काठमाडौं । नेकपा माओवादी केन्द्रले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र पुर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्न माग गरेको छ । हालै सम्पन्न पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले समसामयिक ४५ बुँदे प्रस्ताव पारित गर्दै यस्तो माग गरेको हो ।
किसान पेन्सन योजनाको माग
माओवादीले सरकारसँग किसान पेन्सन योजना लागु गर्न पनि माग गरेको छ । ‘किसान पेन्सन योजना लागु गर्न, किसानले समयमा नै मल, बिउ, सिँचाइ नपाउँदा भोग्न परेको समस्यालाई मध्यनजर गर्दै किसानका सबै गम्भीर समस्यालाई एकीकृत कार्यक्रम अन्तर्गत समाधान गर्न यो महाधिवेशन आग्रह गर्दछ’, माओवादी प्रस्तावमा भनिएको छ, ‘उखु, धान, दुग्ध लगायत कृषि उपजको समयानुकूल समर्थन मूल्य निर्धारण गर्न र संघर्षरत उखु किसानहरुको बक्यौता भुक्तानी गर्न सरकारसँग विशेष आग्रह गर्दछ ।’ त्यसैगरी माओवादीले बेमौसमी वर्षा पिडित किसानलाई राहत घोषणा गर्न विशेष माग गरेको छ ।
नागरिकता र महँगीबारे
त्यसैगरी नागरिकता सम्बन्धि समस्या समाधान गर्न संविधानको प्रावधान र मर्म बमोजिम सबै नेपाली जनताले सहजरुपमा नागरिकता प्राप्त गर्न आवश्यक कानुन निर्माणको कार्य यथाशिघ्र अघि बढाउन माओवादीको माग छ ।
‘महङ्गी, भ्रष्टाचार कालोबजारी लगायत उपभोक्ता एवंम उत्पादनका क्षेत्रमा विद्यमान विचौलियाको विगविगी तत्काल रोक्न र जनतालाई सुलभ र स्वाभाविक जीवनयापन गर्ने वातावरण सिर्जना गरी भ्रष्टाचार र विचौलियामुक्त वातावरण सिर्जना गर्न सरकारसँग विशेष माग गर्दछ’, माओवादी प्रस्तावमा भनिएको छ, ‘भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई प्रभावकारी बनाउन तथा नियन्त्रण र सन्तुलन कायम राख्न यो महाधिवेशन आग्रह गर्दछ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - १६:४२
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आगामी वैशाख ८ गते (मंगलबार) निर्वाचन हुने भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्याल...
बैशाख ६ गते, २०८३ - १६:२५
विद्यार्थीको हकहितका लागि ‘स्टुडेन्ट काउन्सिल’ जस्ता नयाँ संयन्त्र स्थापना गरिने
बैशाख ६ गते, २०८३ - १६:१८
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशिल सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई ...
बैशाख ६ गते, २०८३ - १६:०२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि ९ वटा मुख्य एजेन्डा तय गरेको छ। बैठक पार्टी केन्द्रीय कार्...
बैशाख ६ गते, २०८३ - १५:४५
काठमाडौँ । अस्ट्रियामा शिशुका लागि बनाइएको खानेकुरामा मुसाको विष भेटिएपछि व्यापक सतर्कता अपनाइएको छ । सम्बन्धित उत्पादनहरू बजारबाट फिर्ता बोलाइएको छ ।...
बैशाख ६ गते, २०८३ - १५:३०
काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको ...
बैशाख ६ गते, २०८३ - १५:१४
हुम्ला। सिमकोट-नेपालगन्जको हवाई भाडा यस पटक तेईस प्रतिशतसम्म वृद्धि भएको छ । हवाई इन्धनको मुल्य वृद्धि भएसँगै सिमकोट नेपालगन्जको हवाई भाडा वृद्धि ...
बैशाख ६ गते, २०८३ - १४:४४
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३:०० बजे वनस्थलीस्थित पा...
बैशाख ६ गते, २०८३ - १४:३६
काठमाडौँ । शेखर कोइराला नेतृत्वको नेपाली कांग्रेसको एक समूहले शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा सहभागी नहु...
बैशाख ६ गते, २०८३ - १४:२१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले सरकारले देशका विभिन्न स्थानमा सुकुम्वासी परिवारलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेक...


प्रतिकृया लेख्नुहोस्: