Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

रिजाल फुड्सको उत्पादन अमेरिकासम्म निर्यात

रासस

चितवन । विसं २०४४ मा फलामे कराईमा भुटेर साइकलमा बिक्री गर्ने दालमोठ उद्योगमा अहिले अत्याधुनिक मेसिनबाट उत्पादन गरेर अमेरिकासम्म पुग्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । रत्ननगर नगरपालिका–३ स्थित रिजाल फुड्स एण्ड वेभरेजेज प्रालिले उत्पादन गरेको दालमोठलगायत उत्पादन अहिले विश्वबजारसम्म पुग्ने गरेको छ । 

तत्कालीन समयमा पूर्वी नेपालमा अनुभव सँगालेर यहाँ आउनुभएका राजेन्द्रप्रसाद रिजालको परिवारले सुरु गरेको यो उद्योगले अहिले ८२ प्रकारका तयारी खानेकुरा उत्पादन गर्दै आएको छ । विगतको स्मरण गर्दै रिजालले भने, ‘कराईमा भुटेर प्याक गरेर, साइकल, रिक्सामा गाउँगाउँ पु¥याएर बिक्री गथ्र्यौँ ।’ बजारका केही व्यापारीको मागअनुसार दालमोठ बनाएर दिने गरेको उनको अनुभव छ । 

धनकुटाबाट मोरङको सलकपुरमा बसाइँ सरेको रिजाल परिवारका जेठा छोरा राजेन्द्रले उर्लाबारीस्थित काकाको दालमोठ उद्योगमा पढ्दै चार वर्ष कामको अनुभव लिए। त्यहाँको उत्पादन आउने चितवनको बजारमा आफैले उद्योग खोल्ने रहर उनमा जाग्यो । बुवा अन्जनीप्रसादले सरसापट गरेर दिएको रु ६ हजारले उनले ज्वाइँसँग मिलेर रत्ननगरमा शान्ता कमल दालमोठ उद्योग सञ्चालन गर्न थाले। बैंकको सहयोगमा उद्योगलाई थप विस्तार गर्दै अगाडि बढाए। 

ब्राण्डलाई महत्व नदिई बिक्रीलाई मात्रै हेर्दै आउनुभएका रिजालले भाइ पुरुषोत्तम र अच्युतको परिवारसहित रिजाल ब्राण्डमा उत्पादन थाले। ज्वाइँको घर रहेको रत्ननगरको लौरीघोलबाट सुरु भएको यो उद्योग विभिन्न ठाउँमा सर्दै अहिले रत्ननगरकै बेल्सीमा आफ्नै जमिनमा बनेको भवनमा सञ्चालन हुँदै आएको छ ।

एकै परिवारका तीन दाजुभाइका श्रीमती, छोरा, छोरी र बुहारी यसै उद्योगमा आफ्नो सीप र क्षमताअनुसार काम गर्दै आउनुभएको छ । सबैको अभिभावकत्व बुवा अन्जनीले गर्दै आएका छन्। माइला भाइ पुरुषोत्तमले भने, ‘हामीले अहिले पारिवारिक कर्पोरेट व्यवसाय गरिरहेका छौँ ।’ परिवारभित्रै मिलेर काम गर्न सकिन्छ भन्ने उदाहरण दिएको उनी बताउँछन्। 

सुरुका दैनिक २५ किलो दालमोठ उत्पादन गर्ने यो उद्योगमा अहिले आधुुनिक उपकरणबाट दैनिक आठ टनभन्दा बढी उत्पादन गर्दै आएको छ । उद्योगमा ८२ प्रकारका दालमोठजन्य उत्पादन गरिन्छ । दालमोठमात्रै २० प्रकारका छन् भने तीनथरि आलुचिप्स, चारथरि भुजिया र १० थरि फुरनदाना उत्पादन हुन्छन् । यस्तै मुमको दाल, नट क्र्याकर, बदाम, कन्फ्लेक्स, भटमास, मटर फ्राइजस्ता तयारी उत्पादन यस उद्योगले गर्दै आएको छ ।

पुरुषोत्तमका अनुसार ७४ जिल्लास्थित डिलरमार्फत देशभित्र मात्रै होइन विदेशका हङ्कङ, अमेरिका, अष्ट्रेलिया र जापानमा पनि सामग्री पुग्ने गरेको छ । खाडी मुलुकमा यो उत्पादन पु¥याउने तयारीमा रिजाल परिवार जुटेको छ । अहिले बैंकसहित रु १० करोडभन्दा बढी लगानी रहेको उद्योगमा २०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । भारतमा बनेको खियारहित आधुनिक मेसिन उद्योगमा जडान छ । दाउरामा पकाउने गरिन्छ ।

पुरुषोत्तमले भने, ‘डिजल, कोइलालगायतका इन्धनलाई हामीले निरुत्साहित गरेका छौँ, वातावरणमैत्री बनाउन हाम्रो जोड छ ।’ कसैले गाउँघरमै गुइँठा बनाएर दिए त्यसको प्रयोग गर्ने उनको भनाइ छ ।

विदेशी प्रविधि भित्र्याएर स्वदेशी उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण रिजाल परिवारले दिएको छ । उद्योगमा कच्चा पदार्थदेखि उत्पादित वस्तुको गुणस्तर परीक्षण गर्ने प्रयोगशालाको व्यवस्था गरिएको छ । उनले भने, ‘नेपाल सरकारको प्रचलित नियम कानुनलाई पूर्णरूपमा पालना गर्दै हामीले गुणस्तरीय उत्पादन गरेका छौँ ।’ 

आफ्नो उत्पादन विदेशी कम्पनीको भन्दा राम्रो गुणस्तरको रहेको उहाँको दाबी छ । उनले गुनासो गरे, ‘नेपाली उत्पादनलाई नेपालीले नै विश्वास गर्दैनन्, तर हामीले विदेशीभन्दा राम्रो गुणस्तरको उत्पादन गरिरहेका छौँ ।’

गत वर्ष रु २६ करोडको बिक्री गरेको उद्योगले यस वर्ष रु ४० करोड पु¥याउने लक्ष्य छ । गत वर्षमात्रै नमकिनजन्य उत्पादन रु चार अर्ब ५० करोडको आयात भएको भन्दै उनले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘खुलाबजार र चोरी पैठारी रोकेर स्वदेशी उद्योगलाई संरक्षण गर्न सकेमा आत्मनिर्भर हुन सकिन्छ ।’

चिउरा, भटमासबाहेक अधिकांश कच्चा पदार्थ विदेशमा निर्भर हुनुपर्ने भन्दै उनले भने, ‘नेपालमै उत्पादन गर्न कृषकलाई प्रोत्साहन गर्नुपर्छ ।’ कच्चा पदार्थ ल्याउनुपर्दा आयात शुल्कमा छुट दिनुपर्ने उहाँको भनाइ छ । तयारी सामान आयात निरुत्साहित गर्दै यहाँको उत्पादनलाई सरकारले प्रश्रय दिनुपर्ने उनको माग छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending