Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

नेपाली सेनाको हवाई सेवाः धेरैको बच्यो ज्यान

खबरडबली संवाददाता

जाजरकोट। नेपाली सेनाको पश्चिम कमान्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ । विकेन्द्रित संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमान्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरबाट हवाई सेवा सुरु गरेपछि धेरैको ज्यान बचेको हो । 

कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीका दुई जिम्मामा पश्चिम कमान्डले काम गर्दै आएको छ ।  सुत्केरी तथा प्रकृतिक प्रकोप र विपद्मा परेका सर्वसाधारणलाई नेपाली सेनाको पश्चिम कमान्डअन्तर्गतको हवाई सेवामार्फत उद्धार गरी सुविधा सम्पन्न ठाउँमा ल्याई उपचारमा सहयोग गर्दै आएको छ । २०७६ साल भदौ १७ मा पश्चिम कमान्डअन्तर्गत नेपाली सेनाले वीरेन्द्रनगरमा पश्चिम हवाई सेवा स्थापना गरी उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरु गरेको थियो । सुरुमा काठमाडौँबाट हुने उडानहरु २०७६ साल भदौ १७ देखि सुर्खेतबाट नै तीनवटा प्रदेशमा हुँदै आएको छ ।

तीनवटा प्रदेशलाई जोडेर सेनाले पश्चिम कमान्ड स्थापना गरेको हो । लुम्बिनीको बाँके, बर्दिया, सुदूरपश्चिम र कर्णालीको पूरै भागलाई समेटेर  पश्चिम एअर बेसबाट उडानका काम हुँदै आएको छ । उद्धारका लागि तीनवटा हेलिकोप्टरसहित उडान दलका समेत तयारी हालतमा राखिएको पश्चिम कमान्डका प्राविधिक प्रमुख सेनानी रचन श्रेष्ठले बताउनुभयो । यो वर्ष मात्र गर्भवती र सुत्केरीको मात्र हालसम्म ४८ जनाको उद्धार गरी सुविधा सम्पन्न ठाउँमा ल्याइएको छ । २७ वटा अन्य उद्धारका काम भएको पश्चिम हवाई सेवा कार्यालयले बताएको छ । २०७७ सालमा ३४ गर्भवती, अन्य २३ र २०७६ मा ३५ गर्भवती र अन्य १९  जनाको उद्धार गरिएको प्रमुख सेनानी श्रेष्ठले बताउनुभयो । 

पश्चिममा एअर बेस स्थापनासँगै उद्धारमा छिटोछरितो भएको स्थानीयवासीले बताएका छन् । पश्चिम क्षेत्रमा सवारी दुर्घटना, बाढी पहिरो, हिउँ पहिरामा परी घाइते भएकालाई समेत सेनाले हेलिकोप्टरबाट उद्धार गर्दै आएको छ । त्यस्तै, राहत वितरणमा समेत नेपाली सेनाले उडान भर्दै आएको छ । प्राकृतिक विपत्तिमा आफ्नै मेडिकल टिम खटाएरसमेत सेनाले जनसेवा गर्दै आएको पश्चिम कमान्डका मेजर जनरल प्रेम शाहीले बताउनुभयो । पश्चिम कमान्डको एअर बेसलाई अझै पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने यस क्षेत्रका सर्वसाधारणको माग रहेको छ । पश्चिम एअर बेसबाट सबैभन्दा बढी डोल्पा, हुम्ला, मुगु र जाजरकोटबाट गर्भवतीको उद्धार गरिएको छ । 

राष्ट्रपति महिला उद्धार कोषमार्फत सेनाले उक्त उद्धारका काम गर्दै आएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम आर्थिक वर्ष २०७५÷७६ देखि सुरु भएको थियो । दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पु¥याउने काम सेनाले गर्दै आएको छ । सेनाले उद्धार गरी गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा ल्याएर ज्यान बचाउने गरेको छ । 

हवाई उद्धारका लागि कार्यविधि २०७५ साल कात्तिक ३० को मन्त्रिस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको थियो । हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म ल्याइएकी ज्यान जोखिममा परेकी महिलाको सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुष्ट बीस हजार उपलब्ध गराउने व्यवस्थासमेत रहेको छ । पूर्ण रुपमा हवाई उद्धार हुने १८ जिल्लाहरुमा ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, कालीकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दार्चुला रहेका छन् । 

त्यस्तै, आंशिक रूपमा २९ जिल्लामा पनि उद्धार हुँदै आएको छ । डोल्पाको फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष धावा सम्डुक गुरुङले हाम्रो जस्तो सञ्चारदेखि सडक सुविधा नभएको ठाउँमा यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताउनुभयो  । उहाँले यो कार्यक्रम नभएको भए धेरै गर्भवतीको ज्यान सक्थ्यो भन्दै अझै प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । “हाम्रोजस्तो आर्थिक अवस्था कमजोर भएको जिल्लामा सबैको पहुँचमा सञ्चार छैन, फोन गर्न एक दिन हिँडेर जानुपर्छ, जनप्रतिनिधिको सूचनाका आधारमा अहिलेसम्मका सुत्केरीको उद्धार भएको छ, त्यसैले यहाँका सबै नागरिकलाई समान रूपमा समेट्ने प्रयास यो कार्यक्रममार्फत गर्ने प्रयास गरेका छौँ ।”

के के आउँछन् त उद्धार गर्दा समस्या रु 

हेलिकोप्टरबाट उद्धार कार्य आफैँमा जटिल कार्य हो । हेलिकोप्टर अवतरण गर्ने ठाउँ, भूगोल र मौसमबारे जानकारी नहुँदा हरेक उडानमा समस्या हुने गरेको छ । तोकिएको समयभन्दा बढी समय लाग्दा हवाई यात्रामा धेरै पटक जटिलता आउने गरेको प्रमुख सेनानी श्रेष्ठले बताउनुभयो । अधिकांश ठाउँमा हेलिकोप्टर अवतरण गर्दा ठाउँ नै नभएको अवस्था हुने गरेको समेत उहाँले बताउनुभयो । छिनछिनकै मौसम परिवर्तन हुँदा अर्को समस्या आउने गरेको छ । सूचना सही नपाउँदा हैरानसमेत खेप्नु परेको थुप्रै उदाहरण रहेको उहाँले बताउनुभयो । उडान गर्दा लामो समय हुँदा हेलिकोप्टरमा इन्धनको समस्यादेखि हाइअल्टिच्युट हुने खतरा बढ्ने गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजस्व चुहावट रोक्न ‘कडाइ’ गरेको दाबी गरिरहँदा भारतीय बजार जोगबनीमा नेपालीको भिड

विराटनगर। सरकारले सीमा नाकामा राजस्व चुहावट रोक्न ‘कडाइ’ गरेको दाबी गरिरहँदा विराटनगरको रानी नाकाबाट नेपाली उपभोक्तालाई आवश्यकताको सामान ल्याउन गाह्रो...

सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ - ट्रम्प

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी कायम राख्ने योजना बनाएको बताएको छन् ...

ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु, आमा र कान्छो छोरा अस्पतालमा

धनगढी । कैलालीको चुरे गाउँपालिका–३ मा मरेको ब्रोइलर कुखुराको मासु खाएर एउटै परिवारका दुई बालकको मृत्यु भएको छ। ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भ...

भारतमा मिनी बस दुर्घटना हुँदा १० जनाको मृत्यु

नयाँ दिल्ली। दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा खसेर मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दस जनाको मृत्यु हुनुका साथै अन्य  घाइते भएको अल इन्डिया...

सर्वोच्चको निर्णयपछि खड्काले बोलाए कांग्रेस नेताहरूको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आकस्मिक ब...

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले हालै वृद्धि गरिएको इन्धनको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। म...

सर्वोच्चको निर्णयपछि गगन : यो कुनै जित–हारको विषय होइन, लोकतान्त्रिक अभ्यास

काठमाडौँ । नेपाली कांग्रेस का सभापति गगन थापा ले सर्वोच्च अदालत को पछिल्लो निर्णयले पार्टीभित्र एकता कायम गर्दै अगाडि बढ्ने वातावरण बनेको बताएका छन्। ...

पिउने पानीको मूल्य बढाउने पानी उद्योग महासंघको निर्णय

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानी उत्पादनको लागत अत्यधिक बढेको भन्दै आफ्ना सदस्य उद्योगहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ...

महसुल बुझाउनु पर्छ आउँदैन पानी

विराटनगर। विराटनगर महानगरपालिका–६ का सरोचिया टोल निवासी असरद हुसैनको घरमा नेपाल खानेपानी संस्थान अन्तर्गत जडान भएको धारा छ । मासिक रूपमा न्यूनतम महसुल...

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आज (शनिबार)देखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ ।   कामपाका कार्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending