यमन । साउदी अरब नेतृत्वको यमनी हुथी समूह विरोधी गठबन्धनले विद्रोही बन्दीहरू राखेको यमनकोे उत्तरी क्षेत्रमा रहेको एक जेलमा भएको हवाई आक्रमणमा आफ्नो सम्लग्नता नरहेको दावी शनिबार गरेको छ ।
यमनमा कार्यरत सहायता समूहहरूले शुक्रबार बिहानै गरिएको आक्रमणमा आप्रवासी, महिला र बालबालिकासहित कम्तीमा ७० जनाभन्दा बढीको मृत्यु भएको जनाएका छन् । प्रारम्भिक समाचारहरूमा उक्त हमलामा २०० भन्दा बढी घाइते भएका र करिब १०० जनाको मृत्यु भएको जनाइएको थियो ।
सैन्य गठबन्धनले भवनहरूलाई भग्नावशेषमा परिणत गर्नेगरी भएको भनिएको उक्त आक्रमणमा गठबन्धनको सम्लग्नता नरहेको र यसमा आफूहरूलाई दोषी देखाउन गरिएका प्रचार आधारहीन रहेको जनाएको छ ।
आक्रमणपछि उद्धारकर्ताहरूले खाली हातले भग्नाबशेषमा रहेका मृत शरीर र घाइतेलाई बटुलेको दृष्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।
होडेडाको यमनी बन्दरगाहमा भएको गठबन्धनको आक्रमण भएको हुनसक्ने यस आक्रमणमा तीन नाबालकसहित दर्जनौँको मृत्यु भएको भन्ने खबरप्रति दुःख व्यक्त गर्दै राष्ट्रसंघका महासचिवले घटनाको भत्र्सना गरेका छन्।
मानवीय सहायतकाका लागि यमनमा कार्यरत विभिन्न आठ संगठनले जारी विज्ञप्तिमा यमनको विद्रोही नियन्त्रित क्षेत्र सादामा रहेको जेलमा भएको आक्रमणमा ७० भन्दा बढी व्यक्तिको ज्यान गएको दावी गरिएको छ । उक्त स्थानलाई आप्रवासीहरूलाई राख्ने आश्रयस्थलका रूपमा प्रयोग गरिएको विज्ञप्तिमा जनाइएको छ ।
‘‘हुथी लडाकूले गठबन्धनलाई बदनाम गर्न अपनाएका यी दाबीहरूमा सत्यता छैन,’ गठबन्धन सेनाका प्रवक्ता तुर्की अल–माल्कीले घटनामा इराननिकट हुथी विद्रोहीहरू कै सम्लग्नता रहेको हुनसक्ने संकेत गर्दै भने।
संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा खराब मानवीय संकट रहेको बताउने गरेको यमनमा दशौं हजार मानिसको ज्यान गइसकेको र लाखौं विस्थापित भइसकेको र द्वन्द्वले यो हप्ता नाटकीय उतारचढाव ल्याएको छ ।
विद्रोहीहरूले सन् २०१४ मा राजधानी सानालाई कब्जा गरेपछि मार्च २०१५ मा अमेरिका, फ्रान्स र बेलायतद्वारा समर्थित साउदी नेतृत्वले यमनी हुथी नेतृत्व विरूद्ध हस्तक्षेप गरेको थियो । गठबन्धनले यमनमा केही हप्ता मात्र हुथीविरूद्ध कारबाही गर्ने भनिएपनि अहिलेसम्म द्वन्द्व जारी रहेको छ ।
यमनको अजेय, सात वर्षे युद्धमा भएको नवीनतम हिंसा गत सोमबार इरान समर्थित हुथिहरूले गठबन्धन सहयोगी संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा पहिलो घातक आक्रमण भएको दाबी गरेपछि भएको थियो ।
हुथीहरूले तीन जनाको ज्यान लिने ड्रोन र क्षेप्यास्त्र आक्रमण भएको दाबी गर्दै युद्धलाई नयाँ चरणमा लगेका बताएका थिए । युएईले आफ्नो सीमाभित्र पहिलो घातक आक्रमण भएको स्वीकार गर्दै यसको वदला लिने चेतावनी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: