Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

खोटाङकाे बगरे भञ्ज्याङमा पर्यटकको लर्को

रासस
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यटकीयस्थल बगरे भञ्ज्याङमा आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको छ । नेर्पा, खार्मी र पाथेकाको सिमानामा पर्ने पर्यटकीयस्थल बगरे भञ्ज्याङमा २७ मिटर अग्लो ‘पेन टावर’ निर्माणाधीन छ । पछिल्लो दिनमा यसलाई अवलोकन गर्न, सेल्फी खिच्न र वनभोज (पिकनिक) खान आउने आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको हो । 
 
समुद्री सहतबाट करिब एक हजार ८०० मिटर उचाइमा टावर रहेको छ ।  स्थानीयवासी डम्बर भुजेल भने, ‘निर्माणाधीन पेन टावर पर्यटकका लागि खुला गरिएको छैन । भौतिक पूर्वाधार पर्याप्त नभएपनि अवलोकन गर्न, सेल्फी खिच्न र पिकनिक खान हुलकाहुल मान्छे आउने गरेका छन् ।’
 
सो टावरको काम ९० प्रतिशत सकिएको र आगामी चैत मसान्तभन्दा अगाडि नै सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए । ‘निर्माणाधीन पेन टावरमा फिनिसिङको काममात्र गर्न बाँकी छ’ उनले भने, ‘निर्माण सम्पन्न गरेर बढाबढमा ठेक्का आव्हान गर्छौं । बढीमा चलाउन सक्छु भनेर आधार पेश गर्छ । उसैमार्फत नयाँ वर्षभन्दा पहिले नै सम्झौता गरेर व्यवस्थितरुपले सञ्चालन गर्ने तयारी गरिएको छ ।’
 
सङ्घीय सरकारको समपूरक कोषअन्तर्गतको रु ७२ लाख लगानीमा बनिरहेको सो टावरमा दृष्यावलोकन गर्ने ठाउँ र प्रवेशद्वारको काम बाँकी रहेको जनाइएको छ । टावरबाट सर्वोच्च शिखर सगरमाथालगायत उच्च हिमाली शृङ्खला तथा तराईका फाँटको दृष्यावलोकन गर्न सकिन्छ ।
 
टावर परिसरमा पिकनिक स्पोर्टस (वनभोजस्थल) निर्माणको काम पनि धमाधम भइरहेको छ । यसका लागि १ नं प्रदेश सरकारको समपूरक कोषको रु ७१ लाख लगानी रहेको नगरपालिकाले जनाएको छ । 
 
पर्यटकलाई लक्षित गरेर कृतिम तालसमेत निर्माण भइरहेको छ । ‘रुरु ताल’ भनेर नामाकरण गरिएको कृतिम तालका लागि नगरपालिकाको क्रमागत बजेट अन्तरगत यस वर्ष रु ५४ लाख लगानीमा काम सुरु गरिएको हो । तीन वर्षभित्र सम्पन्न गरिने तालको काम रु दुई करोड ५७ लाखमा सम्पन्न हुने निर्माण उपभोक्ता समितिका अध्यक्ष भोगेन राईले बताए। करिब दश मिटर उचाइको पर्खाल निर्माण गरेर बनाइने तालभित्र करीब सात मिटर गहिराईमा पानी जम्नेछ’ उनले भने, ‘तालमा डुङ्गा सयर गरेर मनोरञ्जन गर्नुका साथै आसपासमा पानीको मुहान बढ्ने अपेक्षा गरिएको छ ।’
 
नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन कृतिम ताल १८० मिटर लम्बाई र १५० मिटर चौडाइको हुने जनाइएको छ । निर्माणाधीन कृतिम तालमा पानीको अभाव भएमा आसपासका मुहानबाट ल्याएर लगाउने योजनासमेत बनाइएको निर्माण उपभोक्ता समितिले जनाएको छ । 
 
नगरपालिकाको क्रमागत योजनाअन्तर्गत यस आर्थिक वर्ष रु ५४ लाख बजेटबाट काम सुरु गरिएको दिक्तेल–पाथेका सडकखण्डमा पर्ने बगरे भञ्ज्याङको पेन टावर, कृतिम ताल र पिकनिक स्पोर्टसले जिल्लाको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । वर्षात्का समयमा ओत लागेर बस्न मिल्ने स्टिल ट्रष्टसमेत निर्माण गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ । 
 
बगरे भञ्ज्याङको चौतर्फी विकासमा नगरपालिकाले चासो देखाएपछि स्थानीयवासी हर्षित छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करीब दुई घण्टा पैदलयात्रामा पुगिने पर्यटकीयस्थल बगरे भञ्ज्याङमा पर्यटन प्रवद्र्धनको काम सुरु भएपछि स्थानीयवासीले होटल तथा रेष्टुराँ खोल्न जग्गासमेत खरिद गर्न थालेका छन् । 
 
मध्यपहाडी लोकमार्गमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दूधकुण्डको शिरमा पर्ने बगरे भञ्ज्याङसम्म पुग्न दूधकुण्डबाट पदमार्गसमेत निर्माण गरिने उपभोक्ता समितिले जनाएको छ । पर्यटन प्रवद्र्धनको काम भइरहेको बगरे भञ्ज्याङ आसपास ठूला चउर, घाँसे मैदान तथा खर्कहरु रहेको छ । 
 
भौगालिकरुपमै पर्यटकीयस्थल रहेको बगरे भञ्ज्याङ आसपास  लालीगुँरास, चाँप, विभिन्न प्रजातिको सुनाखरी, चिमाल लगायतका फूल तथा जडीबुटी पाइन्छ । मृग, हरिन, घोरल, थार, खरायोलगायत जङ्गली जनावर भेटिने बगरे भञ्ज्याङ आसपास पर्ने डाँडाखर्क खिसापत्रे सामुदायिक वनमा कालिज, प्युरा, मलेवा, ढुकुर, जुरेलीजस्ता विभिन्न प्रजातिका चराचुङ्गी देख्न पाइन्छ । 
 
बगरे भञ्ज्याङबाट पर्यटकीयस्थल रुपाकोट, मेरुङ, रमितेडाँडालगायतका ठाउँ जाने पदमार्गसमेत निर्माण गरिने योजना बनाइएको छ । प्राकृतिकरुपले भरिपूर्ण चारैतिर हरियाली रहेको उक्त ठाउँमा यसअघि पनि आन्तरिक तथा वाह्य पर्यटक घुम्न तथा वनभोजका लागि जाने गरेका छन् । 
 
बगरे भञ्ज्याङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना नगरपालिकाले अगाडि बढाएसँगै सडक स्तरोन्नतिको कामलाई समेत तीव्रता दिइएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–खार्मी तथा दिक्तेल–पाथेका सडक अहिले धमाधम फराकिालो पार्ने काम भइरहेको नगरपालिकाले जनाएको छ । 
 
जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा पर्ने बगरे भञ्ज्याङ नेपाल सरकारले पैदलयात्राका लागि निर्धारण गरेको १०० पदमार्गअन्तर्गत पर्ने मुन्धुम ट्रेलमा पर्दछ । पर्यटन प्रवद्र्धनका लागि सरकारले निर्धारण गरेको पदमार्गमा पर्ने बगरे भञ्ज्याङको कृतिम ताल निर्माणलाई निक्कै महत्वका साथ हेरिएको छ । 
 
मुन्धुम ट्रेल नाम दिइएको उक्त पदमार्गको ट्रिप गर्दा दूधकुण्ड (नुम्बु), मकालु, सगरमाथा, कुम्भकर्ण हुँदै कञ्चनजङ्घा समेतको हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ । ठूला–ठूला घाँसे मैदान, लमतन्न फैलिएका चौरीखर्क तथा भेडीगोठको बीचबाट डाँडाको शीरैशीर दम्साइलो बाटो उक्त पदमार्गको विशेषता हो ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending