यमन । साउदी अरब नेतृत्वको यमनी हुथी समूह विरोधी गठबन्धनले विद्रोही बन्दीहरू राखेको यमनकोे उत्तरी क्षेत्रमा रहेको एक जेलमा भएको हवाई आक्रमणमा आफ्नो सम्लग्नता नरहेको दावी शनिबार गरेको छ ।
यमनमा कार्यरत सहायता समूहहरूले शुक्रबार बिहानै गरिएको आक्रमणमा आप्रवासी, महिला र बालबालिकासहित कम्तीमा ७० जनाभन्दा बढीको मृत्यु भएको जनाएका छन् । प्रारम्भिक समाचारहरूमा उक्त हमलामा २०० भन्दा बढी घाइते भएका र करिब १०० जनाको मृत्यु भएको जनाइएको थियो ।
सैन्य गठबन्धनले भवनहरूलाई भग्नावशेषमा परिणत गर्नेगरी भएको भनिएको उक्त आक्रमणमा गठबन्धनको सम्लग्नता नरहेको र यसमा आफूहरूलाई दोषी देखाउन गरिएका प्रचार आधारहीन रहेको जनाएको छ ।
आक्रमणपछि उद्धारकर्ताहरूले खाली हातले भग्नाबशेषमा रहेका मृत शरीर र घाइतेलाई बटुलेको दृष्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।
होडेडाको यमनी बन्दरगाहमा भएको गठबन्धनको आक्रमण भएको हुनसक्ने यस आक्रमणमा तीन नाबालकसहित दर्जनौँको मृत्यु भएको भन्ने खबरप्रति दुःख व्यक्त गर्दै राष्ट्रसंघका महासचिवले घटनाको भत्र्सना गरेका छन्।
मानवीय सहायतकाका लागि यमनमा कार्यरत विभिन्न आठ संगठनले जारी विज्ञप्तिमा यमनको विद्रोही नियन्त्रित क्षेत्र सादामा रहेको जेलमा भएको आक्रमणमा ७० भन्दा बढी व्यक्तिको ज्यान गएको दावी गरिएको छ । उक्त स्थानलाई आप्रवासीहरूलाई राख्ने आश्रयस्थलका रूपमा प्रयोग गरिएको विज्ञप्तिमा जनाइएको छ ।
‘‘हुथी लडाकूले गठबन्धनलाई बदनाम गर्न अपनाएका यी दाबीहरूमा सत्यता छैन,’ गठबन्धन सेनाका प्रवक्ता तुर्की अल–माल्कीले घटनामा इराननिकट हुथी विद्रोहीहरू कै सम्लग्नता रहेको हुनसक्ने संकेत गर्दै भने।
संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा खराब मानवीय संकट रहेको बताउने गरेको यमनमा दशौं हजार मानिसको ज्यान गइसकेको र लाखौं विस्थापित भइसकेको र द्वन्द्वले यो हप्ता नाटकीय उतारचढाव ल्याएको छ ।
विद्रोहीहरूले सन् २०१४ मा राजधानी सानालाई कब्जा गरेपछि मार्च २०१५ मा अमेरिका, फ्रान्स र बेलायतद्वारा समर्थित साउदी नेतृत्वले यमनी हुथी नेतृत्व विरूद्ध हस्तक्षेप गरेको थियो । गठबन्धनले यमनमा केही हप्ता मात्र हुथीविरूद्ध कारबाही गर्ने भनिएपनि अहिलेसम्म द्वन्द्व जारी रहेको छ ।
यमनको अजेय, सात वर्षे युद्धमा भएको नवीनतम हिंसा गत सोमबार इरान समर्थित हुथिहरूले गठबन्धन सहयोगी संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा पहिलो घातक आक्रमण भएको दाबी गरेपछि भएको थियो ।
हुथीहरूले तीन जनाको ज्यान लिने ड्रोन र क्षेप्यास्त्र आक्रमण भएको दाबी गर्दै युद्धलाई नयाँ चरणमा लगेका बताएका थिए । युएईले आफ्नो सीमाभित्र पहिलो घातक आक्रमण भएको स्वीकार गर्दै यसको वदला लिने चेतावनी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: