Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

सहकारी अनियमिततामा संलग्नमाथी छानबिन गरि कारवाही गर्न आयोगको सिफारिस

खबरडबली संवाददाता

काठमाडौं । सहकारी संस्थाहरूमा देखिएको अनियमितता र बेथितिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, शाखा तथा सेवा केन्द्र स्वीकृति, र सहकारीहरूको एकीकरण प्रक्रियामा संलग्न सबै नियामक निकायका पदाधिकारी तथा सहकारी सञ्चालकहरूमाथि विस्तृत अनुसन्धान गरी कारबाही सिफारिस गर्नुपर्ने निष्कर्ष निकालेको छ।

मन्त्रिपरिषद्को २ माघ २०८२ को निर्णयअनुसार गठन गरिएको आयोगले तयार पारेको प्रतिवेदनमा सहकारी संस्थाहरूको दर्ता तथा सञ्चालन अनुमति, शाखा विस्तार, सेवा केन्द्र थप, र एकीकरण जस्ता प्रक्रियामा संलग्न भएका पदाधिकारीहरूको विवरण उल्लेख गरिएको छ।

आयोगका अनुसार, उपलब्ध समय, साधन र स्रोत सीमित भएकाले सबै पदाधिकारी र घटनाबारे पूर्ण रूपमा विस्तृत अध्ययन गर्न नसकिएको भए पनि प्रारम्भिक अध्ययनका आधारमा संलग्न व्यक्तिहरूको सूची तयार पारिएको छ।

प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएको अनियमितता गम्भीर भएको उल्लेख गर्दै भविष्यमा यस्ता गतिविधि रोक्न प्रणालीगत सुधार आवश्यक रहेको पनि सुझाव दिइएको छ।

उल्लेखित केही सहकारी संस्थाहरू:

  •  शिवशिखर बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड, भक्तपुर - शा‌‌.अ सन्देश प्र. जोशी, रजिष्ट्रार टोकराज पाण्डे
  • आईएमई को- अपरेटिभ सर्भिस लिमिटेड, काठमाडौं - शाखा अधिकृत रघुवंश कँडेल र सन्देश प्रसाद जोशी
  • अैंचो पैंचो-बचत तथा ऋण सहकारी संस्था लिमिटेड - मेनुका घिमिरे, उप रजिष्ट्रार सुरेन्द्रराज पौडेल, शाखा अधिकृत सन्देश प्रसाद जोशी, रजिष्ट्रार लीला प्रसाद शर्मा
  • एसएनएस को-अपरेटिभ लिमिटेड, काठमाडौं -  शाखा अधिकृत सन्देश प्रसाद जोशी, उप रजिष्ट्रार शशि कुमार लम्साल, रजिष्ट्रार टोकराज पाण्डे
  • किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड- शाखा अधिकृत सन्देश प्रसाद जोशी, उप रजिष्ट्रार सुरेन्द्रराज पौडेल, रजिष्ट्रार लीला प्रसाद शर्मा
  • किसान बहुउद्धेश्यीय सहकारी संस्था - खेमराज बिष्ट (प्राचार्य), गोकुल प्रसाद बोहोरा- रजिष्ट्रार, धनगढी प्रदेश रजिष्ट्रारको कार्यालय
  • गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्था - मेनुका घिमिरे- कानुन अधिकृत, शाखा अधिकृत सन्देश प्रसाद जोशी, सुरेन्द्र प्रसाद पौडेल, लीला प्रसाद शर्मा 
  • जेबिल्स सहकारी लिमिटेड- सन्देश जोशी- शाखा अधिकृत, सुरेन्द्रराज पौडेल-उपरजिष्ट्रार, डा. टोकराज पाण्डे-रजिष्ट्रार
  • तुलसी बहुमुखी सहकारी संस्था, मोरङ-  सन्देश जोशी- शाखा अधिकृत, सुरेन्द्रराज पौडेल-उपरजिष्ट्रार, डा. टोकराज पाण्डे-रजिष्ट्रार
  • द सहारा लोन सेबिंग्स को आँपरेटिभ सोसाइटी लिमिटेड, सर्लाही- सन्देश प्रसाद जोशी- शाखा अधिकृत, सुरेन्द्रराज पौडेल-उपरजिष्ट्रार, डा. टोकराज पाण्डे-रजिष्ट्रार
  • नवजीवन सहकारी संस्था लिमिटेड,धनगढी- सन्देश जोशी- शाखा अधिकृत, शशिकुमार लम्साल -रजिष्ट्रार, डा. टोकराज पाण्डे-रजिष्ट्रार
  • नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नवलपरासी- सन्देश जोशी- शाखा अधिकृत, सुरेन्द्रराज पौडेल-उपरजिष्ट्रार, डा. टोकराज पाण्डे-रजिष्ट्रार
  • नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड- मेनुका घिमिरे- कानुन अधिकृत,खिमानन्द आचार्य-उप रजिष्ट्रार,  रुद्र प्रसाद पण्डित- रजिष्ट्रार
  • नेपाल सहकारी वित्तीय संस्था लिमिटेड- सन्देश प्रसाद जोशी- शाखा अधिकृत, सुरेन्द्रराज पौडेल-उपरजिष्ट्रार, डा. टोकराज पाण्डे-रजिष्ट्रार
  • नेपाल सहकारी संस्था लिमिटेड - नभेटिएको ।
  • प्रभु को-अपरेटिभ सर्भिस बचत तथा ऋण सहकारी संस्था- फाइल नभेटिएको 
  • मर्स्याङ्दी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड- सन्देश जोशी- शाखा अधिकृत, मेनुका घिमिरे - कानुन अधिकृत, सुरेन्द्रराज पौडेल-उपरजिष्ट्रार, लिला प्रसाद शर्मा-रजिष्ट्रार
  • श्री सेबिग्स एन्ड क्रेडिट को-अपरेटिभ सोसाईटी 
  • विकु बचत तथा ऋण सहकारी संस्था- १. शरद, गौरी, स्वागत र पूजा सहकारीसँग एकीकरणबाट सेवा केन्द्र थप गरेका पदाधिकारीमा शाखा अधिकृत सन्देश प्रसाद जोशी, उपरजिस्ट्रार सुरेन्द्र प्रसाद पौडेल र रजिष्ट्रार लिला प्रसाद शर्मा । २. शाखा अधिकृत सन्देश प्रसाद जोशी, उपरिष्ट्रार शशि कुमार लम्साल, रजिष्ट्रार टोकराज पाण्डेले एक वटा सेवा केन्द्र  । ३. ५ वटा सेवा केन्द्र थप सन्देश जोशी- शाखा अधिकृत, सुरेन्द्रराज पौडेल-उपरजिष्ट्रार, लिला प्रसाद शर्मा-रजिष्ट्रार
  • कृषि विकास बहुउद्देश्यीय सहकारि संस्था
  • लाली गुराँसबहुउद्देश्यीय सहकारि संस्था- सन्देश जोशी- शाखा अधिकृत, सुरेन्द्रराज पौडेल-उपरजिष्ट्रार, टोक राज पाण्डे-रजिष्ट्रार
  • समृद्ध नेपाल कृषि सहकारी संस्था 
  • सहारा मल्टिपर्पास को आँपरेटिभ सोसाइटी - सन्देश जोशी- शाखा अधिकृत, खिमानन्द आचार्य-उपरजिष्ट्रार,  झलकराम अधिकारी-रजिष्ट्रार
  • सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था- सन्देश जोशी- शाखा अधिकृत, शशि कुमार लम्साल-उपरजिष्ट्रार, टोकराज पाण्ड-रजिष्ट्रार
  • सिल्लादेवी कृषि सहकारी संस्था - सन्देश जोशी- शाखा अधिकृत, सुरेन्द्रराज पौडेल-उपरजिष्ट्रार, लिला प्रसाद शर्मा-रजिष्ट्रार
  • पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेड
  • नेपाल बचत तथा ऋण सहकारी संघ
  • लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था-  ९/१२/२०७६ को  विभागीय स्वीकृति अनुसार
  • आईडियल यमूना हाम्रो बहुउद्देश्यी सहकारी संस्था - ९/२/२०८० को विभागीय स्वीकृति अनुसार, ९/२/२०८० मा संस्था एकीकरण हुँदा स्वीकृत विनियम, २०८० अनुसार
  • नवजागरण बचत तथा ऋण सहकारी संस्था
  • मर्स्याङदी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड-
  • नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था
  • सुमेरू बचत तथा ऋण सहकारी संस्था
  • ओरेण्टल को अपरेटिभ लिमिटेड
  • गोरखा सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लि - रघुवंश कँडेल
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएफसी छनोटमा इतिहास रच्दै रविन्द्र ढाँट सेमिफाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता ‘रोड टु यूएफसी सिजन ५’ को सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहीबार मकाउस्थित ग्य...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य, एसियाली शेयर बजारमा गिरावट

तेहरान। इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली शेयर बजारमा गिरावट आए...

राष्ट्रसङ्घमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

काठमाडौँ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय श...

सहकारी अनियमिततामा संलग्नमाथी छानबिन गरि कारवाही गर्न आयोगको सिफारिस

काठमाडौं । सहकारी संस्थाहरूमा देखिएको अनियमितता र बेथितिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, शाखा तथा सेवा केन्द्र...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ। कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो...

आगामी बजेटमा स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकता दिनुपर्ने कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ। ...

सिंहदरबार परिसरका अव्यवस्थित अस्थायी चमेना गृह जेठ २७ भित्र बन्द गर्न निर्देशन

काठमाडौं । सरकारले सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह (क्यान्टिनरखाजा घर) हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। प्रधानम...

एसियन गेम्स छनोट : इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ। मलेसियामा जारी एसियन गेम्स छनोटमा लागातार दोस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको छ ।  महिला क्रिकेटको दोस्रो...

सरकारको कार्यशैली देखेर जनतामा निराशा बढेको छ: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । सोमबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले सरकार बहु...

भारतको बिहारमा डुङ्गा दुर्घटना - तीन जनाको मृत्यु, पाँच बेपत्ता

नयाँदिल्ली। भारतको पूर्वी राज्य विहारमा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बिहीबार भएको घटनाको पुष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending