Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

रसुवालीलाई आजको आजै सरकारी सेवा

खबरडबली संवाददाता

रसुवा । जिल्ला प्रशासन कार्यालयले रसुवालीलाई सबैखाले सेवा छिटोछरितो प्रदान गर्न थालेको छ ।  प्रशासनलाई चुस्तदुरूस्त बनाइ नागरिकलाई सुशासन दिलाउन तिनको काम आजको आजै गर्न थालिएको हो ।प्रमुख जिल्ला अधिकारी नवराज जैसीले कार्यालय समय र साँझ नपरुञ्जेल अतिरिक्त समय जिप्रकाले सबै प्रकारका सेवा प्रवाह गरिरहेको बताए । आजको आजै काम सम्पन्न हुँदा होटल तथा लजका खर्च जोगिएको सेवाग्राहीले जनाएका छन् । 
 
यसैबीच सरकारी सम्पत्ति संरक्षणका लागि अलपत्र परेका सरकारी भवन सदुपयोग गर्न थालिएको छ । स्थानीय  तह गठनपछि जिल्लास्तरबाट स्थानान्तरण  भई खाली भएका धुञ्चेस्थित साविकका पशुसेवा, खानेपानी, भूसंरक्षण र महिला विकास कार्यालय  भवन संरक्षण एवं उपयोग गराउन जिप्रकाले गृहकार्य अगाडि बढाएको हो ।

खाली भवनमध्ये सशस्त्र प्रहरी बल २० नम्बर गुल्मलाई महिला विकासको भवन उपयोग गर्न दिइएको छ ।  अन्य तीन भवनमा भने  भाडामा बसिरहेका नापी, निर्वाचन तथा   जिल्ला आर्युवेदिक स्वास्थ्य कार्यालयलाई दिइने प्रजिअ जैसीले बताउनुभयो । यसैगरी जिल्लास्थित अन्य सरकारी कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह र विकास निर्माणका कार्य  छिटो सम्पन्न गर्न जिप्रकाले सहजीकरण गरिरहेको बताइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुम कारागारमा मतदान सकियो

रुकुमपश्चिम। जिल्ला कारागार रुकुम पश्चिमका ७२ जना कैदीबन्दीले मतदान गरेका छन् । कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट ७२ जनाले मतदान गरेको मतदान...

मेचीनगरमा १०४ बर्षीय बृद्धाद्वारा मतदान

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गरेकी ...

रुपन्देहीमा दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मतदान

बुटवल । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार रुपन्देही जिल्लाका पाँच...

राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्

काठमाडौँ। राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी भएनन् ।  संविधानका संरक्षकका रुपमा तटस्थता कायम गर्दै ...

दाङमा दिउँसोसम्म २८.७२ प्रतिशत मतदान

दाङ। प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत दाङ जिल्लाका मतदान केन्द्रहरूमा दिउँसोसम्म करिब २८.७२ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृतको...

स्याङ्जामा अवरुद्ध भएको मतदान सुरु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० स्थित बालज्योति आधारभूत विद्यालयमा स्थगित भएको मतदान पुन: सुरु भएको छ। मतदाताले निर्वाचन अधिकृतको ह...

सुदूरपश्चिममा खस्यो ३० प्रतिशत मत

कैलाली । सुदूरपश्चिम प्रदेशमा झण्डै ३० प्रतिशत मत खसेको छ । अहिलेसम्म २९।६६ प्रतिशत मतदान भएको हो । प्रदेश निर्वाचन कार्यालयका अनुसार दुई लाख ६० हज...

बागलुङमा ५१ जना कैदीबन्दीले गरे मतदान

बागलुङ। जिल्ला कारागार बागलुङमा मतदान सम्पन्न भएको छ । कारागारमा रहेका १ सय ६१ कैदीबन्दीमध्ये ५३ जना मतदाता रहेका थिए । कारागारमा १ सय ४५ पुरुष र १...

दोलखामा हराएका सबै मतपत्र भेटिएनन्, अझै सुरु हुन सकेन मतदान

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपत्र हराउने र विवाद बढेपछि मतदान अझै सुरु हुन सकेको छैन। मतदानको क्रममा दलगत कार्यकर्ताबीच झडप भएको थ...

बाजुरामा सात घण्टामा ३५ हजार मत खस्यो

बाजुरा। बाजुरामा मतदान सुरु भएको सात घण्टाभित्र ३५ हजार मत खसेको छ। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान अन्तर्गत दिउँसो १२ बजेसम्म झण्डै ३५ हजार म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE