जनकपुरधाम । जनमत पार्टीको आन्दोलनले चर्का रुप लिएपछि सिरहामा निषेधाज्ञा जारी गरेका छ। सिके राउन नेतृत्वको जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजामलाई निरन्तरता दिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हो।
बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि प्रशासनले बुधबारसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी बताए।
पूर्वमा बलान खोला, पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५०० मिटर आसपासका क्षेत्रसम्म, चोहर्वादेखि सिरहा सडकखण्डको पि।के।राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) तथा सो मार्गको ५०० मिटर पूर्वपश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कबारीले जारी गरेको सूचनामा उल्लेख छ।
तोकिएको क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न, राजनीतिक सभा तथा गतिविधि गर्न पाउने छैन।
जनमत पार्टीले किसानलाई नियन्त्रणमा लिएको भन्दै जिल्ला हडताल गर्नुका साथै गाडी तोडफोड र आगजनीमा उत्रेको थियो। सिरहाको औरही गाउँपालिकाले गहुँको बीउ बाँड्न ढिलाइ गरेको भन्दै किसानहरूले गाउँपालिकाको गोदामबाट गहुँ लगेका थिए । गहुँको बीउ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले गत आइतबारदेखि सिरहा बन्दको आह्वान गरेको हो ।
झुटो मुद्दामा पक्राउ गरेका किसानलाई रिहा गर्नुपर्ने मागसहित जनमत पार्टीले बन्द र हड्ताल गर्दै आएका छन् । सो क्रममा जनमत पार्टीका कार्यकर्ताले सिरहाको गोलबजारमा एउटा ट्रक जलाएका थिए भने दुई दर्जन सवारीसाधनमा तोडफोड गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - ०९:१४
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संसदीय व्यवस्थामा निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने अभ्यास विश्वव्यापी रूपमा स्थापित भइ...
माघ १५ गते, २०८२ - ०९:०६
मुस्ताङ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ ।...
माघ १५ गते, २०८२ - ०८:१२
बैतडी । बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । हिमपात भएपछि गहुँलगाय...
माघ १५ गते, २०८२ - ०८:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा मध्यराति अज्ञात व्यक्तिको आक्रमणबाट आमाछोराको हत्या भएको छ भने ससुराबुहारी गम्भीर घाइते भएका छन्। ...
माघ १५ गते, २०८२ - ०७:४२
काठमाडौं । ०७९ को प्रतिनिधिसभा चुनावताका कांग्रेसमा सभापति थिए शेरबहादुर देउवा । तत्कालीन महामन्त्री गगन थापा अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्...
माघ १५ गते, २०८२ - ०७:३७
गुल्मी । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँद...
माघ १५ गते, २०८२ - ०७:३४
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्का २० घटना भएका छन् ।...
माघ १५ गते, २०८२ - ०७:२७
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका...
माघ १५ गते, २०८२ - ०७:१२
काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ । मंगलबार सर्वोच्...
माघ १५ गते, २०८२ - ०७:०९
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्ला स्तरमा ...




प्रतिकृया लेख्नुहोस्: