ?

काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...

‘गोप्य’ भ्रमण सकेर फर्किए चिनियाँ कम्युनिस्ट पार्टीका नेता, उच्चस्तरीय टोली पनि आउँदै

काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...

निर्वाचन आयोगको ‘कल सेन्टर’ मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै

काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...

प्रतिनिधिसभा निर्वाचन- समानुपातिकतर्फको मतपत्र छपाइ सकियो, प्रत्यक्षको थालियो

काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।  जनक शिक्षा ...

आज गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending