काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावले नयाँ ट्विस्ट ल्याएको छ। स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आयोगले दबाव दिइरहेको बेलामा प्रचण्डले वैशाखमै संसदीय चुनाव गर्न प्रस्ताव अघि सारेका हुन्।
सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग प्रचण्डले अघि सारेको प्रस्तावमा जनता समाजवादी पार्टीबाहेक सबै सकारात्मक भएका छन्।
‘नेकपा एमाले र त्यो पार्टीका अध्यक्ष केपी शर्मा ओली जुनसुकै षडयन्त्र गरेर पनि गठबन्धन फुटाउने खेलमा छन्त्य समा उनी सफल हुने छैनन् । त्यसैले उनले यो सदन पनि चल्न दिँदैनन्। चल्नै नदिने सदन यसरी राखिरहनुभन्दा सदनबाटै एउटा प्रस्ताव पारित गरौँ, अनि संसदीय चुनावमा जाऔँ । यो लोकतान्त्रिक पनि हुन्छ’ प्रचण्डको भनाइ छ।
संसदबाटै पारित गराएर जाँदा सर्वोच्च अदालतको आदेशको विरुद्ध नहुने उनको दाबी छ।
प्रचण्डकाे भनाइ थियाे, ‘संविधानको मर्म, निर्वाचन आयोग, अदालतको आदेशविरूद्ध मिल्दै नमिल्ने ढंगबाट प्रतिपक्षी दलले सदन अवरोध गरेर समस्या सिर्जना गरिरहेको छ। त्यसको समाधान चुनाव नै हो भन्ने देखियो। त्यस कारण सदनबाट पारित गरेर भए पनि वैशाख वा जेठमा संघीय निर्वाचन गरौं। हामीले अर्को वर्ष त चुनाव गर्नैछ र वर्ष त वैशाखबाटै सुरू हुन्छ।’
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेले संसदलाई काम गर्नै नदिएको कारणले संसदको निर्वाचन गरेर मंसिरसम्ममा संविधानअनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रचण्डको भनाइ छ।
प्रचण्डको प्रस्तावबारे छलफल गर्न बिहीबार अपरान्ह ४ बजे बस्ने सरकार सञ्चालन समन्वय संयन्त्रको बैठकमा विस्तृत छलफल गर्ने कार्यक्रम छ।
संयन्त्रको बैठकमा शीर्ष नेतामध्ये एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादव अनुपस्थित थिए।
शीर्ष नेताहरु अनुपस्थित भएकोले स्थानीय तह निर्वाचन मितिबारे निर्णय गर्नुअघि दलहरुबीच छलफलका लागि बुधबारसम्मको समय दिइएको थियो।
संयन्त्रको बैठकमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका पाँचै दलले पार्टीभित्र आन्तरिक छलफल गरेर मात्रै निर्णय गर्नुपर्ने भएकोले बुधबार एकदिन छलफल गर्ने समय दिएका थिए।
तीनै दलले पार्टीभित्र आन्तरिक छलफल गरेर स्थानीय तहको निर्वाचनअघि संघीय संसदको गर्न सकिने निचोड निकालेका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: