काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा चमेनागृह सञ्चालनका लागि गरिएको ठेक्का प्रक्रियाबारे छानबिन गर्न बनेको समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सोमबार मन्त्री आलेलाई प्रतिवेदन बुझाएका हुन् ।
नारायणहिटी दरबार संग्राहलयभित्र बतास समूहले निर्माण गरेको संरचना अवैध भएको ठहर छानबिन समितिको छ । छानबिन समितिले आधिकारिक निकायबाट बतास समूहको बी म्यानेजमेन्ट प्रालिले नक्सा पास र आधिकारिक स्वीकृति नलिइ निर्माण कार्य गरेको उल्लेख गरिएको छ ।
क्याफेटेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन नभएको पनि छानबिन समितिको निष्कर्ष छ । समितिको प्रतिवेदनमा भनिएको छ, 'क्यान्टिनरक्याफेटेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थान स्पष्ट सीमाङ्कन नगरी क्यान्टिन र क्याफेटेरिया सञ्चालन गर्न दिएको देखिँदा बढी क्षेत्र ओगटी थप निर्माण कार्य गर्न प्रोत्साहन भएको देखिन्छ ।'
नारायणहिटी दरबार संग्रहालय प्रवेश गर्ने दक्षिणपट्टिको प्रवेशद्वार नजिक समितिको स्वामित्वमा रहेको जग्गामा समितिसँग पूर्व स्वीकृति र समन्वय नगरी नयाँ संरचनाहरु निर्माण भइरहँदा विकास समितिका कार्यकारी निर्देशकबाट विकास समितिको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण र संबर्द्धनका लागि अनुगमन, निरीक्षण तथा रेखदेख गर्ने जिम्मेवारी पूरा गरेको नदेखिएको पनि समितिको निष्कर्ष छ । त्यस्तै सम्झौताविपरीत बी। म्यानेजमेन्ट प्रा। लि। ले नयाँ संचरना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशकबाट कुनै पनि कानुनी कारबाही गरेको नपाइएको पनि समितिको ठहर छ । समितिको प्रतिवेदनमा भनिएको छ, 'निर्माण कार्यलाई तत्काल रोक्न र निर्माण नै हुन नदिनेतर्फ पनि कुनै पहल भएको देखिएन ।' त्यस्तै समितिको निर्णय एवं प्रदत्त अधिकारभन्दा बढी विषय समावेश गरी कार्यकारी निर्देशकबाट बी म्यानेजमेन्ट प्रा। लि। सँग सम्झौता गरेको देखिएको पनि समितिको प्रतिवेदनमा उल्लेख छ ।
क्यान्टिन र क्याफ्टेरिया भाडामा लगाउन निर्धारित दररेट कायम गर्दा तत्कालीन चलन चल्तीको बजार मूल्यलाई समेत आधार मानेको नदेखिँदा कायम भएको दररेटलाई स्वभाविक मान्न नसकिएको प्रतिवेदनमा उल्लेख छ । ुसार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ को उपदफा ६ मा व्यवस्था भएबमोजिम एउटै परिवारभित्रका सेयर सदस्यहरु रहेका तीन वटा फर्मका बोलपत्रदाताहरु आपसमा मिलोमतो गरी न्यूनतम मूल्यांकन रकम रु २।२०,४४० र २६ भन्दा रु १.१७७/७४ पैसा मात्र बढी कबोल गरी ठेक्का सम्झौता गरेको देखिँदा ठेक्का सम्झौता कार्यमा एक आपसमा मिलोमतो भएको हुन सक्ने देखिन्छ,. प्रतिवेदनमा उल्लेख छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - १७:५७
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता ‘रोड टु यूएफसी सिजन ५’ को सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहीबार मकाउस्थित ग्य...
जेष्ठ १४ गते, २०८३ - १७:३१
तेहरान। इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली शेयर बजारमा गिरावट आए...
जेष्ठ १४ गते, २०८३ - १७:०६
काठमाडौँ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय श...
जेष्ठ १४ गते, २०८३ - १६:५७
काठमाडौं । सहकारी संस्थाहरूमा देखिएको अनियमितता र बेथितिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, शाखा तथा सेवा केन्द्र...
जेष्ठ १४ गते, २०८३ - १६:४०
काठमाडौँ। कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो...
जेष्ठ १४ गते, २०८३ - १६:३४
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ। ...
जेष्ठ १४ गते, २०८३ - १६:०५
काठमाडौं । सरकारले सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह (क्यान्टिनरखाजा घर) हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। प्रधानम...
जेष्ठ १४ गते, २०८३ - १५:४५
काठमाडौँ। मलेसियामा जारी एसियन गेम्स छनोटमा लागातार दोस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको छ । महिला क्रिकेटको दोस्रो...
जेष्ठ १४ गते, २०८३ - १५:३२
काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । सोमबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले सरकार बहु...
जेष्ठ १४ गते, २०८३ - १५:१६
नयाँदिल्ली। भारतको पूर्वी राज्य विहारमा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बिहीबार भएको घटनाको पुष्...



प्रतिकृया लेख्नुहोस्: