Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

समूह छोडेका तीन मत्ता मात्तिने समय

रासस

चितवन । समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता ९भाले० हात्ती समय–समयमा मात्तिने गरेका छन् । यी तीन भाइले धेरै जिउधनको क्षति गरिसकेका छन् । मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन् ।

हात्तीका विषयमा विद्यावारिधि गरिरहनुभएका अशोक राम पुस–माघ र जेठ–असार गरी वर्षमा दुईपटक भाले हात्ती मात्तिने बताउँछन्।  मात्तिएकै बेलामा हात्तीले धेरै जिउधनको क्षति गराउने गरेका छन् । उनको भनाइमा रोनाल्डोले २२, धुव्रेले १९ र गोविन्देले तीन जनाको ज्यान लिइसकेका छन् । ती तीनवटै हात्ती यतिबेला चितवन राष्ट्रिय निकुञ्जको सौराहा र कसरा आसपासको क्षेत्रमा छन् ।

गत एक महिनायता गोविन्दे र ध्रुवेले एक–एक जनाको ज्यान लिइसकेका छन् । यो मौसममा ती हात्तीले जनधनको क्षति बनाउन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरूको सुझाव छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ध्रुवे यतिबेला टाइगरटप्स क्षेत्रको रिउ  र राप्तीको सङ्गमस्थलतिर छ । 

गोविन्दे र रोनाल्डो पनि सौराहा र कसरा आसपासमा समय–समयमा देखिने गरेका छन् । तिवारीको भनाइमा ध्रुवेलाई रेडियो कलर जडान गरेकाले यकिन ठाउँ थाहा हुन्छ भने रोल्नाडोलाई रेडियो कलर जडान गरिएको भए पनि अहिले नरहेका कारण यकिन ठाउँ थाहा हुन सक्दैन । तर समय–समयमा यी तीनै हात्ती देखिने गरेको तिवारी बताउँछन्। 

निकुञ्जले पालेका हात्ती प्रजननमा यी हात्ती प्रयोग हुँदै आएका छन् । पछिल्ला वर्षहरूमा अधिकांश छावा यिनै तीन मत्ता हात्तीबाट जन्मिएका छन् । यो मौसममा कुहिरो लाग्ने भएकाले निकुञ्ज आसपास क्षेत्रमा हिँड्डुल गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ । तिवारीले भने, ‘यो हात्तीको आक्रमण हुनसक्ने समय भएकाले जोगिएर हिँड्डुल गर्नुपर्दछ ।’

निकुञ्ज बाहिर खानाका लागि हात्ती आउन सक्ने समय पनि यो हो । तिवारीले अगाडि भने, ‘यतिबेला निकुञ्जमा राम्रो घाँस हुँदैन, बाहिर लगाएको खेतीबाली हरियाली देखेपछि हात्ती बाहिर आउन सक्छ ।’
 
निकुञ्ज संरक्षणमा लामो अनुभव संगाल्नुभएका संरक्षणकर्मी वेदबहादुर खड्का हात्ती बस्तीमा आइहालेमा होहल्ला गरेर नलखेट्न सुझाव दिन्छन्। धेरैजसो घटना हात्ती लखेट्ने क्रममा हुने गरेको उनी बताउँछन्। कतिपयले मादक पदार्थ सेवन गरेर राँको बाल्दै हात्ती लखेट्ने गर्दछन् । यो आफैँमा जोखिम रहेको खड्काको भनाइ छ । हात्ती आइहालेमा निकुञ्जका अधिकारी र सुरक्षाकर्मीलाई खबर गरेर धपाउनुपर्ने उनको सुझाव छ । 

अशोक रामका अनुसार ५०० मिटरभित्र हात्ती छ भने त्यस क्षेत्रका रुखका हाँगा भाँचेका हुन्छन् । यस्तै ३०० मिटरभित्र हात्तीको शरीरको गन्ध आउँछ भने हात्तीले नार्रनुर्र गरेको आवाज र सय मिटरको दूरीमा हात्तीले सुँड बजारेको आवाज आउँछ । हात्तीले मानिसमाथि आक्रमण गर्दा डराएर आत्तिएर गर्ने बताउँदै रामले भने, ‘हात्ती शाकाहारी जनावर हो, उसले मान्छे मारेर के पाउँछ र ?’ आफूलाई खतरा महसुस गरेर नै हात्तीले आक्रमण गर्ने उनको भनाइ छ ।

चितवनमा अहिले भइरहेका ती हात्तीमध्ये ध्रुवे रौतहटसम्म पुग्ने गर्दछ भने गोविन्दे र रोनाल्डो चितवन र पर्सा क्षेत्रमा घुम्ने गरेका छन् । ध्रुवे र रोनाल्डो नेपालको पूर्वी क्षेत्रबाट आएको अनुमान गरिएको छ । गोविन्दे भने यसै क्षेत्रमा समूहबाट छुट्टिएको हुनसक्ने रामको अनुमान छ । 

समूहमा बस्ने हात्ती नियमविपरीत काम गरेमा निष्कासित हुने गर्दछ । समूहबाट निकालिएपछि झनै अराजक हुने र मातेर जनधनको क्षति गर्ने गरेको रामले बताए। वर्षको दुईपटक प्रजननको समयमा भाले हात्ती मात्तिने गर्दछन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ । मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिए...

अघिल्लो चुनावमा दलहरूले गरेका मुख्य वाचा जुन पूरा भएनन्, नयाँ के ल्याउलान् ?

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...

‘पाठेघर खस्ने समस्या भएका बिरामी अझै उपचार गर्न अस्वीकार गर्दछन्’

खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३  महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...

७७ वटै जिल्ला सभापतिलाई कांग्रेसको परिपत्र- एकताबद्ध रहेर निर्वाचनमा केन्द्रित बनौँ

शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास

सुन र अमेरिकी डलरको मूल्य हरेक दिन नयाँ उचाइमा, किन ?

काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...

‘गोप्य’ भ्रमण सकेर फर्किए चिनियाँ कम्युनिस्ट पार्टीका नेता, उच्चस्तरीय टोली पनि आउँदै

काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...

निर्वाचन आयोगको ‘कल सेन्टर’ मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै

काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...

प्रतिनिधिसभा निर्वाचन- समानुपातिकतर्फको मतपत्र छपाइ सकियो, प्रत्यक्षको थालियो

काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।  जनक शिक्षा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending