Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

प्रज्ञाभवनमा जुरेको अवसर : माओवादीका नेता/कार्यकर्ता अध्ययनशील देखिए

खबरडबली संवाददाता

काठमाडौं । कुनै पनि सभा तथा सम्मेलन केही मानिसका लागि एउटा खास अवसर बनिदिन्छ । धेरै मानिसको उपस्थिति । तिनका अनेकन रुचि र अनि चाहना । कसैका लागि व्यापारको थलो त कसैका लागि ज्ञानको भण्डार विस्तार गर्ने गन्तव्य । 

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन पनि यस्तै भएको छ केहीका लागि । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको परिसर यतिबेला इन्द्रेणीको सात रङजस्तै विविधताको रङमा परिणत भएको छ । विशेषगरी जनयुद्धबाट खुला राजनीतिमा आएपछि माओवादीले ठूला–ठूला भेला आयोजना ग¥यो । कहिले जनपरिचालन ग¥यो त कहिले सङ्घर्षको बिगूल पनि बजायो ।

कहिले विचारको संश्लेषण पनि ग¥यो । त्यस्तै क्रममा माओवादी यतिबेला समाजवादी क्रान्तिको नयाँ मोडल स्थापित गर्न लागिपरेको छ । कमलादीमा संविधानले भनेजस्तै समाजवादोन्मुख व्यवस्थाको खोजीमा लागेको छ । यही मौकामा कमलादी परिसरमा अनेकन प्रवृत्तिका पात्रहरू पनि भेला भएका छन् । विशाल भेटघाटको यस अवसरमा भेटिएको वैज्ञानिक समाजवाद निर्माण अभियान प्रकाशनका सञ्चालक हरिशचन्द्र खड्का । उनले पुस्तकहरू बोकेर माओवादीका नेता तथा कार्यकर्ताको ज्ञान बढाउन आएका हुन्। 

उनका साथमा अधिकांश माक्र्सवादी पुस्तक छन् । उनले २५ प्रकारका पुस्तक ल्याएका छन्।  ‘सहयोगी समाज’ नामक पुस्तक सबैभन्दा बढी मन पराइएको छ । सोही पुस्तक नै सबैभन्दा बढी बिक्री भएको छ । माओवादीका नेता तथा कार्यकर्ता अध्ययनशील देखिएको उनको भनाइ छ । उनले भने, ‘मैले सोचेभन्दा राम्रो बिक्री भएको छ’, नेपालमा समाजवाद कस्तो र कसरी भन्ने पुस्तकको उत्तिकै माग बढेको छ ।

माओवादी कार्यकर्ताले विज्ञान र प्रविधिमा आधारित समाजवादसम्बन्धी पुस्तक बढी मात्रामा खोजी गरेको उनको भनाइ छ । उनले अगाडि भने, ‘कम्युनिष्ट दर्शनको सिद्धान्त धेरैले पढिसकेका छन्, अहिले जुन विज्ञान र प्रविधिमा आधारित समाजवाद भनिएको छ त्यसैले पनि पाठकले ग्लोबलाइजेशन र डिजिटलाइजेशनलाई व्याख्या गर्न सक्ने खालका पुस्तकको खोजी गरेका छन् ।’

‘विज्ञान संसार’ भन्ने नयाँ पुस्तक बजारमा आउँदै छ । अहिलेसम्म दुई दिनमा समाजवादको यात्रा नामक पुस्तक एक हजार प्रतिभन्दा बढी बिक्री भएको छ । दर्शन विश्वकोर्ष नामक पुस्तक पनि उत्तिकै बिक्री भएको छ रे उनका अनुसार । त्यस्तै महाधिवेशनस्थल प्रज्ञा भवनको हल बाहिर प्रारम्भिक जडीबुटी सहकारी संस्थाबाट सङ्कलित प्रशोधित जडीबुटी तथा औषधिजन्य वस्तु पनि उत्तिकै बिक्री भएको छ । जडीबुटीजन्य औधषिको बिक्री वितरण गरिरहनुभएका ईश्वरी पाण्डेका अनुसार मानव स्वास्थ्य, माटो व्यवस्थापन र प्राकृतिक सम्पदाको लागि अतिउपयोगी ३८ प्रकारका जडीबुटीजन्य औषधि राखिएको छ ।

रुघा, खोकी र हाडजोर्नीसम्बन्धी औषधि बढी मात्रामा बिक्री भएको पाण्डेको भनाइ छ । नाफा नराखीकन प्रचारात्मकरूपमा औषधिमा ३३ प्रतिशत छुटको व्यवस्था गरिएको छ । ‘समाजवादी अभ्यास गर्न समाजसँग जोडिएको स्थानीय उत्पादन मैले राखेको छु । प्राकृतिक दोहनलाई नियन्त्रण गर्दै पुस्तान्तरण गर्नु अहिलेको आवश्यकता हो’ उनले भने। 

उनका अनुसार माओवादीले समाजवादको कार्यक्रममात्रै होइन, कार्यदिशा पनि ल्याओस् भन्ने अपेक्षा गर्छन्। त्यसैको प्रचारका लागि पनि मैले यहाँ जडीबुटीको प्रचार गर्न खाजेको हुँ । जनस्वास्थ्यकर्मी महासङ्घ बाग्मती प्रदेशका अध्यक्ष कानूनलाल चौधरीलाई पनि महाधिवेशनस्थलमा भ्याइनभ्याइ छ । उनका अनुसार महाधिवेशनस्थलमा स्वास्थ्य सेवासँगै प्रगोगशालाको पनि व्यवस्था गरिएको छ । औषधि पनि उत्तिकै उपलब्ध छन् ।  प्रज्ञा भवनको प्राङ्गणमा इसिजीलगायत सेवासहित आकस्मिक सेवाको पनि व्यवस्था छ । दुई दिनमा ५०० जनालाई स्वास्थ्य सेवा दिइएको छ ।

प्रतिनिधिहरूको स्वास्थ्य परीक्षणका लागि रगत सङ्कलन गरिएको छ । वरिष्ठ चिकित्सक, नर्स गरी करिब २०० स्वास्थ्यकर्मी महाधिवेशनमा परिचालित छन् । आकस्मिक उपचारका लागि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र नेपाल निजामती अस्पतलालगायतसँग समन्वय र सहकार्य गरिएको छ । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य महासङ्घले महाधिवेशनमा सहभागी प्रतिनिधि र सहभागीलाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्न सल्लाह दिएको छ ।

यस्तै स्यानिटाइजरको प्रयोग नियमित गर्न, खोक्दा हाछ्युँ गर्दा नाक मुख छोप्न र भौतिक दूरी कायम गर्न पनि अनुरोध गरेको छ । प्रज्ञा भवनको प्राङ्गणमा जनयुद्धका क्रममा विभिन्न समयमा लिइएका तस्वीर प्रदर्शन गरिएको छ । यसले नेता तथा कार्यकर्तालाई इतिहासको स्मरण गराइरहेको छ ।

यस्तै क्रान्तिचेतसहितको चित्र पनि भवन परिसरमा राखिएको छ । त्यसमा माओवादी अध्यक्ष प्रचण्डलाई ट्र्याक्टर चालकका रूपमा प्रस्तुत गर्दै समाजवादी क्रान्तिको नायकका रूपमा उभ्याइएको छ । समाजवादी क्रान्तिका लागि ट्र्याक्टर अर्थात् आधुनिक खेती प्रणाली अगाडि बढाएर जानुपर्ने पेन्टिङको अर्थ छ । कलाकार केशवराज खनालले देशलाई समाजवादी युगमा लाने हो भने कृषि क्षेत्रको विकास गर्नुपर्ने सन्देश दिनका लागि उक्त चित्र तयार पार्नुभएको हो । त्यसको शीर्षक छ– ‘औद्योगिक क्रान्ति र समाजवाद’ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सरकार बन्दा मन्त्री कसले छान्छ, मन्त्रिपरिषद्‌ कत्रो हुन्छ ?

मन्त्रीमा विज्ञ कि सांसद?

पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि

काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।  ...

एमाले अध्यक्ष ओलीलाई पितृशोक

आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

१० चैतभित्र नयाँ सरकार

काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा  पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...

अमेरिकाले उल्लङ्घन गरेका व्यापार सम्झौताको ‘दृढताका साथ प्रतिक्रिया’ दिइनेः इयु

काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...

राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...

बालिका मृत्यु प्रकरण: थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...

चुनाव सुधार्न नीतिगत शल्यक्रियाको प्रस्ताव : के-के छन् नयाँ सुझाव ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्।  नि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: