Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

नेपालको हिमाली क्षेत्र नजिक तिब्बत केन्द्रबिन्दु भएको शक्तिशाली भूकम्पले कुन-कुन जिल्ला प्रभाव पर्‍यो ?

भूकम्पको धक्का महसुस भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा मङ्गलबार बिहान घरबाट बाहिर निक्लेर सडकमा जम्मा भएका बालबालिका ।
खबरडबली संवाददाता

काठमाडौँ । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले  जनाएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।

भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो । 

भूकम्पको  धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए  ।

केन्द्रले छदेखि आठ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्प गइरहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले मुख्य रूपमा नेपालका सात जिल्लाहरूमा भूकम्पको प्रभाव परेको हुन सक्ने ठानिएको जनाएको छ।

केन्द्रले सामाजिक सञ्जालहरूमा लेखेको छ,"नेपालको उत्तर पूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ७.० म्याग्निच्युडको भूकम्प गएको छ। यसले नेपालका ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, उत्तरी धादिङमा असर पारेको हुन सक्छ। जिल्ला प्रशासन कार्यालयहरूबाट सूचना सङ्कलन भइरहेको छ।"

केन्द्रले आफ्नो क्षेत्रमा भएको क्षति र भूकम्पको असरबारे जानकारी दिन पनि सर्वसाधारणलाई आग्रह गरेको छ।

सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी रूपेश विश्वकर्माका अनुसार सल्लेरी क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस भए पनि मानवीय क्षतिको विवरण आइसकेको छैन।

"भूकम्प ठूलै आएको महसुस भयो। म भर्खरै बाहिरतिर डुलेर हेर्दा यहाँ आसपास क्षति भएको चाहिँ देखिएको छैन। लोबुचेतिर बुझ्ने प्रयास भइरहेको छ," विश्वकर्माले टेलिफोनमा भने।

लबुचेस्थिति झन्डै ५००० मिटर उचाइमा अवस्थित वैज्ञानिक अध्ययन केन्द्र 'पीरामिड ल्याब'का काजी विष्टले मङ्गलवार बिहानै त्यहाँ ठूलो कम्पन महसुस हुँदा आसपासका भिराला ठाउँबाट थुप्रै ढुङ्गा र बरफका ढिक्का खसेको बताएका छन्।

सोलुखुम्बुका प्रहरी प्रमुख द्वारिकाप्रसाद घिमिरेले जिल्लाको माथिल्लो भेगका मानिसहरूले घरहरू चर्किएको जानकारी गराएको बताएका छन्।

"कहीँ कतै क्षति छ कि भनेर बुझ्ने काम भइरहेको छ, हाम्रो जनशक्ति अहिले सबै बाहिर निस्किएको छ र उद्धारको लागि तयारी अवस्थामा छ। अहिलेसम्म अप्रिय घटना विवरण आएका छैनन्," उनले भने।

"माथिल्लो भेगमा केही घरहरू चर्किएको भन्ने आएको छ तर यकिन छैन।"

चीनको भूकम्प सम्बन्धी निकायले तिब्बत नजिकै  ६ दशमलव ८ म्याग्निट्यूडको भूकम्प गएको जानकारी दिएको रोएटर्स समाचार संस्थाले जनाएको छ।

चीनमा उक्त भूकम्पका कारण ९ जनाको ज्यान गएको सरकारी प्रसारक सीसीटीभीले जनाएको छ।

त्यहाँ सो भूकम्पको धक्का स्थानीय समय अनुसार बिहानको ९ बजेर ५ मिनेटमा महसुस गरिएको थियो र त्यसको गहिराइ १० किलोमिटर रहेको जनाइएको छ। सिगात्से वरपर भवनहरू भत्किएका रोएटर्सको समाचारमा जनाइएको छ।

दक्षिण पश्चिम चीनमा बारम्बार भूकम्पको प्रभाव देखा पर्ने गर्छ। सन् २००८ मा सिचुआन प्रान्तमा एउटा भीषण भूकम्पले करिब ७० हजार जनाको ज्यान लिएको थियो।

चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार मङ्गलवारको भूकम्पअघि सिगात्से वरपरको २०० किलोमिटर क्षेत्रभित्र पछिल्लो पाँच वर्षमा ३ वा त्यो भन्दा बढी म्याग्निट्यूडका २९ वटा भूकम्प अभिलेख गरिएको थियो।

भारतीय सञ्चारमाध्यमहरूले उक्त भूकम्प पश्चिम बङ्गाल, असम र बिहार र दिल्लीसहित उत्तर भारतका विभिन्न स्थानमा पनि महसुस भएको जनाएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending