Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

प्रकृतिको नाकाबन्दीमा बगरफाँटवासी

रासस

म्याग्दी । यहाँको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाको बगरफाँटका बासिन्दा प्राकृतिको नाकाबन्दीमा परेका छन् । बगरफाँट जोड्ने सडक बाढीले बगाएपछि सवारीसाधनमार्फत यात्रा र सामान ढुवानी गर्न आठ किलोमिटर दूरीको घुमाउँरो सडक प्रयोग गर्न बाध्य भएका छन् । 

कालीगण्डकीमा आएको बाढीले गत असारमा माटेपानीमा १०० मिटर सडक कटान गरेर बगाएपछि बेनीबाट बगरफाँट जोड्ने सडक आठ महिनादेखि अवरुद्ध छ ।

पहाडको फेदीमा बाँध बनाएर सडक बनाउँदा म्याग्दीतर्फ कटान गर्ने र बाढीले सडक बगाएर लगानी खेर जाने भएपछि सडक पुनःनिर्माण भएको छैन । यसअघि पनि वर्षेनी हिउँदमा सडक बनाउने र बर्खामा बाढीले बगाउने गरेको थियो । 

तीन सयभन्दा बढी घरधुरीको बसोबास रहेको जलजला गाउँपालिकाको–२ र ३ नं वडामा पर्ने बगरफाँटका बासिन्दा म्याग्दी आवतजावत गर्ने कालीपुल जोड्ने झोलुङ्गे पुलको पनि लठ्ठा खिया लागेर छिन्ने अवस्थामा छ । मानिस झोलुङ्गे पुलबाट आवतजावत गरे पनि निर्माण सामग्री र दैनिक उपभोग्य सामान ढुवानी गर्न समस्या भएको बगरफाँटका बासिन्दा राम रकालले बताए। 

उनले भने, ‘बेनीबाट बगरफाँट सामान ढुवानी गर्नका लागि मल्लाज–बाँसखर्क हुँदै आठ किलोमिटर घुमाउरो सडक प्रयोग गर्दा महङ्गो भाडा तिर्न बाध्य छन्। निर्माणाधीन निजी घर र सामुदायिक विकास आयोजनाको लागत बढेको छ ।’

एक बोरा सामान पुल तारेको भरियालाई रु १०० भन्दा बढी तिर्नुपर्छ । बिरामीलाई अस्पताल पु¥याउन डोको र स्टेचरमा बोक्नुपरेको स्थानीय खिम बरुवालले बताए। बगरफाँटमा बसोबास गर्ने अधिकांश म्याग्दीका विद्यार्थी, व्यवसायी, कर्मचारी र सर्वसाधारण छन् ।

प्राविधिक हिसाबले माटेपानीको भिरमा सडक निर्माण सम्भव नदेखिएपछि कालीपुलबाट बगरफाँट जोड्ने पक्की मोटरेबल पुल र बेलिब्रिज जडानका लागि पहल गरिएको जलजला गाउँपालिका–३ का वडाध्यक्ष रबि भण्डारीले बताए। 

‘बगरफाँटको यातायात समस्या लिएर म आफैँ प्रधानमन्त्री कार्यालय र राष्ट्रियसभा अध्यक्षकहाँ पुगेर आएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा सडक डिभिजन कार्यालय बागलुङका इञ्जीनियरको टोलीले शुक्रबार बेलिब्रिज निर्माणस्थलको सम्भाव्यता अध्ययन गरेका छन्’ उनले भने। 

डिभिजन प्रमुख बलिराज मल्ल, इञ्जीनियर विजय शर्मालगायतको टोलीले बेलिब्रिज राख्ने सम्भावित ठाउँको निरीक्षण गरेका थएि। निर्माणस्थलमा जग्गा विवाद नभएको प्रतिबद्धता, प्राविधिकरूपमा उपयुक्त भएमा बजेट व्यवस्थापन गरेर बेलिब्रिज जडानको प्रक्रिया अघि बढाउने डिभिजन प्रमुख मल्लले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending