Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

ओलीको ‘सुरक्षा कवच’ कति सुरक्षित ?

गुण्डुमा पालोदेखि प्राइभेट गार्डसम्म: नेता शक्तिशाली कि डरले थिचिएको मानसिकता ?

खबरडबली संवाददाता

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्ला महिनादेखि अनौठो प्रकारको सुरक्षा व्यवस्थाले घेरिएका छन् । युवा कार्यकर्ताको गुण्डु पालो र प्राइभेट सेक्युरिटी कम्पनीका गार्डहरू।

यो व्यवस्थाले ओलीलाई सुरक्षा दिएको हो, कि उनी नै सुरक्षाको नाममा डर परेका छन् ?भन्ने प्रश्न उठेको छ । यसो प्रश्न गर्दा अर्को सवाल अझ चर्को रूपमा उब्जिन्छ । यदि भाडामा लगिएका मान्छेहरू नै उल्टिए भने के हुन्छ ? राजनीतिमा यस्तो जोखिम कत्तिको यथार्थ हो ?

‘सुरक्षा’ कि ‘डरको छायाँ’ ?

ओली देशको इतिहासमै सबैभन्दा बढी सुरक्षा घेरामा रहने शीर्ष नेतामध्ये परेका छन्  । तर अहिलेको दृश्य फरक छ । राज्यको सुरक्षा निकायभन्दा बढी पार्टीका कार्यकर्ता र प्राइभेट सेक्युरिटी कम्पनीका गार्डहरू ओली वरिपरि देखिन थालेका छन्।

सुरक्षा विशेषज्ञहरूका अनुसार यस्ता अनियमित सुरक्षा मोडेलले नेताको सुरक्षा होइन झन्  डर उजागर गर्छ, ।

एमालेभित्र पनि सुक्ष्म बहस चलिरहेको छ ओली आफैले सुरक्षा संयन्त्रमाथि विश्वसनीयता गुमाएका हुन् कि उनी मनोवैज्ञानिक दबाबमा परेका हुन् ?

गुण्डुमा ‘कार्यकर्ता पालो’: राजनीतिक संस्कार कि जोखिम ?

ओली जहाँ जान्छन् कार्यकर्ताहरू पहिल्यै पुगेर चर्को घेराबन्दी बनाइदिन्छन् । तर यसको सुरक्षित पक्षभन्दा असुरक्षित पक्ष ठूलो छ ।

गुण्डु पालोमा बस्ने कार्यकर्ता प्रशिक्षित हुँदैनन् । भावनात्मक आवेगले भरिएका हुन्छन् । आकस्मिक तनावमा नियन्त्रणको सम्भावना घट्छ । एउटा प्रश्न स्वतः उठ्छ, यदि भिडभाडमा कसैले एक गलत कदम चाल्यो भने र त्यो कदम कार्यकर्ताकै हातबाट आयो भने  के हाेला  ?  सुरक्षा विज्ञानका नजरमा यो ‘इनहाउस रिस्क’ सबैभन्दा संवेदनशील मानिन्छ ।

 प्राइभेट गार्डहरूको प्रयोग: ‘भाडामा किल्ला’ कति टिकाउ ?

प्राइभेट सेक्युरिटी कम्पनीका कर्मचारीहरू व्यावसायिक भए पनि । उनीहरूको प्रतिबद्धता व्यक्तिगत किर्तित्वमा होइन, पे–स्लिपमा आधारित हुन्छ ।  राजनीतिलाई बुझ्नेहरू भन्छन् “भाडामा किल्ला बनाउँदा किल्ला जति ठूलो भए पनि ढुंगाको होइन, पैसाको भरमा उभिन्छ।” यो नै सबैभन्दा ठूलो कमजोरी हो।

ओलीमाथि कुनै वास्तविक सुरक्षा चुनौती छ ?

पछिल्ला घटना हेर्ने हो भने जेनजी युवाहरूले विभिन्न ठाउँमा विरोध प्रदर्शन,  कार्यक्रम लक्षित नाराबाजी, राजनीतिक असन्तोषका तरंगहरू रहेका छन् । तर यी घटना प्रत्यक्ष शारीरिक आक्रमणका स्वरूपमा उत्रिएका छैनन्।

तैपनि ओली पक्षभित्र असन्तोष बढ्दै गएको वातावरणले खतरा निम्त्याउन सक्ने मानिन्छ । तर ओलीले सुरक्षा कडाइलाई राजनीतिक सन्देशका रूपमा प्रयोग गरिरहेका आलोचकहरूको तर्क  छ ।  एकथरीले एमालेले नेता खतरा अवस्थामा छ भन्ने मनोदृश्य बनाइ समर्थकलाई एकजुट गराउने र विरोधीलाई बदनाम गर्ने रणनीति बनाएकाे सम्म आराेप लगाउन थालेका छन् ।

ओलीको मनोविज्ञान : ‘डर’ नेतृत्वमा प्रभाव ?

नेता जति लोकप्रिय, उति कमजोर पनि हुन्छन् । नेताका किनकि आलोचकहरु पनि धेरै हुन्छन् ।  ओलीको नेतृत्व शैली, कमाण्ड प्रवृत्ति, र जेनजी आन्दोलनपछिका प्रतिक्रियाले उनी भित्रभित्रै दबाबमा रहेको संकेत दिएकाे छ ।

सुरक्षा घेरा पनि नेताको मानसिक अवस्थाको प्रतिबिम्ब हो । ओलीले अहिले आत्मविश्वास बढाउन सुरक्षा बढाएका र  त्यो सुरक्षा नै असुरक्षाको संकेत बन्छ भन्ने उनलाई पत्ताे नभएकाे राजनीतिक जानकारहरु बताउँछन्ले । 

उल्टै आक्रमणको जोखिम: सबैभन्दा संवेदनशील बिन्दु
प्रश्न यही हो यदि भाडाका गार्ड र भावनात्मक कार्यकर्ता नै तनावको क्षणमा उल्टिए भने के हुन्छ ?

अप्रत्याशित आक्रमण प्रायः आफ्नो पंक्तिबाटै आउने राजनीतिक मनोविज्ञानले बताउँछ । तर आकस्मिक क्षणमा जिम्मेवारी नभएकाहरूले जोखिम बनाउने र सुरक्षाको नाममा भेला गरिएका भीडले परिस्थिति झनै जटिल बनाउँने गरेकाे विश्लेषकहरु बताउँछन्  । के ओलीको टोलीले यस्तो विश्लेषण गरेको छ ? यदि गरेको छैन भने यो सुरक्षा मोडेल आफैंमा ‘टाइम बम’ जस्तै हो।

ओलीको सुरक्षा घेरा—सुरक्षा भन्दा बढी ‘राजनीतिक प्रतीक’

ओलीमाथि वास्तविक खतरा कति छ ? यो खुला प्रश्न हो । तर उनको अहिलेको सुरक्षा व्यवस्था अनियमित, प्रतिक्रियावादी, मनोवैज्ञानिक र राजनीतिक दुवै दबाबको उपज जस्तो देखिन्छ।

ओली जति शक्तिशाली देखिन खोजिरहेका छन्, उनको सुरक्षा मोडेलले त्यति नै तीव्र रूपमा देखाउँदैछ । उनी डराएको प्रणालीभित्र बसेका छन् ।  नेपालको राजनीतिक इतिहासमा धेरै नेता असुरक्षाको नाममा घेराबन्दीमा बसे । तर इतिहास भन्छ नेतालाई सुरक्षित बनाउने कुरा गार्डहरूको संख्या होइन, जनताको आस्था हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending