झापा । पूर्व पश्चिम राजमार्गको विकल्पको रुपमा निर्माण सुरु भएको हुलाकी राजमार्गको झापा खण्ड निर्माणको अन्तिम चरणमा पुगे पनि पुल नबन्दा तत्काल सञ्चालनमा अवरोध देखिएको छ ।
राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला नदीमा पुल निर्माणाधीन छन् । तीमध्ये कनकाई, रतुवा, विरिङ र कमल खोलाका पुल सम्पन्न हुन समय लाग्ने र सानोमाई, लेहरा, कृष्णे र भुतेनी खोलाका पुल निर्माण अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिए।
उनका अनुसार विसं २०६८ मै हुलाकी सडक पर्ने कनकाई, रतुवा खोलाका पुल निर्माण सुरु गरिएको थियो तर, एक दशक बितिसक्दासमेत कार्य सम्पन्न नहुँदा राजमार्ग सञ्चालनमा अवरोध भएको हो । उहाँले मुलुकको राजनीतिक अस्थिरता र कोेरोना महामारीलगायतका कारणले पुल निर्माणमा ढिलाई भएको बताए।
उनले भने, ‘जति ढिलो हुनु भइसक्यो। आर्थिक वर्ष विसं २०७९÷०८० को अन्त्यसम्ममा सडकभित्र रहेका सबै पुल निर्माण भइसक्ने गरी काम भइरहेको छ ।’ जिल्लामा साना ठूला खोलामा गरी करिब २५ मी लम्बाइदेखि ६२४ मी लामो पुल निर्माण भइरहेको छ ।
सडक निर्माण अन्तिम चरणमा
भद्रपुरको मेची पुलदेखि मोरङको सिमानामा रहेको रतुवा खोलासम्म करिब ४८ मध्ये ३५ किलोमिटर कालोपत्रेसहितको सडक निर्माण सकिएको छ । इन्जिनियर खतिवडाले राजगढको जनता बजारदेखि कनकाई पुल छेउको कुञ्जिबारीसम्मको १३ किलोमिटर मात्र कालोपत्रे हुन बाँकी रहेको बताए। चालु आर्थिक वर्षको अत्यसम्ममा झापा खण्डमा रहेको ४८ किलोमिटर नै सडक सम्पन्न हुने बताए।
सो सडक दुई लेनको बनिरहेको छ । उनले बस्ती नभएको स्थानमा सात मिटर चौडाइ भएको र बाक्लो बस्ती भएको बजार क्षेत्रमा दुवै सडकको किनारमा नालीसहित १२ मिटरको सडक निर्माण भएको बताए। मेचीपुलदेखि राजगढको जनताबजारसम्मको २० किमी सडकको ठेक्का आशिष याक्थुमहाङ जेभी र जनताबजारदेखि रतुवा खोलासम्मको करिब २८ किलोमिटर पिएस गजुरमुखी मोतिदान जेभीले लिएका छन् ।
पूर्वमेचीदेखि पश्चिम महाकालीको चाँदनी दोधारा पुलसम्म एक हजार ६००मी को हुलाकी मार्ग निमौणपछि तराई मधेशका सर्वसाधारणको जीवनस्तर उकास्न मद्दत पुग्ने देखिन्छ । सो सडक निर्माणलाई विभिन्न खण्डमा विभाजन गरेर काम भइरहेको उनको भनाइ छ ।
त्यसैगरी, हुलाकी सडकअन्तर्गतकै चारआली केचनासम्मको सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ४० किलोमिटर सडकमध्ये ३९ किलोमिटर सडकको निर्माण सकिएको उनले बताए।
हुलाकी सडकले फेरियो गौरीगञ्जको मुहार
जिल्लाको पुरानो बजार गौरीगञ्जको मुहार हुलाकी सडक निर्माणसँगै फेरिएको छ । बजारको करिब डेढ किलोमिटर क्षेत्रमा भने ‘फोर लेन’को सडक निर्माण भएको छ । यो सडक बनेपछि गौरीगञ्जमा बसाई सरेर आउनेको सङ्ख्यामा वृद्धि भएको छ ।
गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले हुलाकी सडकका कारण यस क्षेत्रको व्यापार व्यवसायसमेत फस्टाएको बताए। ‘दुई वर्षअघिसम्म यहाँबाट अन्यत्र बसाई सरेर जाने मात्र हुन्थे, अहिले बाहिरका मानिसहरु आएर भटाभट घडेरी किनेर घर बनाइरहेका छन्’ उनले भने।
पाँच वर्ष अघिसम्म प्रतिकट्ठा रु पाँच लाखमा पाइने जग्गाको मूल्य बढेर हाल रु २५ लाख पुगेको जानकारी दिए। गौरीगञ्ज बजारको करिब पाँच किलोमिटरको दूरीमा रहेको रतुवा खोलाको पुल बनेर सडक सञ्चालनमा आएपछि गौरीगञ्जसहित दक्षिणी क्षेत्रको स्वरुप नै फेरिने विश्वास लिएको बताए। ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: