Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यसरी निर्वाचित भएका थिए माओवादीका केन्द्रीय सदस्य ! किन लगाइँदैछ प्रचण्डलाई दोष ?

सहकर्मी र सिनियर नेता मौन

खबरडबली संवाददाता

बाहिर यसरी प्रचार गरियो मानौं कि सबै सूचि अध्यक्ष प्रचण्डले नै तयार गरेर वाचन गरेका हुन । प्रदेशहरुले सहमति गरेर कुनै सूचि दिन्छन भने त्यो भन्दा ठूलो लोकतान्त्रिक के हुन्छ ? सहमतिमा २४६ जनाको आएको छ । बाँकी २४ जनाको पनि प्रदेशले पठाएकी लिष्टबाट प्रदेशकै इ

काठमाडौं । यतिखेर माओवादी केन्द्रका नवनिर्वाचित केन्द्रीय सदस्यको बारेमा केहीले आलोचना गरिरहेका छन् । कतिपयले प्रचण्डले लोकतान्त्रिक विधि पालना नगरेर आफ्नो खल्तीबाट लिष्ट निकालेर वाचन गरेको भन्दै आलोचना गरेको देखिन्छ । केही कार्टुन समेत यतिखेर भाइरल बनाइएको छ ।

तर के प्रचण्डले आफूखुसी केन्द्रीय सदस्यको लिष्ट वाचन गरेका हुन त ?

तथ्यले के भन्छ ?

माओवादीको आठौं महाधिवेशनको शुरुको दिन उदघाटन सम्पन्न भएको थियो । त्यो दिन बिभिन्न राजनीतिक दलका नेताहरुले महाधिवेशन सफलताको शुभकामना दिए ।

अर्कोदिन अध्यक्ष प्रचण्डले एक्कासौं शताब्दीमा नेपाली समाजवादको बाटो शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदनपछि सहभागी प्रतिनिधिहरुलाई बिभिन्न प्रदेशका आधारमा २५ वटा समूहमा विभाजन गरियो । भोलीपल्ट दिनभरी सबै समूहहरुले छलफल गरे । त्यसको तेश्रो दिन अर्थात् सम्मेलनको चौथो दिन समूहगत प्रस्तुती सुरु भयो । जुन अर्को दुईदिनसम्म जारी भयो ।

समूहगत प्रस्तुतीमार्फत उठेका छलफलहरुको जवाफ अध्यक्ष प्रचण्डले छैठौं दिन जवाफ दिए । त्यही दिन अध्यक्ष मण्डलले निर्वाचन आयोगसँग परामर्श गर्यो । माओवादी स्थायी समिति बैठकले समानुपातिक प्रतिनिधित्वका बारेमा समेत गम्भीर परामर्श गर्यो । त्यसपछि माओवादी स्थायी समितिले पहिलोपटक पार्टीमा संविधानको मर्म अनुरुप ५० प्रतिशत समावेशी प्रतिनिधित्व गर्ने निर्णय गर्यो ।

तर यो अत्यन्तै जटिल निर्णय थियो । किनभने ५० प्रतिशत समानुपातिक कोटाबाट केन्द्रीय सदस्य निर्वाचित गर्दा अहिलेकै केन्द्रीय समितिमा रहेका कैयन सिनियरहरु छुट्ने सम्भावना बलियो थियो ।

माओवादीका अगाडि सिनियरलाई पनि ल्याउनैपर्ने र समावेशी अभ्यास पनि गर्नैपर्ने दोहोरोब ाध्यता देखियो । यो बाध्यतालाई हल गर्नैपथ्र्यो । समावेशी सिद्धान्त अनुसार, महिलाको ३५ प्रतिशत सम्बन्धित प्रदेशले छुट्टयाउनुपथ्र्यो । युवाको २० प्रतिशत ल्याउनैपथ्र्यो र त्यो कोटाको कुनै प्रतिनिधित्व छैन भने त्यसलाई रिक्त राखिनुपथ्र्यो । यो अवस्थामा कतिपय समावेशी क्लष्टरमा एकदमै युवा र नयाँ अनुभवी पनि आउने र कुनै क्लष्टरमा अनुभवी पनि छुटने सम्भावना थियो ।

यही कुरालाई ध्यानमा राखेर स्थायी समिति बैठकले कूल सदस्य संख्या २९९ को १० प्रतिशत घटाएर प्रदेशहरुलाई सदस्य संख्याका आधारमा कोटा विभाजन गरेको थियो । अर्थात् सात वटा भौगौलिक प्रदेश, विशेष जिल्लालगायत प्रवास र समन्वय गरी सबै प्रदेशलाई उनीहरुको प्रदेशमा सदस्यता नवीकरण भएको संख्याका आधारमा निश्चित कोटा निर्धारण गरियो । यसरी २७० सीटमा यी प्रदेशहरुले आफूलाई दिएको कोटाका आधारमा ५० प्रतिशत समावेशी प्रतिनिधित्वसहित प्रचण्डलाई सूचि बुझाएका थिए । स्थायी समितिले २७० पछि बाँकी रहेको १० प्रतिशत हेडक्वार्टरले मनोनित गर्ने निर्णय गरेको थियो । यो किन थियो भने प्रदेशहरुले समावेशी प्रतिनिधित्व गराएर केन्द्रीय समितिको सूचि बुझाउँदा कतिपय अनुभवी, सिनियर र समेटनैपर्ने छुटने सम्भावना हुनसक्थ्यो । यही कुरालाई ध्यानमा राखेर दश प्रतिशत अर्थात् २९ प्रतिशत हेडक्वार्टरले मनोनित गर्ने सहमति भएको थियो ।

यतिमात्रै होइन, यति गर्दा समेत छुटेकाहरुलाई मनोनित गर्न कूल केन्द्रीय सदस्य संख्याको १५ प्रतिशत पछि मनोनित गर्ने वैधानिक व्यवस्था समेत माओवादीले गरेको थियो । यो भनेको यसरी २९९ जना केन्द्रीय समितिमा आइसकेपछि पनि छुटेका र ल्याउनैपर्ने ४४ जनालाई फेरी माअ‍ोवादीले मनोनित गर्ने प्रावधान हो । यति गरेपछि पार्टीमा सिनियर, जिम्मेवार, ल्याउनैपर्नेहरु केन्द्रीय समितिमा पर्ने सुनिश्चितता हुन्थ्यो ।

स्थायी समितिको यही निर्णका आधारमा माओवादीले प्रदेशलाई सातौं दिन साँझ ५ बजेसम्मका लागि समय दियो । तर सो समयसम्म केही प्रदेशले आफ्नो सूचि टुंग्याउन सकेनन् । त्यसपछि उनीहरुलाई भोलीपल्ट ११ बजेसम्मको समय दिएर दिइएको कोटा अनुरुप सबै सूचि बुझाउन भनियो । अधिकांश प्रदेशहरुले सूचि बुझाए । केही प्रदेशमा खुला कोटा अन्तर्गतको सीटमा केही बढी आकांक्षी देखा परे । प्रदेशले ती आकांक्षीको बारेमा निर्णय गर्न नसकेपछि सबै प्रदेशबाट २७० मध्ये २४६ जनाको नाम प्रचण्डले अर्कोदिन वाचन गरे । बाँकी सहमति हुन नसकेका नामहरुलाई प्रदेशसँगै फेरी छलफल गरेर टुंग्याइने समेत उनले बताए ।

तर बाहिर यसरी प्रचार गरियो मानौं कि सबै सूचि अध्यक्ष प्रचण्डले नै तयार गरेर वाचन गरेका हुन । प्रदेशहरुले सहमति गरेर कुनै सूचि दिन्छन भने त्यो भन्दा ठूलो लोकतान्त्रिक के हुन्छ ? सहमतिमा २४६ जनाको आएको छ । बाँकी २४ जनाको पनि प्रदेशले पठाएकी लिष्टबाट प्रदेशकै इन्चार्ज र त्यहाँको टीमसँग सल्लाह गरेर सहमति जुटछ । त्यसपछि यसमा छुटेका को को छन्, त्यो हेरेर २९ जना अध्यक्षले मनोनित गर्छन् । अनि यसरी २९९ जनाको कमिटी पूर्ण हुन्छ । अनि यसमा पनि छुटेका छन् भने ४४ जना फेरी विधान अनुसार केन्द्रीय समितिको बैठकले मनोनित गर्छ । यो भन्दा बढी समावेशी र लोकतान्त्रिक विधि संसारमा कहीँ हुन्छ ?

आलोचकहरुले प्रचण्डले वाचन गरेको मात्रै किन देख्छन् ? त्यो वाचनपछाडिको त्यतिविधि लोकतान्त्रिक र जनवादी प्रक्रिया किन हेर्दैनन् ? प्रदेश समितिले सर्वसम्मतिले गरेको निर्णयलाई प्रचण्डले प्रस्तुत गरेको किने हेर्दैनन ? अनि सबैभन्दा ठूलो कुरा नेपालको इतिहासमा पहिलोपटक कुनै पार्टीमा ५० प्रतिशत समानुपाति समावेशी भएको कुरा किन नजरअन्दाज गर्छन् ? के कुनै पार्टीमा ५० प्रतिशत समावेशी सहभागिता छ ? महिलाको कोटा भएन, दलितको कोटा भएन, युवा भएनन्, जनजाति, मुस्लिम, भौगौलिक भएनन् भनेर कुर्लिने महाशयहरुले माओवादीले महिला, दलित, युवा, जनजाति, पिछडिएको क्षेत्र, खसआर्य, मुस्लिम आदिको समावेशीता अपनाएको किन हेर्न चाहँदैनन् ।

संविधान कार्यान्वयन गर्ने सवालमा माओवादीले गरेको यो प्रयास ऐतिहासिक छ । अब केद्रीय समितिको पूर्णतापछि माओवादी एउटा पूर्ण समावेशी र सुन्दर अवस्थामा देखिनेछ । कतिपय कमीकमजोरी र सीमाका बावजूद पनि यो माओवादीले गरेको ऐतिहासिक अभ्यास हो । यसमा आलोचनाको कुनै अर्थ देखिन्न ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies