Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सुरेन्द्र कार्कीको पुरुक प्रस्ताव पेश

खबरडबली संवाददाता

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)को जारी आठाँै महाधिवे शनको बन्दसत्रमा  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रस्तावमाथि नेता सुरेन्द्र कार्कीले पूरक प्रस्ताव पेश गरेका छन्।

केही पूरक, केही नवीन धारणा नाम दिइएको उक्त प्रस्तावमा विद्यमान सङ्घीयता र समावेशिताको नाममा भइरहेको अभ्यासमाथि प्रश्न उठाउँदै अवस्था आफूहरुले सोचेअनुरुप अगाडि बढ्न नसकेको टिप्पणी गरेका छन्। नीति निर्माणमा जनताको सहभागिता नभएसम्म प्रजातन्त्रको सर्वाङ्गीण विकास हुन नसक्ने उहाँको प्रस्तावमा उल्लेख छ । माओवादीभित्र वैचारिक नेताका रुपमा समेत चिनिनुहुने  कार्कीले नेपालमा सङ्घीयता ल्याउनुको पछाडि चौर र चौतारामा बसेर पनि जनताको सेवा गर्न सकियोस् भन्ने अभिप्राय राखिएको बताएका  ।छन्

उनले अगाडि भनेका छन्, “चौरमा, चौतारमा, विद्यालय परिसरमा, गुन्द्री, राडीपाखी आदिमा बसेर कुलो, कुलेसो, पुलपधेरा, बाटोघाटो, स्वास्थ्यकेन्द्र, विद्यालय आदिबारे नीति निर्माण गर्न सकियोस् भन्ने उद्देश्यका साथ हामीले सङ्घीयतालाई आफ्नो राजनीतिक मुद्दा बनाएका थियौँ ।” उहाँले प्रतिवेदनमा लेखेका छन् “ यो निर्धन मुलुकका जनप्रतिनिधि करोडौँको गाडीमा सवार भएर न्वारन, पास्नी, जन्मदिन मनाउने आतिथ्य सत्कार गरुन् भन्ने उद्देश्य हाम्रो कदापी थिएन । सङ्घीयताले बजेटको एउटा हिस्सा स्थानीय तहमा त ल्यादियो तर त्यसको विचरण र अनुगमन संयन्त्र तयार हुन सकेको छैन ।” नेता कार्कीले समावेशिताको नाममा भइरहेको गतिविधिमाथि समेत टिप्प्णी गरेका छन् ।

लाखौँ दलित, लोपोन्मुख जनजाति महिला आदिको बीचबाट १०÷२० जना आज्ञाकारी खोजेर दिइने पद, विभूषण, सुविधालाई समावेशी प्रजातन्त्रलाई बदलेर उत्पीडित वर्गको सुनिश्चितता गर्ने प्रजातन्त्रको खोजी गर्नुपर्ने उहाँको प्रतिवेदनमा उल्लेख छ ।

नेता कार्कीले आफ्नो प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति, घरेलु परिस्थिति, पार्टीको आगामी कार्यभारलगायतका विषयमा चर्चा गरेका छन्। मजदुर, किसान, महिला, व्यापारी, बद्धिजीवी, उत्पीडित समुदायका विभिन्न तहमा रहेका जनताको साझा स्वार्थका निम्ति लड्न सक्ने जैविक सामथ्र्यलाई भुत्ते बनाउन नहुने र त्यस्तो काम आफ्नो पार्टीले नगर्ने नेता कार्कीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिवेदनमा नेता कार्कीले लेखेका छन्, “हाम्रो पार्टी सदस्यले निर्वाचन जितेको एकाइमा अनिवार्यरुपमा कूल बजेटको दश प्रतिशत वा त्यसभन्दा माथिको रकम शिक्षामा र घटीमा दश प्रतिशत बजेट स्वास्थ्यमा छुट्याइनेछ । हाम्रो प्रभाव बलियो भएको ठाउँमा समेत यो नीति लागू गर्न प्रयास गरिनेछ । यो रकमको सदुपयोगका निम्ति पार्टीले विशेष पहल गर्नेछ । यसबाहेक कृषि पर्यावरण र पर्यावरणमैत्री पर्यटनमा विशेष जोड दिन हाम्रा सबै पार्टी कमिटी परिचालित हुनेछन् ।”

निर्वाहमुखी कृषिलाई औद्योगीकरण गरेर नेपाली समाजको कायापलट गर्ने नाममा ठूलो बजेट  खर्च भएको भए पनि परिणाम  आउन नसकेको उल्लेख गर्दै उनले खेतबारीलाई कारखानामा फेर्ने भ्रमबाट मुक्त हुनुपर्नेमा जोड दिएका छन् । देशभर कृषि पर्यावरणीय खेतीको अध्ययन, जाँच पड्ताल गर्दै व्यवहारमा यसलाई लागू गर्ने, नेपालको पर्यावरणीय संवेदनशीलतालाई ध्यानमा राख्दै कृषिलाई पर्यटनलाई संयोजित गर्नुपर्ने नेता कार्कीको प्रतिवेदनमा समावेश छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, तीन अर्बमाथीको कारोबार

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

भिजिट भिसा प्रकरण: रमेश लेखकसहित उच्चपदस्थ कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...

दवाडी र खापुङसँग जाँचबुझ आयोगले लिन थाल्यो बयान

काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...

सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...

पूर्वमुख्यसचिव अर्यालको जवाफ: शान्तिपूर्ण आन्दोलनको नाममा निषेधाज्ञा उल्लंघन भयो

अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ

डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवारमा देउवाको एकल सिफारिस

डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...

भदौ २४ मा थप ‘क्याजल्टी’ हुन नदिन बालुवाटार छोडेँ: ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...

आशा छ - मेरो विरुद्ध कोही नउठुन् र निर्विरोध जितूँ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...

भिजिट भिसा तस्करी प्रकरण: सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending