Ntc summer Offer
Khabar Dabali ४ चैत्र २०८१ मंगलवार | 18th March, 2025 Tue
Investment bank

प्रज्ञाभवनमा जुरेको अवसर : माओवादीका नेता/कार्यकर्ता अध्ययनशील देखिए

खबरडबली संवाददाता

काठमाडौं । कुनै पनि सभा तथा सम्मेलन केही मानिसका लागि एउटा खास अवसर बनिदिन्छ । धेरै मानिसको उपस्थिति । तिनका अनेकन रुचि र अनि चाहना । कसैका लागि व्यापारको थलो त कसैका लागि ज्ञानको भण्डार विस्तार गर्ने गन्तव्य । 

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन पनि यस्तै भएको छ केहीका लागि । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको परिसर यतिबेला इन्द्रेणीको सात रङजस्तै विविधताको रङमा परिणत भएको छ । विशेषगरी जनयुद्धबाट खुला राजनीतिमा आएपछि माओवादीले ठूला–ठूला भेला आयोजना ग¥यो । कहिले जनपरिचालन ग¥यो त कहिले सङ्घर्षको बिगूल पनि बजायो ।

कहिले विचारको संश्लेषण पनि ग¥यो । त्यस्तै क्रममा माओवादी यतिबेला समाजवादी क्रान्तिको नयाँ मोडल स्थापित गर्न लागिपरेको छ । कमलादीमा संविधानले भनेजस्तै समाजवादोन्मुख व्यवस्थाको खोजीमा लागेको छ । यही मौकामा कमलादी परिसरमा अनेकन प्रवृत्तिका पात्रहरू पनि भेला भएका छन् । विशाल भेटघाटको यस अवसरमा भेटिएको वैज्ञानिक समाजवाद निर्माण अभियान प्रकाशनका सञ्चालक हरिशचन्द्र खड्का । उनले पुस्तकहरू बोकेर माओवादीका नेता तथा कार्यकर्ताको ज्ञान बढाउन आएका हुन्। 

उनका साथमा अधिकांश माक्र्सवादी पुस्तक छन् । उनले २५ प्रकारका पुस्तक ल्याएका छन्।  ‘सहयोगी समाज’ नामक पुस्तक सबैभन्दा बढी मन पराइएको छ । सोही पुस्तक नै सबैभन्दा बढी बिक्री भएको छ । माओवादीका नेता तथा कार्यकर्ता अध्ययनशील देखिएको उनको भनाइ छ । उनले भने, ‘मैले सोचेभन्दा राम्रो बिक्री भएको छ’, नेपालमा समाजवाद कस्तो र कसरी भन्ने पुस्तकको उत्तिकै माग बढेको छ ।

माओवादी कार्यकर्ताले विज्ञान र प्रविधिमा आधारित समाजवादसम्बन्धी पुस्तक बढी मात्रामा खोजी गरेको उनको भनाइ छ । उनले अगाडि भने, ‘कम्युनिष्ट दर्शनको सिद्धान्त धेरैले पढिसकेका छन्, अहिले जुन विज्ञान र प्रविधिमा आधारित समाजवाद भनिएको छ त्यसैले पनि पाठकले ग्लोबलाइजेशन र डिजिटलाइजेशनलाई व्याख्या गर्न सक्ने खालका पुस्तकको खोजी गरेका छन् ।’

‘विज्ञान संसार’ भन्ने नयाँ पुस्तक बजारमा आउँदै छ । अहिलेसम्म दुई दिनमा समाजवादको यात्रा नामक पुस्तक एक हजार प्रतिभन्दा बढी बिक्री भएको छ । दर्शन विश्वकोर्ष नामक पुस्तक पनि उत्तिकै बिक्री भएको छ रे उनका अनुसार । त्यस्तै महाधिवेशनस्थल प्रज्ञा भवनको हल बाहिर प्रारम्भिक जडीबुटी सहकारी संस्थाबाट सङ्कलित प्रशोधित जडीबुटी तथा औषधिजन्य वस्तु पनि उत्तिकै बिक्री भएको छ । जडीबुटीजन्य औधषिको बिक्री वितरण गरिरहनुभएका ईश्वरी पाण्डेका अनुसार मानव स्वास्थ्य, माटो व्यवस्थापन र प्राकृतिक सम्पदाको लागि अतिउपयोगी ३८ प्रकारका जडीबुटीजन्य औषधि राखिएको छ ।

रुघा, खोकी र हाडजोर्नीसम्बन्धी औषधि बढी मात्रामा बिक्री भएको पाण्डेको भनाइ छ । नाफा नराखीकन प्रचारात्मकरूपमा औषधिमा ३३ प्रतिशत छुटको व्यवस्था गरिएको छ । ‘समाजवादी अभ्यास गर्न समाजसँग जोडिएको स्थानीय उत्पादन मैले राखेको छु । प्राकृतिक दोहनलाई नियन्त्रण गर्दै पुस्तान्तरण गर्नु अहिलेको आवश्यकता हो’ उनले भने। 

उनका अनुसार माओवादीले समाजवादको कार्यक्रममात्रै होइन, कार्यदिशा पनि ल्याओस् भन्ने अपेक्षा गर्छन्। त्यसैको प्रचारका लागि पनि मैले यहाँ जडीबुटीको प्रचार गर्न खाजेको हुँ । जनस्वास्थ्यकर्मी महासङ्घ बाग्मती प्रदेशका अध्यक्ष कानूनलाल चौधरीलाई पनि महाधिवेशनस्थलमा भ्याइनभ्याइ छ । उनका अनुसार महाधिवेशनस्थलमा स्वास्थ्य सेवासँगै प्रगोगशालाको पनि व्यवस्था गरिएको छ । औषधि पनि उत्तिकै उपलब्ध छन् ।  प्रज्ञा भवनको प्राङ्गणमा इसिजीलगायत सेवासहित आकस्मिक सेवाको पनि व्यवस्था छ । दुई दिनमा ५०० जनालाई स्वास्थ्य सेवा दिइएको छ ।

प्रतिनिधिहरूको स्वास्थ्य परीक्षणका लागि रगत सङ्कलन गरिएको छ । वरिष्ठ चिकित्सक, नर्स गरी करिब २०० स्वास्थ्यकर्मी महाधिवेशनमा परिचालित छन् । आकस्मिक उपचारका लागि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र नेपाल निजामती अस्पतलालगायतसँग समन्वय र सहकार्य गरिएको छ । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य महासङ्घले महाधिवेशनमा सहभागी प्रतिनिधि र सहभागीलाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्न सल्लाह दिएको छ ।

यस्तै स्यानिटाइजरको प्रयोग नियमित गर्न, खोक्दा हाछ्युँ गर्दा नाक मुख छोप्न र भौतिक दूरी कायम गर्न पनि अनुरोध गरेको छ । प्रज्ञा भवनको प्राङ्गणमा जनयुद्धका क्रममा विभिन्न समयमा लिइएका तस्वीर प्रदर्शन गरिएको छ । यसले नेता तथा कार्यकर्तालाई इतिहासको स्मरण गराइरहेको छ ।

यस्तै क्रान्तिचेतसहितको चित्र पनि भवन परिसरमा राखिएको छ । त्यसमा माओवादी अध्यक्ष प्रचण्डलाई ट्र्याक्टर चालकका रूपमा प्रस्तुत गर्दै समाजवादी क्रान्तिको नायकका रूपमा उभ्याइएको छ । समाजवादी क्रान्तिका लागि ट्र्याक्टर अर्थात् आधुनिक खेती प्रणाली अगाडि बढाएर जानुपर्ने पेन्टिङको अर्थ छ । कलाकार केशवराज खनालले देशलाई समाजवादी युगमा लाने हो भने कृषि क्षेत्रको विकास गर्नुपर्ने सन्देश दिनका लागि उक्त चित्र तयार पार्नुभएको हो । त्यसको शीर्षक छ– ‘औद्योगिक क्रान्ति र समाजवाद’ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा बढ्दो राजावादी गतिविधिलाई भारत र चीनको सद्भाव छ ?

काठमाडौं । नेपालमा राजसंस्था पुनर्स्थापनाको माग राखेर भएका प्रदर्शनमा कतिपय दलका नेताहरूले बाह्य शक्तिको चलखेललाई आरोप लगाए पनि भारत र चीनका विज्ञहरूल...

लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि दुई सय ३६ ह्याचरी उद्योग बन्द

चितवन । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हु...

स्ववियु निर्वाचन- अधिकांश क्याम्पसमा मतदान सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ ।  अहिले बिहान ८...

जनआन्दोलन समितिबारे छलफल गर्न कमल थापाले पनि बोलाए बैठक

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।   अध्यक्ष थापाले आज दिउँसो १ः३० बजे पार्टी केन्द्रीय ...

राजावादीमा विवाद- नवराज सुवेदीको ‘जनआन्दोलन समिति’प्रति लिङ्देन असन्तुष्ट, आजको बैठकमा छलफल हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।   व्यवस्थाविरोधी दल तथा समूहका व्यक्तिहरूले पूर...

स्वरोजगार बनाउन चार सय राँगा वितरण गरिँदै

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम सुरु गरेको छ । नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिक...

अछामको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः३३ बजे अछा...

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

काठमाडौँ । चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । चलचित्रमा देखाइएका मनमोहक दृश्यले दर्शकलाई आकर्षित गर्नेमात्र होइन, उन...

माथिल्लो ठूलोखोला ‘ए’ आयोजना निर्माण धमाधम

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त आयोजनाको हालसम्म ७५ ...

आजको मौसम- पश्चिमी वायुको आंशिक प्रभावले यी प्रदेशमा हुँदैछ वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र  बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy