Khabar Dabali ३ जेष्ठ २०७९ मंगलवार | 17th May, 2022 Tue
Life insurence

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब फाइनलमा

खबरडबली संवाददाता

काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो ।  जितका लागि १५६ रनको लक्ष्य पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै १०५ रन मात्र बनाउन सक्यो ।  

बागमतीका लागि आदिल खानले सर्वाधिक २७ रनको योगदान गरे । उनले ३३ बल खेल्दै तीन चौका प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा २३ रन जोड्दा चार चौका हााने । रामनरेश गिरी २२ रनमा अविजित रहे । बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरीले पाँच, सागर ढकालले दुई तथा आरिफ शेखले एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले पाँच विकेट गुमाएर १५५ रन जोड्यो । पुलिसका लागि ओपनर पवन सर्राफले अर्धशतकीय पारी खेले । उनले ५४ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ५९ रनको योगदान दिए । दिलिप नाथले ३१ तथा अनिल साहले २५ रन बनाए । बलिङतर्फ बागमतीका नन्दन यादव र रिजन ढकालले दुई–दुई र प्रतिस जिसीले एक विकेट लिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुलुङ दूधकोशीमा माओवादीका राई निर्वाचित

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई निर्वाचित भएका छ्न् । राईले ४०४९ मत प्राप्त गरेका छ्न् भने उनका ...

भोलि विहानदेखि काठमाडौंको मतगणना सात ठाउँबाट हुने

काठमाडौं । काठमाडौं महानगरको मतगणना सोमबार बिहानबाट सात ठाउँबाट हुने भएको छ । काठमाडौ महानगरको मतगणना जटिल रहेको भन्दै प्रकृया र प्रकृतिअनुसार मत गणना...

यस्तो छ हेटौँडा उपमहानगरपालिकाको मतगणनाको ताजा स्थिति

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको मतगणनाको अपराह्न ५ बजेसम्मको परिमाणअनुसार प्रमुख पदमा गठबन्धनका नेकपा (एकीकृत समाजवादी) की मीना लामाले दुई हजार ३९१...

निर्वाचन अधिकृतद्वारा मतगणना सम्पन्न नहुँदै राजीनामा

उदयपुर । उदयपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दीपक खनालले जिल्लामा निर्वाचनको मत गणना सम्पन्न नहुँदै मुख्य निर्वाचन अधिकृतको कार्यभारबा...

रोचक बन्यो भरतपुरको मतगणना

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३ मतले अग्रता बनाएका छन् ।  पछिल्लो मत परिणाम अनुसार सुवेदीले २ हजार ४६८...

स्थगन भएकामध्ये सात मतदान केन्द्रमा मतदान सम्पन्न

काठमाडौं । गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका विभिन्न सातवटा मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण रूपमा मतदान भएको छ । गत वैशाख ३० गते स्...

पोखरा महानगरमा एकीकृत समाजवादीको अग्रता कायमै

पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । पोखरा महान...

विराटनगर महानगरमा कांग्रेसको अग्रता

विराटनगर । स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको छ वटा वडाको सात हजार २६८  मतगणना गर्दा गठबन्धन दल नेपाली कांग्रेसले महानगर प्रमुख पदमा ...

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको अग्रता

वीरगञ्ज । मधेश प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार  राजेशमान सिंहले दुई...

भरतपुरमा ६१७७ मत गन्दा रेणु र विजयमा को अगाडि ?

चितवन । भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ।  आइतबार साँझ ६ बजेको मतगणनाअनुसार ६ हजार १७७ मत गन्दा मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहाल...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji