Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

ओमिक्रोनको सामना गर्न यस्ताे छ इजरायली रणनीति

एजेन्सी

काठमाडौं । विशेष गरी इजरायलले कोभिड–१९ विरूद्धको खोपको तीव्र अभियान सञ्चालन गर्न सक्नु र तेस्रो मात्रा लगाउनु पर्ने वा नपर्नेबारे बृहत् अनुसन्धान हुनुभन्दा पहिले ‘बुस्टर डोज’ वा तेस्रो खोप प्रस्ताव गर्ने प्रारम्भिक निर्णयका लागि कोरोनाभाइरस महामारीप्रति इजरायलको प्रतिक्रिया विश्वभर नजिकबाट नियालिएको छ ।

अहिले इजरायलमा पनि कोभिडको उत्परिवर्तित रूप ‘ओमिक्रोन’ सङ्क्रमण हुनेको सङ्ख्या अत्यधिक छ । मंगलबार ३७ हजारभन्दा बढी  थप व्यक्ति कोभिडबाट सङ्क्रमित भएका रिपोर्ट सरकारले गरेको छ । यसले इजरायलले यस पहिले कोभिड नियन्त्रणका लागि गरेका प्रयासलाई ओझेलमा पार्ने त होइन रु चिन्ताको बिषय बनेको छ । 

तर सरकारले अहिलेसम्म हप्तौंपछि पनि संक्रमण बढ्दै गएको लेपनलाई रोक्न सक्नेछ भन्दै पुनः लकडाउन वा अन्य कडा प्रतिबन्धका उपाय अवलम्बन नगर्ने बताउँदै आएको छ ।

नोभेम्बर महिनामा पहिलो पटक दक्षिण अफ्रिकामा ओमिक्रोनको विविधता पत्ता लागेको केही समयपछि इजरायलले अन्तरराष्ट्रिय यात्रामा निकै रोक लगाएको थियो । तेल अभिभ नजिकैको बार इलान विश्वविद्यालयको जीव विज्ञानका प्राध्यापक सिरिल कोहेनले यसलाई ‘एउटा राम्रो कदम’ बताएका थिए। यात्रा प्रतिबन्धको प्रभाबले इजरायलमा सङ्क्रमण तत्काल फैलिन सकेन र देशलाई कोभिड उपचार सामग्री जुटाउने र महामारीविरूद्ध सशक्त रूपमा अभियान सञ्चालन गर्ने मौका मिलेको छ । 

उनले भने, ‘तर अहिले इजरायलले परीक्षण क्षमतालाई पर्याप्त मात्रामा बढाउन यस पटक पहिले जस्तो अभ्यास गरेन किनकि परीक्षणबारे विश्वभरि निराशा उत्पन्न भएको छ ।’

घरेलु सङ्क्रमण दर बढ्दै गएको र प्रधानमन्त्री नाफ्टाली बेनेटले आउने हप्ताहरूमा दुई देखि ४० लाख सङ्क्रमणको पूर्वानुमान गर्दा यात्रा प्रतिबन्धले अर्थतन्त्रलाई हानि पु¥याउनेबाहेक अरू केही गर्ने छैन भन्ने निष्कर्षमा इजरायल पुगेको छ । 

यसले हवाई यात्राका लागि आफ्नो आकाश पुनः खोलेको छ र बार, रेस्टुराँ, व्यायामशाला, प्रार्थनागृह (चर्च) र अन्य सुविधाहरू खुला राख्न अनुमति दिएको छ । 

कोहेनले एएफपीसँग भने, ‘इजरायलले प्रभावकारी ढंगमा ‘यस सङ्कटको केही व्यवस्थापन सरकारी अधिकारीहरूबाट जनतामा हस्तान्तरण गरेको’ छ । यसले यहाँका बासिन्दालाई आत्म–परीक्षण र दूरी कायम गर्ने प्रमुख जिम्मेवारी दिएको छ अर्थात् सङ्क्रमणबाट जोगिन नागरिकको स्तरबाट लिनुपर्ने सावधानीमाथि जोड दिएको छ ।’

नयाँ सङ्कटको समाधानबारे इजरायली एसोसिएशन अफ पब्लिक हेल्थ फिजिसियन्सका प्रमुख हागाइ लेभिनले एएफपीसँग भन्नुभयो, ‘सामान्य जीवनलाई निरन्तरता दिने’ इजरायलको निर्णयले मानवीय स्वास्थ्यमा पक्कै पनि धेरै समस्या भने निम्त्याउने छ । लेभिनले पुनः लकडाउन नगर्ने निर्णयको समर्थन गर्नुभयो तर निकटमा हुने दैनिक नीतिगत समायोजनको घोषणाले सरकारले समस्याको सामना गर्नुपर्ने हुनसक्ने बताए। 

लेभिनको लागि ‘वर्तमान रणनीतिको मुख्य जोखिम राजनैतिक’ हो । उनले भने, ‘नीति परिवर्तन गर्दा लगातार भ्रम पैदा हुन्छ र सरकार नियन्त्रणमा छैन भन्ने भावना पैदा हुन्छ । यो सत्य हो कि कोभिड झट्ट नियन्त्रणमा हुन सम्भव छैन ।’

इजरायलका महामारी प्रतिक्रिया प्रमुख सलमान जारकाले पनि सोमबार चेतावनी दिँदै भन्नुभयो, सङ्क्रमण फैलिँदै जाँदा विशेष गरी स्वास्थ्य सेवा प्रणाली र अनिवार्य ‘आइसोलेसन’को नीतिले श्रम शक्तिलाई अझ बढी तनाव दिनेछ ।

‘स्वास्थ्य प्रणाली र आवश्यक अर्थतन्त्रमा धेरै कामदारहरू संक्रमित हुनेछन् भन्ने हामी अनुमान गर्छौं,’ उनले सञ्चारकर्मीसँग भने, ‘सङ्क्रमण परीक्षण गर्ने तर असिमित रूपमा परीक्षण गरिरहेका चयन गरिएका व्यक्तिहरूका लागि एकान्तमा बस्ने अवधि छोट्याउन सक्ने सम्भावना जाँच गरिंदै थियो ।’ 

इजरायलका ८० प्रतिशत भन्दा बढी वयस्क बासिन्दाहरूले दुईवटा कोरोनभाइरसविरूद्धको मात्रा प्राप्त गरेका छन् र आधाभन्दा बढीलाई ‘बूस्टर डोज’ प्राप्त भएको छ । 

बेनेटले गत महिना इजरायलले ओमिक्रोनविरुद्ध चौथो मात्रा दिनसक्ने लक्ष्य राखेको कुरा बताउनुभएको थियो । कुनै–कुनै जोखिमपूर्ण समूहहरूले यसको असरबारे वैज्ञानिक प्रमाणहरू कम भएपनि अहिले चौथो मात्रा लिन थालिसकेका छन् । 

लेभिनले भने, ‘इजरायल वैज्ञानिक प्रमाण बिना तर तर्कमा आधारित कार्यहरू गर्न खुला छ । जसरी पहिलो र तेस्रो मात्रा जसलाई तुरुन्तै लगाइयो र पछाडि फर्केर हेर्दा यसको प्रतिफल राम्रो पाइयो । त्यसैले यो कहिलेकाहीं आवश्यक पर्छ ।’

इजरायलको शेबा मेडिकल सेन्टरको प्रारम्भिक तथ्याङ्कले चौथो मात्रा दिइएका व्यक्तिहरूमा उल्लेखनीय एन्टिबडी बढाउने संकेत गरेको छ । यद्यपि कोहेनले अर्को ‘बूस्टर डोज’ लगाउनेबारे कुनै निष्कर्षमा पुग्न धेरै हतार गर्न नहुनेमा जोड दिए। 

उनले भने, ‘जोखिममा रहेका मानिसहरूका लागि यसलाई अनुमति दिने निर्णय मैले बुझ्न सक्छु । तीन वटा मात्राको तुलनामा यसले फरक पार्छ कि पार्देन हामीलाई थाहा भइसकेको छैन ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending