Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

तत्काल विद्यालय बन्द नगर्ने निर्णय

खबरडबली संवाददाता

म्याग्दी । तत्काल विद्यालय बन्द नगर्ने निर्णय,कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन् । कोरोनाको सङ्क्रमणदर बढ्न थालेपछि सीसीएमसीसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । आज सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका साथ लागू गर्ने तर तत्काल जिल्लामा शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको हो । 

मन्त्रालयले वार्षिक बिदामा समायोजन हुने गरी शैक्षिक संस्था बन्द गर्न भने पनि जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधि र जिल्लास्थित सरोकारवालाको सल्लाहबमोजिम जिल्लामा कोभिडको सङ्क्रमण भयावह र डरलाग्दो अवस्थामा नपुगेकाले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी रानाले बताउनुभयो । सीसीएमसीका संयोजकसमेत रहनुभएका प्रजिअ रानाले स्मार्ट लकडाउनलाई कार्यान्वयन गर्ने र सोही कार्यविधिबमोजिम कोरोना सङ्क्रमणको अवस्था हेरेर बन्द तथा लकडाउनको निर्णय गरिने जानकारी दिनुभयो । 

बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने, खोप अभियानलाई व्यापक बनाउने, स्वास्थ्य पूर्वाधार र सामग्रीसँगै जनशक्तिलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । जिल्लाव्यापी रूपमा कोरोना सङ्क्रमणबाट बच्च र बचाउन तपाईंको मास्क खोइ रु अभियान चलाउने, सञ्चार माध्ययममार्फत प्रचारप्रसार गर्ने, सामाजिक र भौतिक दूरी कायम गर्न लगाउने, २५ जनाभन्दा बढी मानिस जम्मा भएर कुनै पनि सार्वजनिक कार्यक्रम, मेला, महोत्सव तथा भेला नगर्ने र गर्न रोक लगाउने निर्णय गरिएको छ । 

स्मार्ट लकडाउन, २०७८ मा भएको सूचकअनुसार जोखिम मूल्याङ्कन र लकडाउनको तह विश्लेषण गरी स्थानीय तहले कार्यान्वयन गर्ने र सीसीएमसीलाई नियमितरूपमा जानकारी गराउने निर्णय भएको छ । म्याग्दीमा आजसम्म ११ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy