Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

अंग्रेजी नयाँ वर्षमा बन्दीपुरमा आठ हजार पर्यटक

खबरडबली संवाददाता

काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आठ हजार पर्यटक पुगेका छन्।

अंग्रेजी नयाँ वर्षको अवसरमा शुक्रबार र शनिबार आठ हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन्। नयाँ वर्षको अवसरमा बन्दीपुरमा दुई दिन खाना महोत्सव गरिएको थियो।

क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले नयाँ वर्षको अवसरमा बन्दीपुरमा आन्तरिक पर्यटक खचाखच भरिएको भएको जानकारी दिए। ‘विदेशी पर्यटक पाँच÷छ जनामात्रै देखिए, बाँकी सबै आन्तरिक पर्यटकले बन्दीपुर भरिभराउ भए’, उनले भने।

बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ र तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुरको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिएको थियो। महोत्सवमा बन्दीपुर बजार क्षेत्रको खुला आकाशमुनि स्थानीय खानाका परिकारको स्टल राखिएको थियो।

विशेषगरी नेवार, गुरुङ र मगर समुदायको खानाको परिकार राखिएको थियो। महोत्सवले बन्दीपुरको पर्यटन प्रवर्धनमा सघाउने प्रधानको विश्वास छ। सडक खाना महोत्सव बन्दीपुरको एउटा ब्राण्ड हो।

हरेक वर्ष अंग्रेजी नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै आइरहेको छ। गत वर्ष कोरोना कहरकै बेला पनि सडक खाना महोत्सव गरिएको थियो। अंग्रेजी नयाँ वर्षसँगै नेपाली नयाँ वर्ष र प्रेम दिवसका बेलामा पनि बन्दीपुरमा पर्यटक आकर्षित गर्न कार्यक्रम हुँदै आएको छ।

कोरोनाको मारमा परेको बन्दीपुरको पर्यटन गत दशैँदेखि तङ्ग्रिने प्रयासमा छ। कोरोना त्रासपछि बन्दीपुरमा विस्तारै पर्यटकको आगमन बढ्न थालेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले बताए। भक्तपुरे शैलीमा बनेका इँट्टाका मौलिक घर बन्दीपुरको आकर्षण हो।

 निकै पुरानो र ऐतिहासिक बन्दीपुर कोलाहलमुक्त छ। यहाँको भीमसेनको मन्दिर, थानीमाई, खड्गदेवी र तीनधारे प्रसिद्ध छन्। अन्नपूर्ण, धवलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै १९ हिमचुचुरा बन्दीपुरको टुँडिखेलबाट अवलोकन गर्न सकिन्छ।

विश्वप्रसिद्ध चीनको ग्रेटवालको झल्को दिने गरी बनाइएको मुकुन्देश्वरी पर्खालले पनि आन्तरिक र बाह्य पर्यटकलाई लोभ्याउँछ। बन्दीपुर साहसिक पर्यटक लक्षित साइकल लेनसमेत बनाइएको छ। केबुलकार निर्माणको चरणमा रहेको छ। पर्यटकको बसाइ लम्ब्याउन बन्दीपुर क्षेत्रमा विभिन्न पूर्वाधार थप भइरहेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदीय व्यवस्थामा प्रधानमन्त्री उम्मेदवार घोषणा नौलो होइन, कांग्रेसभन्दा नयाँ पार्टी छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संसदीय व्यवस्थामा निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने अभ्यास विश्वव्यापी रूपमा स्थापित भइ...

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी  हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ ।...

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी । बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च  भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो ।  हिमपात भएपछि गहुँलगाय...

बारामा मध्यराति आमाछोराको हत्या, ससुराबुहारी गम्भीर घाइते

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा मध्यराति अज्ञात व्यक्तिको आक्रमणबाट आमाछोराको हत्या भएको छ भने ससुराबुहारी गम्भीर घाइते भएका छन्। ...

कांग्रेस सभापति मधेश झरेपछि बढेको चुनावी तापक्रम

काठमाडौं । ०७९ को प्रतिनिधिसभा चुनावताका कांग्रेसमा सभापति थिए शेरबहादुर देउवा । तत्कालीन महामन्त्री गगन थापा अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्...

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँद...

पछिल्लाे २४ घण्टामा देशभर १६ आगलागीका घटना

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्का २० घटना भएका छन् ।...

देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, आज वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज दिउँसो देशका...

‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ । मंगलबार सर्वोच्...

प्रतिनिधिसभा निर्वाचन- आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकियो

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्ला स्तरमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending