चितवन । चितवनमा कोरोना भाइरसको सङ्क्रण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता सङ्क्रमण निरन्तर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ ।
सक्रिय सङ्क्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र ९रेड जोन० मा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना सङ्क्रमण बढ्दै गएको हो । पुस २५ गते जिल्लामा ८२ सक्रिय सङ्क्रमित रहेकामा माघ २ गते परीक्षण गरिँदा १९० जनमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लामा अहिले सक्रिय कोरोना सङक्रमितको सङ्ख्या ८२८ पुगेको छ ।
आइतबार जिल्लाका चार प्रयोगशालामा ४११ जनाको स्वाब परीक्षण गर्दा १५० जनामा र एन्टिजोन परीक्षण ९० जनाको गरिँदा ४० जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित प्रतिशत ३७ पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । पिसिआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण बढ्दै जान थालेको उहाँले बताउनुभयो । गत पुस २६ गते जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ११९, २७ गते १६२, २८ गते २४० र २९ गते ३२७ रहेको थियो । अहिले जिल्लामा दैनिक कोभिड–१९ परीक्षण दर र सङ्क्रमण दर बढ्दै गएको छ ।
गत पुस ३० गते ३६० जनाको परीक्षण गर्दा ३७ दशमलब ५० प्रतिशतमा सङ्क्रमण देखिएको ढकालले जानकारी दिनुभयो । उक्त दिन ३६० जनाको परीक्षण गर्दा १३५ मा कोरोना सङ्क्रमण देखिएको थियो । शनिबार जिल्लाका दुई पिसिआर ल्याब (चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल)मा गरिएको परीक्षणमा २४ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । तथ्याङ्क अनुसार २२५ को परीक्षणका क्रममा ५४ जनामा कोरोना देखिएको थियो ।
जिल्लामा रहेका सक्रिय सङ्क्रमितमध्ये २६ जना अस्पतालमा भर्ना भएका छन् भने ८०२ जना होम आइसोलेशनमा छन् । यहाँ हालसम्ममा २८ हजार ६८ जना सङ्क्रमित भइसकेका छन् भने २६ हजार ८०३ जना निको भइसकेका छन् । कोरोनाबाट ४३७ जनाको मृत्यु भइसकेको छ । जिल्लामा रहेका सक्रिय सङ्क्रमितमध्ये ६६६ जना भरतपुर महानगरपालिकाका छन् ।
यस्तै सङ्क्रमितमध्ये खैरहनी नगरपालिकाका २७, माडी नगरपालिकाका १५, रत्ननगर नगरपालिकाका ७२, राप्ती नगरपालिकाका १९ र कालिका नगरपालिकाका १६ छन् । सङ्क्रमित बढे पनि जिल्लामा सावधानी भने अपनाएको पाइँदैन । मास्कको प्रयोग बढेपनि भीडभाड कायमै छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - ११:२७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पाले आफ्नो नाम फिर्ता लिन चाहेको बताएक...
पौष १७ गते, २०८२ - ११:०७
कञ्चनपुर। कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएको छन् । घाइते हुनेमा जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाटास्थित शुक्रर...
पौष १७ गते, २०८२ - ११:०१
काठमाडौँ। पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकोमा आज पनि सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु द...
पौष १७ गते, २०८२ - १०:१६
ताप्लेजुङ। ताप्लेजुङमा यसवर्ष अलैँचीको खेती क्षेत्र बढेको छ भने उत्पादन घटेको छ । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँचीको खेती विस्तार हुँदा य...
पौष १६ गते, २०८२ - १६:५३
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...
पौष १६ गते, २०८२ - १६:४६
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको ...
पौष १६ गते, २०८२ - १६:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएको छन्। नेप...
पौष १६ गते, २०८२ - १६:२४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूलाई राप्रपा अपूर्णजस्तो महसुस हुँदै आएको ...
पौष १६ गते, २०८२ - १६:०६
काठमडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल का...
पौष १६ गते, २०८२ - १५:५४
लिमा। पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्...




प्रतिकृया लेख्नुहोस्: