Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

लाइबेरियामा प्रार्थनास्थलमा भागदौड हुँदा २९ जनाको मृत्यु

खबरडबली संवाददाता

मोन्रोभिया । लाइबेरियाको राजधानी मोन्रोभियामा भएको क्रिश्चियन प्रार्थना जमघटमा भएको झडपमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ । घटनामा अन्य दर्जनौँ मानिस सख्त घाइते भएकोले मृतक सङ्ख्या बढ्न सक्ने प्रहरीले बिहीबार जनाएको छ ।

पश्चिम अफ्रिकी मुलुकका सञ्चार माध्यमका अनुसार आक्रमण स्थानीय समय अनुसार बिहीबार बिहानै भएको थियो ।

प्रहरी प्रवक्ता मोसेस कार्टरले एएफपीसँग भने, घटनामा २९ जनाको मृत्यु भएको छ भने भागदौडका क्रममा धेरै मानिसहरूको अवस्था गम्भीर भएकाले मृतक सङ्ख्या थप ‘बढ्न सक्ने’ देखिएको छ ।”

मृत्यु हुनेमा केही बालबालिकासमेत रहेका उनले बताए। 

घटना कसरी सुरू भयो विस्तृत विवरण प्राप्त हुन बाँकी छ । मोन्रोभियाको मजदुर वर्ग बसोबास गर्ने ‘न्यू क्रू टाउन’ नजिकैको फुटबल ग्राउण्डमा लाइबेरियामा ‘क्रुसेड’ भनेर चिनिने इसाईहरूको प्रार्थनाको लागि जमघट भएको समयमा भागदौड मच्चिँदा ठूलो मानवीय क्षति भएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

यस्ता जमघटहरू सामान्यतया लाइबेरियामा हजारौं मानिसहरू भेला हुन्छन् । अधिकांश इसाइ धर्मावलम्बी रहेको लाइबेरियामा धर्मलाई विशेष महत्व दिने गरिन्छ । 

एक लोकप्रिय धर्मगुरू पास्चर अब्राहम क्रोमाको उपस्थितिमा न्यू क्रु टाउनमा दुई दिने प्रार्थना कार्यक्रमको आयोजना भएको र कार्यक्रममा ठूलो भीड भेला भएको सामाजिक सञ्जालहरूबाट सार्वजनिक तस्बीरहरूमा देखिएको छ । 

चक्कू तथा छुरी प्रयोग गर्ने डाँकूहरूले उपासकहरूलाई आक्रमण गरी तर्साएपछि भाडदौड मच्चिएको स्थानीय सञ्चार माध्यमले कार्यक्रमका सहभागीलाई उद्धृत गरी समाचार सम्प्रेषण गरेका छन् । 

२६ वर्षीय प्रत्यक्षदर्शी इमान्यूयल ग्रेले एएफपीसँग आफूले घटनाको अन्ततिर ‘ठूलो आवाज’ सुनेको र धेरै मृत शरीर देखेको बताए । लाइबेरियामा मानव सिर्जित हिंसा, दुर्घटना र प्राकृतिक प्रकोप तुलनात्मक रूपमा सामान्य मानिन्छ । 

स्थानीय सञ्चार माध्यमका अनुसार लाइबेरियाको मध्यभागमा आयोजित यस्तै प्रार्थना सभामा नोभेम्बर २०२१ मा भएको भागदौडमा दुई नाबालकको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । गत वर्षको जुलाईमा लाइबेरियाको तटीय क्षेत्रमा पानी जहाज दुर्घटनापछि १७ जना बेपत्ता भएका थिए । सन् २०२० को मे महिनामा उत्तरपश्चिमी लाइबेरियाली खानी विष्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको थियो ।

अफ्रिकाको सबैभन्दा पुरानो गणतन्त्र लाइबेरिया एउटा गरिब देश हो जहाँ सन् १९८९–२००३ सम्म भएको गृहयुद्धमा करीब दुई लाख ५० हजार मानिसको मृत्यु भएको थियो । सन् २०१४–२०१६ को पश्चिम अफ्रिका इबोला महामारीले पनि देशलाई तहसनहस पारेको थियो । 

विश्व बैंकका अनुसार लाइबेरियाको ४४ प्रतिशत जनसंख्याले सरदर प्रतिदिन १।९ अमेरिकी डलरभन्दा कम आय रहेको संयुक्त राष्ट्रसंघको मानव विकास सूचकांकले देखाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending