Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

पहिलो पटक सुंगुरको मुटु मानिसमा प्रत्यारोपण (भिडियोसहित)

खबरडबली संवाददाता

काठमाडौं । एक अमेरिकी व्यक्तिलाई सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ। उनी सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् ।

बाल्टिमोरमा सात घण्टा लामो प्रयोगात्मक प्रक्रियापछि ५७ वर्षीय डेभिड बेनेट तीन दिनपछि निको भएको चिकित्सकहरूले बताएका छन् ।

यो प्रत्यारोपण बेनेटको जीवन बचाउने अन्तिम आशा थियो। यद्यपी उनीहरुको बाँच्ने सम्भावना कति समयसम्म रहन्छ भन्ने स्पष्ट भइसकेको छैन ।

बेनेटले शल्यक्रियाको अघिल्लो दिन भनेका थिए, ‘यो प्रत्यारोपण बाँच्न वा मर्नु जस्तै हो’ उनले भने, ‘मलाई थाहा छ यो अँध्यारोमा तीर हानेजस्तै हो, तर यो मेरो अन्तिम मौका हो।’

यदि बेनेटले यो शल्यक्रिया नगरेको भए उनको मृत्यु हुने थियो, यसै आधारमा युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरका डाक्टरहरूलाई अमेरिकी स्वास्थ्य नियामकले यस प्रक्रियामा विशेष छुट दिएको थियो।

यो प्रत्यारोपण गर्ने चिकित्सा टोलीले धेरै वर्षको अनुसन्धानको आधारमा गरेको हो, जसले विश्वका धेरै व्यक्तिको जीवन परिवर्तन गर्न सक्छ।

युनिभर्सिटी अफ मेरिल्याण्ड स्कूल अफ मेडिसिनले शल्यचिकित्सक बार्टले पी. ग्रिफिथलाई उद्धृत गर्दै एक विज्ञप्तिमा शल्यक्रियाले विश्वलाई ‘अंगको अभावको संकट समाधान गर्न एक कदम नजिक ल्याएको’ बताएको छ।

अमेरिकामा प्रत्यारोपणको पर्खाइमा रहेका हरेक दिन १७ जनाको मृत्यु हुने गरेको छ भने १ लाखभन्दा बढी व्यक्ति प्रत्यारोपणको प्रतीक्षा सूचीमा छन् ।

यो खाडल भर्नका लागि जनावरका अंगहरू प्रयोग गर्ने सम्भावना लामो समयदेखि खोजी भइरहेको छ। सुँगुरको मुटुको भल्भको प्रयोग अहिले सामान्य भएको छ।

अक्टोबर २०२१ मा, न्यूयोर्कका शल्यचिकित्सकहरूले घोषणा गरे कि उनीहरूले सफलतापूर्वक एक व्यक्तिमा सुँगुरको मृगौला प्रत्यारोपण गरेका थिए। त्यो समयमा यो अपरेशन यस क्षेत्रमा सबैभन्दा उन्नत प्रयोग थियो।

तर, त्यतिबेला जसमा प्रत्यारोपण गरिएको थियो, उनको ब्रेन डेड भइसकेको र निको हुने आशा थिएन ।

हेर्नुहाेस् भिडियाे:

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending