काठमाडौं ।नेकपा (माओवादी केन्द्र)को जारी आठाँै महाधिवे शनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रस्तावमाथि नेता सुरेन्द्र कार्कीले पूरक प्रस्ताव पेश गरेका छन्।
केही पूरक, केही नवीन धारणा नाम दिइएको उक्त प्रस्तावमा विद्यमान सङ्घीयता र समावेशिताको नाममा भइरहेको अभ्यासमाथि प्रश्न उठाउँदै अवस्था आफूहरुले सोचेअनुरुप अगाडि बढ्न नसकेको टिप्पणी गरेका छन्। नीति निर्माणमा जनताको सहभागिता नभएसम्म प्रजातन्त्रको सर्वाङ्गीण विकास हुन नसक्ने उहाँको प्रस्तावमा उल्लेख छ । माओवादीभित्र वैचारिक नेताका रुपमा समेत चिनिनुहुने कार्कीले नेपालमा सङ्घीयता ल्याउनुको पछाडि चौर र चौतारामा बसेर पनि जनताको सेवा गर्न सकियोस् भन्ने अभिप्राय राखिएको बताएका ।छन्
उनले अगाडि भनेका छन्, “चौरमा, चौतारमा, विद्यालय परिसरमा, गुन्द्री, राडीपाखी आदिमा बसेर कुलो, कुलेसो, पुलपधेरा, बाटोघाटो, स्वास्थ्यकेन्द्र, विद्यालय आदिबारे नीति निर्माण गर्न सकियोस् भन्ने उद्देश्यका साथ हामीले सङ्घीयतालाई आफ्नो राजनीतिक मुद्दा बनाएका थियौँ ।” उहाँले प्रतिवेदनमा लेखेका छन् “ यो निर्धन मुलुकका जनप्रतिनिधि करोडौँको गाडीमा सवार भएर न्वारन, पास्नी, जन्मदिन मनाउने आतिथ्य सत्कार गरुन् भन्ने उद्देश्य हाम्रो कदापी थिएन । सङ्घीयताले बजेटको एउटा हिस्सा स्थानीय तहमा त ल्यादियो तर त्यसको विचरण र अनुगमन संयन्त्र तयार हुन सकेको छैन ।” नेता कार्कीले समावेशिताको नाममा भइरहेको गतिविधिमाथि समेत टिप्प्णी गरेका छन् ।
लाखौँ दलित, लोपोन्मुख जनजाति महिला आदिको बीचबाट १०÷२० जना आज्ञाकारी खोजेर दिइने पद, विभूषण, सुविधालाई समावेशी प्रजातन्त्रलाई बदलेर उत्पीडित वर्गको सुनिश्चितता गर्ने प्रजातन्त्रको खोजी गर्नुपर्ने उहाँको प्रतिवेदनमा उल्लेख छ ।
नेता कार्कीले आफ्नो प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति, घरेलु परिस्थिति, पार्टीको आगामी कार्यभारलगायतका विषयमा चर्चा गरेका छन्। मजदुर, किसान, महिला, व्यापारी, बद्धिजीवी, उत्पीडित समुदायका विभिन्न तहमा रहेका जनताको साझा स्वार्थका निम्ति लड्न सक्ने जैविक सामथ्र्यलाई भुत्ते बनाउन नहुने र त्यस्तो काम आफ्नो पार्टीले नगर्ने नेता कार्कीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
प्रतिवेदनमा नेता कार्कीले लेखेका छन्, “हाम्रो पार्टी सदस्यले निर्वाचन जितेको एकाइमा अनिवार्यरुपमा कूल बजेटको दश प्रतिशत वा त्यसभन्दा माथिको रकम शिक्षामा र घटीमा दश प्रतिशत बजेट स्वास्थ्यमा छुट्याइनेछ । हाम्रो प्रभाव बलियो भएको ठाउँमा समेत यो नीति लागू गर्न प्रयास गरिनेछ । यो रकमको सदुपयोगका निम्ति पार्टीले विशेष पहल गर्नेछ । यसबाहेक कृषि पर्यावरण र पर्यावरणमैत्री पर्यटनमा विशेष जोड दिन हाम्रा सबै पार्टी कमिटी परिचालित हुनेछन् ।”
निर्वाहमुखी कृषिलाई औद्योगीकरण गरेर नेपाली समाजको कायापलट गर्ने नाममा ठूलो बजेट खर्च भएको भए पनि परिणाम आउन नसकेको उल्लेख गर्दै उनले खेतबारीलाई कारखानामा फेर्ने भ्रमबाट मुक्त हुनुपर्नेमा जोड दिएका छन् । देशभर कृषि पर्यावरणीय खेतीको अध्ययन, जाँच पड्ताल गर्दै व्यवहारमा यसलाई लागू गर्ने, नेपालको पर्यावरणीय संवेदनशीलतालाई ध्यानमा राख्दै कृषिलाई पर्यटनलाई संयोजित गर्नुपर्ने नेता कार्कीको प्रतिवेदनमा समावेश छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०८३ - १७:४५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट प...
आषाढ़ १० गते, २०८३ - १७:३८
काठमाडौँ। सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर...
आषाढ़ १० गते, २०८३ - १७:१२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने भएको छ। पार्टीका प्रवक्ता मनिष ...
आषाढ़ १० गते, २०८३ - १६:५४
विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेल...
आषाढ़ १० गते, २०८३ - १६:३५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...
आषाढ़ १० गते, २०८३ - १६:१७
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...
आषाढ़ १० गते, २०८३ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका प्रतिनिधिको अन्तिम टुंगो अझै लगाउन सकेको छैन। ९९ सदस्यीय केन्द्रीय समिति चयनका ला...
आषाढ़ १० गते, २०८३ - १५:४४
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष...
आषाढ़ १० गते, २०८३ - १५:२७
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। यो पछिल्लो चार महिनाकै न्यून स्तर हो। अघिल्लो दिन पनि नेप...
आषाढ़ १० गते, २०८३ - १५:१७
नेपालगन्ज। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव...



प्रतिकृया लेख्नुहोस्: