Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

राष्ट्रिय परिचयपत्रका लागि ९४ हजारले बुझाए विवरण

खबरडबली संवाददाता

भक्तपुर । राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्य सुरु भएयता ९२ हजारभन्दा बढीले फोटोसहितको विवरण बुझाएका छन् । नेपाल सरकारको कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाको चारवटै नगरपालिकामा सञ्चालन गरेको अभियानमा ९२ हजारभन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि विवरण बुझाएको र अभियान सम्पन्न हुने समयसम्ममा एक लाखभन्दा बढीले विवरण बुझाउने आकलन गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए। 

हाल जिल्लाको चाँगुनारायण नपामा विवरण सङ्कलन कार्य सम्पन्न भइसकेको छ भने सूर्यविनायक र भक्तपुर नगरपालिकाका केही वडास्तरमा विवरण सङ्कलनको कार्य भइरहेको छ । यही पुस १२ गतेदेखि मध्यपुरथिमि नगरपालिकामा विवरण सङ्कलन अभियान सुरु भएको छ ।
 
प्रजिअ शर्माका अनुसार जिल्लाका चार नगरपालिकाका वडास्तरमा ७६ वटा विवरण सङ्कलन स्टेशन सञ्चालन गरी राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम गरिएको छ । प्रत्येक  स्टेशनमा फोटो खिच्न दुईवटा क्यामेरा, दुई कम्युटरसहित दुई जना कम्प्युटर अपरेटर, एक जना रुजु अधिकारी र आवश्यकतानुसार सहयोगी कर्मचारी गरी दुई जना कर्मचारी खटाइएको छ । 

राष्ट्रिय परिचयपत्र कार्यान्वयन आएपछि राहदानी, नागरिकता, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाण पुर्जालगायत व्यक्तिका अन्य विवरण यही परिचयपत्रमा समावेश हुने भएकाले महत्वपूर्ण यो अभियानलाई सफल पार्नुपर्ने उनले बताए। 

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले आफ्नो नगरपालिकामा अभियान भएको र आगामी २६ गतेसम्म विवरण सङ्कलन गरिने भएकाले यसलाई सफल बनाउन नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताए। 

जिल्लामा यही पुस २६ गते विवरण सङ्कलन अभियान सम्पन्न गरिने जानकारी दिँदै प्रजिअ शर्माले वडास्तरमा राष्ट्रिय परिचयपत्रको विवरण बुझाउने अभियान सम्पन्न भए पनि जिल्ला प्रशासन कार्यालयमा नियमितरूपमा विवरण बुझाउने व्यवस्था गरिएकाले छुटेकाले त्यहाँबाट बुझाउन सक्ने जानकारी दिए। 

जिप्रकाले नागरिकता बनाउन आउनेहरूको भने कार्यालयमै परिचयपत्रको विवरण भराउने गरेको छ । सरकारले राहदानी लिन अनिवार्यरूपमा राष्ट्रिय परिचयपत्रको नम्बर राख्नुपर्ने व्यवस्था गरेपछि विवरण बुझाउनेको चापसमेत बढेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदीय व्यवस्थामा प्रधानमन्त्री उम्मेदवार घोषणा नौलो होइन, कांग्रेसभन्दा नयाँ पार्टी छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संसदीय व्यवस्थामा निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने अभ्यास विश्वव्यापी रूपमा स्थापित भइ...

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी  हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ ।...

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी । बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च  भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो ।  हिमपात भएपछि गहुँलगाय...

बारामा मध्यराति आमाछोराको हत्या, ससुराबुहारी गम्भीर घाइते

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा मध्यराति अज्ञात व्यक्तिको आक्रमणबाट आमाछोराको हत्या भएको छ भने ससुराबुहारी गम्भीर घाइते भएका छन्। ...

कांग्रेस सभापति मधेश झरेपछि बढेको चुनावी तापक्रम

काठमाडौं । ०७९ को प्रतिनिधिसभा चुनावताका कांग्रेसमा सभापति थिए शेरबहादुर देउवा । तत्कालीन महामन्त्री गगन थापा अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्...

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँद...

पछिल्लाे २४ घण्टामा देशभर १६ आगलागीका घटना

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्का २० घटना भएका छन् ।...

देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, आज वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज दिउँसो देशका...

‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ । मंगलबार सर्वोच्...

प्रतिनिधिसभा निर्वाचन- आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकियो

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्ला स्तरमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending