Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

राष्ट्रिय परिचयपत्रका लागि ९४ हजारले बुझाए विवरण

खबरडबली संवाददाता

भक्तपुर । राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्य सुरु भएयता ९२ हजारभन्दा बढीले फोटोसहितको विवरण बुझाएका छन् । नेपाल सरकारको कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाको चारवटै नगरपालिकामा सञ्चालन गरेको अभियानमा ९२ हजारभन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि विवरण बुझाएको र अभियान सम्पन्न हुने समयसम्ममा एक लाखभन्दा बढीले विवरण बुझाउने आकलन गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए। 

हाल जिल्लाको चाँगुनारायण नपामा विवरण सङ्कलन कार्य सम्पन्न भइसकेको छ भने सूर्यविनायक र भक्तपुर नगरपालिकाका केही वडास्तरमा विवरण सङ्कलनको कार्य भइरहेको छ । यही पुस १२ गतेदेखि मध्यपुरथिमि नगरपालिकामा विवरण सङ्कलन अभियान सुरु भएको छ ।
 
प्रजिअ शर्माका अनुसार जिल्लाका चार नगरपालिकाका वडास्तरमा ७६ वटा विवरण सङ्कलन स्टेशन सञ्चालन गरी राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम गरिएको छ । प्रत्येक  स्टेशनमा फोटो खिच्न दुईवटा क्यामेरा, दुई कम्युटरसहित दुई जना कम्प्युटर अपरेटर, एक जना रुजु अधिकारी र आवश्यकतानुसार सहयोगी कर्मचारी गरी दुई जना कर्मचारी खटाइएको छ । 

राष्ट्रिय परिचयपत्र कार्यान्वयन आएपछि राहदानी, नागरिकता, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाण पुर्जालगायत व्यक्तिका अन्य विवरण यही परिचयपत्रमा समावेश हुने भएकाले महत्वपूर्ण यो अभियानलाई सफल पार्नुपर्ने उनले बताए। 

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले आफ्नो नगरपालिकामा अभियान भएको र आगामी २६ गतेसम्म विवरण सङ्कलन गरिने भएकाले यसलाई सफल बनाउन नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताए। 

जिल्लामा यही पुस २६ गते विवरण सङ्कलन अभियान सम्पन्न गरिने जानकारी दिँदै प्रजिअ शर्माले वडास्तरमा राष्ट्रिय परिचयपत्रको विवरण बुझाउने अभियान सम्पन्न भए पनि जिल्ला प्रशासन कार्यालयमा नियमितरूपमा विवरण बुझाउने व्यवस्था गरिएकाले छुटेकाले त्यहाँबाट बुझाउन सक्ने जानकारी दिए। 

जिप्रकाले नागरिकता बनाउन आउनेहरूको भने कार्यालयमै परिचयपत्रको विवरण भराउने गरेको छ । सरकारले राहदानी लिन अनिवार्यरूपमा राष्ट्रिय परिचयपत्रको नम्बर राख्नुपर्ने व्यवस्था गरेपछि विवरण बुझाउनेको चापसमेत बढेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending