Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ?

रासस

भैरहवा । स्याङ्जा चापाकोट नगरपालिका–४ बस्ने ५३ वर्षीय गीतानाथ खनालको गत महिना सडक दुर्घटनामा मृत्यु भयो । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेलीटोल नजिक उनले चलाएको ग११प  ५४४४ नंको मोटरसाइकलले सडक पार गर्ने क्रममा बुटवलबाट बेलहिया जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

मोटरसाइकल चालक खनाल र मोटरसाइकलमा सवार उनका १३ वर्षीय छोरा सन्दीप खनाल दुर्घटनाबाट गम्भीर घाइते भई उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार गर्दागर्दै मृत्यु भयो । दुर्घटनाको मुख्य कारण ट्रकको तीव्रगति भएको ट्राफिक प्रहरीले निष्कर्ष निकाल्यो । यस्ता घटना रुपन्देहीमा दिनहुँजसो हुने गरेका छन् ।

जिल्लामा यसरी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या डरलाग्दो देखिन्छ । जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको चौवर्षीय सवारी दुर्घटनाको रेर्कडअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्ममा ११९४ सवारी दुर्घटनामा ३९० जनाको मृत्यु भएको देखिन्छ भने गम्भीर घाइते ६४९ र घाइते ४१० जना भएका छन् । आव २०७८/७९ को मङ्सिरसम्म ६६ सवारी दुर्घटनामा ३८ जनाको मृत्यु भएको देखिन्छ भने गम्भीर घाइते ४५ र घाइते २३ छन् । यसकारण रुपन्देहीमा दुर्घटनाले मानिसको मृत्यु, गम्भीर घाइते र घाइते हुने सङ्ख्या हेर्दा डरलाग्दो देखिन्छ ।

यस अवधिमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन् । त्यसपछि कार, जीप र ट्र्याक्टर तथा ट्रक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा सबैभन्दा धेरै सवारी दुर्घटना चालकको लापरबाहीबाट हुने गरेको छ । आव २०७४र७५ देखि २०७७र७८ सम्म चालकको लापरबाहीबाट ५२१ वटा दुर्घटना, यात्रुको गल्तीबाट १४९ र  तीव्रगतिबाट १५७ दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको रेकर्डमा देखिन्छ । ओभरटेक, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, चौपाया, सडकको अवस्था, मौसमको अवस्थाका कारण पनि सडक दुर्घटना हुने गरेका छन् ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरबाही भएको बताए । वार्षिकरूपमा हजारौँको सङ्ख्यामा सवारी नेपालमा भित्रिने तर पुराना विस्थापित नहुनु, साँघुरा सडक, नशालु पदार्थ सेवन गरी सवारी चलाउनु, फुटपाथको अधिकरणजस्ता कारणले सवारी दुर्घटना हुने गरेको प्रहरी उपरीक्षक थापाले भने । लुम्बिनी  प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रदेशभरि ‘चालकसँग ट्राफिक प्रहरी’जस्ता चालक प्रशिक्षण कार्यक्रम गरिरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले चालकले ट्राफिक नियम पालना नगर्दा डरलाग्दा सडक दुर्घटना हुने गरेको बताए। सडक दुर्घटनाका लागि रुपन्देहीमा ट्राफिक प्रहरी स्कूल कलेज, क्लब र यात्रुसँग प्रत्यक्ष जोडिएर जनचेतनाका कार्यक्रम गरिरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । उनले भने, ‘सडक दुर्घटना न्यूनीकरणका लागि हाम्रो अभियान चालकदेखि यात्रुसँग हुन्छ ।’

रुपन्देहीमा पछिल्लो समय ट्राफिकले बढी भीडभाड हुने स्थानमा ट्राफिक लाइट जडान तथा अन्तक्र्रिया र चालक प्रशिक्षण कार्यक्रम गरिरहेको छ । असुरक्षित सडक संरचना,  व्यवस्थित सवारी नियमन मापदण्डको अभाव, चालकको अयोग्यता, सवारी नियमको अज्ञानताका कारणले धेरै सवारी दुर्घटना हुने गरेको सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमितिको २०७७ को प्रतिवेदनमा उल्लेख छ । 

सडक दुर्घटना हुनुमा सवारी चालक र पैदलयात्री नै जिम्मेवार देखिने गरेको तथ्य भेटिन्छ । यसको न्यूनीकरणका लागि चालक र यात्रुलाई जिम्मेवारी बनाउनु पर्दछ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending