काठमाडौं । विश्वविद्यालयहरूले अबदेखि विद्यार्थी संगठनलाई कार्यालय सञ्चालनका लागि कोठा, भवन वा जमिन उपलब्ध नगराउने निर्णय गरेका छन्। यससँगै विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका भौतिक संरचना हटाउने प्रक्रिया अघि बढाइने भएको छ।
गत चैत २० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल को उपस्थितिमा सबै विश्वविद्यालयका उपकुलपतिहरूले संयुक्त रूपमा उक्त निर्णयमा हस्ताक्षर गरेका हुन्।
निर्णयअनुसार विश्वविद्यालयले विद्यार्थी संगठनहरूलाई कार्यालय स्थापनाका लागि दिँदै आएको कोठा, भवन वा जमिन अब उपलब्ध नगराइनेछ। साथै विश्वविद्यालय परिसरभित्र रहेका ब्यानर, झण्डा, भित्ते लेखनलगायतका दलीय पहिचान झल्काउने सबै भौतिक संकेतहरू तत्काल हटाइनेछ।
कानुनी र संरचनागत परिवर्तनको तयारी
निर्णयमा विश्वविद्यालय ऐनमा दलीय विद्यार्थी संगठनसम्बन्धी व्यवस्था भए त्यसलाई खारेज गर्न तीन महिनाभित्र प्रस्ताव तयार गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत पेस गर्ने उल्लेख छ।
त्यसैगरी, विश्वविद्यालयका नियमावली वा विनियमावलीमा त्यस्तो व्यवस्था भए ६० दिनभित्र संशोधन गर्ने निर्णय पनि गरिएको छ।
नयाँ विद्यार्थी संरचना विकास गरिने
हाल कायम स्वतन्त्र विद्यार्थी युनियनको विकल्पका रूपमा विद्यार्थीको हकहितका लागि ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता नयाँ संयन्त्र स्थापना गर्ने तयारी गरिएको छ। यसको व्यवस्था ९० दिनभित्र गरिने निर्णयमा उल्लेख छ।
सुरक्षा व्यवस्था र कार्यान्वयन
दलीय विद्यार्थी संगठन हटाउने क्रममा कुनै सुरक्षा चुनौती देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराइनेछ। आवश्यक परे विश्वविद्यालय परिसरमा अस्थायी वा स्थायी सुरक्षा युनिट स्थापना गर्न गृह मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय पनि गरिएको छ।
मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा ८६ अनुसार, विश्वविद्यालय हाताभित्रका दलीय विद्यार्थी संगठनका संरचना ६० दिनभित्र हटाउनुपर्नेछ भने ९० दिनभित्र नयाँ विद्यार्थी संयन्त्र स्थापना गरिसक्नुपर्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - १७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिव...
बैशाख ६ गते, २०८३ - १६:४२
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आगामी वैशाख ८ गते (मंगलबार) निर्वाचन हुने भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्याल...
बैशाख ६ गते, २०८३ - १६:२५
विद्यार्थीको हकहितका लागि ‘स्टुडेन्ट काउन्सिल’ जस्ता नयाँ संयन्त्र स्थापना गरिने
बैशाख ६ गते, २०८३ - १६:१८
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशिल सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई ...
बैशाख ६ गते, २०८३ - १६:०२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि ९ वटा मुख्य एजेन्डा तय गरेको छ। बैठक पार्टी केन्द्रीय कार्...
बैशाख ६ गते, २०८३ - १५:४५
काठमाडौँ । अस्ट्रियामा शिशुका लागि बनाइएको खानेकुरामा मुसाको विष भेटिएपछि व्यापक सतर्कता अपनाइएको छ । सम्बन्धित उत्पादनहरू बजारबाट फिर्ता बोलाइएको छ ।...
बैशाख ६ गते, २०८३ - १५:३०
काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको ...
बैशाख ६ गते, २०८३ - १५:१४
हुम्ला। सिमकोट-नेपालगन्जको हवाई भाडा यस पटक तेईस प्रतिशतसम्म वृद्धि भएको छ । हवाई इन्धनको मुल्य वृद्धि भएसँगै सिमकोट नेपालगन्जको हवाई भाडा वृद्धि ...
बैशाख ६ गते, २०८३ - १४:४४
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३:०० बजे वनस्थलीस्थित पा...
बैशाख ६ गते, २०८३ - १४:३६
काठमाडौँ । शेखर कोइराला नेतृत्वको नेपाली कांग्रेसको एक समूहले शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा सहभागी नहु...


प्रतिकृया लेख्नुहोस्: