Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

रिजाल फुड्सको उत्पादन अमेरिकासम्म निर्यात

रासस

चितवन । विसं २०४४ मा फलामे कराईमा भुटेर साइकलमा बिक्री गर्ने दालमोठ उद्योगमा अहिले अत्याधुनिक मेसिनबाट उत्पादन गरेर अमेरिकासम्म पुग्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । रत्ननगर नगरपालिका–३ स्थित रिजाल फुड्स एण्ड वेभरेजेज प्रालिले उत्पादन गरेको दालमोठलगायत उत्पादन अहिले विश्वबजारसम्म पुग्ने गरेको छ । 

तत्कालीन समयमा पूर्वी नेपालमा अनुभव सँगालेर यहाँ आउनुभएका राजेन्द्रप्रसाद रिजालको परिवारले सुरु गरेको यो उद्योगले अहिले ८२ प्रकारका तयारी खानेकुरा उत्पादन गर्दै आएको छ । विगतको स्मरण गर्दै रिजालले भने, ‘कराईमा भुटेर प्याक गरेर, साइकल, रिक्सामा गाउँगाउँ पु¥याएर बिक्री गथ्र्यौँ ।’ बजारका केही व्यापारीको मागअनुसार दालमोठ बनाएर दिने गरेको उनको अनुभव छ । 

धनकुटाबाट मोरङको सलकपुरमा बसाइँ सरेको रिजाल परिवारका जेठा छोरा राजेन्द्रले उर्लाबारीस्थित काकाको दालमोठ उद्योगमा पढ्दै चार वर्ष कामको अनुभव लिए। त्यहाँको उत्पादन आउने चितवनको बजारमा आफैले उद्योग खोल्ने रहर उनमा जाग्यो । बुवा अन्जनीप्रसादले सरसापट गरेर दिएको रु ६ हजारले उनले ज्वाइँसँग मिलेर रत्ननगरमा शान्ता कमल दालमोठ उद्योग सञ्चालन गर्न थाले। बैंकको सहयोगमा उद्योगलाई थप विस्तार गर्दै अगाडि बढाए। 

ब्राण्डलाई महत्व नदिई बिक्रीलाई मात्रै हेर्दै आउनुभएका रिजालले भाइ पुरुषोत्तम र अच्युतको परिवारसहित रिजाल ब्राण्डमा उत्पादन थाले। ज्वाइँको घर रहेको रत्ननगरको लौरीघोलबाट सुरु भएको यो उद्योग विभिन्न ठाउँमा सर्दै अहिले रत्ननगरकै बेल्सीमा आफ्नै जमिनमा बनेको भवनमा सञ्चालन हुँदै आएको छ ।

एकै परिवारका तीन दाजुभाइका श्रीमती, छोरा, छोरी र बुहारी यसै उद्योगमा आफ्नो सीप र क्षमताअनुसार काम गर्दै आउनुभएको छ । सबैको अभिभावकत्व बुवा अन्जनीले गर्दै आएका छन्। माइला भाइ पुरुषोत्तमले भने, ‘हामीले अहिले पारिवारिक कर्पोरेट व्यवसाय गरिरहेका छौँ ।’ परिवारभित्रै मिलेर काम गर्न सकिन्छ भन्ने उदाहरण दिएको उनी बताउँछन्। 

सुरुका दैनिक २५ किलो दालमोठ उत्पादन गर्ने यो उद्योगमा अहिले आधुुनिक उपकरणबाट दैनिक आठ टनभन्दा बढी उत्पादन गर्दै आएको छ । उद्योगमा ८२ प्रकारका दालमोठजन्य उत्पादन गरिन्छ । दालमोठमात्रै २० प्रकारका छन् भने तीनथरि आलुचिप्स, चारथरि भुजिया र १० थरि फुरनदाना उत्पादन हुन्छन् । यस्तै मुमको दाल, नट क्र्याकर, बदाम, कन्फ्लेक्स, भटमास, मटर फ्राइजस्ता तयारी उत्पादन यस उद्योगले गर्दै आएको छ ।

पुरुषोत्तमका अनुसार ७४ जिल्लास्थित डिलरमार्फत देशभित्र मात्रै होइन विदेशका हङ्कङ, अमेरिका, अष्ट्रेलिया र जापानमा पनि सामग्री पुग्ने गरेको छ । खाडी मुलुकमा यो उत्पादन पु¥याउने तयारीमा रिजाल परिवार जुटेको छ । अहिले बैंकसहित रु १० करोडभन्दा बढी लगानी रहेको उद्योगमा २०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । भारतमा बनेको खियारहित आधुनिक मेसिन उद्योगमा जडान छ । दाउरामा पकाउने गरिन्छ ।

पुरुषोत्तमले भने, ‘डिजल, कोइलालगायतका इन्धनलाई हामीले निरुत्साहित गरेका छौँ, वातावरणमैत्री बनाउन हाम्रो जोड छ ।’ कसैले गाउँघरमै गुइँठा बनाएर दिए त्यसको प्रयोग गर्ने उनको भनाइ छ ।

विदेशी प्रविधि भित्र्याएर स्वदेशी उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण रिजाल परिवारले दिएको छ । उद्योगमा कच्चा पदार्थदेखि उत्पादित वस्तुको गुणस्तर परीक्षण गर्ने प्रयोगशालाको व्यवस्था गरिएको छ । उनले भने, ‘नेपाल सरकारको प्रचलित नियम कानुनलाई पूर्णरूपमा पालना गर्दै हामीले गुणस्तरीय उत्पादन गरेका छौँ ।’ 

आफ्नो उत्पादन विदेशी कम्पनीको भन्दा राम्रो गुणस्तरको रहेको उहाँको दाबी छ । उनले गुनासो गरे, ‘नेपाली उत्पादनलाई नेपालीले नै विश्वास गर्दैनन्, तर हामीले विदेशीभन्दा राम्रो गुणस्तरको उत्पादन गरिरहेका छौँ ।’

गत वर्ष रु २६ करोडको बिक्री गरेको उद्योगले यस वर्ष रु ४० करोड पु¥याउने लक्ष्य छ । गत वर्षमात्रै नमकिनजन्य उत्पादन रु चार अर्ब ५० करोडको आयात भएको भन्दै उनले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘खुलाबजार र चोरी पैठारी रोकेर स्वदेशी उद्योगलाई संरक्षण गर्न सकेमा आत्मनिर्भर हुन सकिन्छ ।’

चिउरा, भटमासबाहेक अधिकांश कच्चा पदार्थ विदेशमा निर्भर हुनुपर्ने भन्दै उनले भने, ‘नेपालमै उत्पादन गर्न कृषकलाई प्रोत्साहन गर्नुपर्छ ।’ कच्चा पदार्थ ल्याउनुपर्दा आयात शुल्कमा छुट दिनुपर्ने उहाँको भनाइ छ । तयारी सामान आयात निरुत्साहित गर्दै यहाँको उत्पादनलाई सरकारले प्रश्रय दिनुपर्ने उनको माग छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending