Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

गलकोटमा शीतभण्डारण गृह सञ्चालन

खबरडबली संवाददाता

बागलुङ । बागलुङमा मुस्ताङको स्याउ र ताराखोलाको आलुको बजार निकै राम्रो छ । यसो त यसले मात्रै बागलुङको बजार माग धान्न नसक्दा चिनियाँ स्याउ, तराईको आलु र केरा उस्तै आयात हुन्छ । फलफूल र तरकारीको आयु निकै कम हुन्छ । समयमै बिक्री नभएको खण्डमा बिग्रिएरसमेत जाने गरको छ तर शीतभण्डार गृहमा राख्न सके फलफूल तथा तरकारीले राम्रो मूल्यसमेत पाउँदै आएको छ । 

स्थानीय उत्पादन ताराखोलाको आलु र मुस्ताङको स्याउ बेमौसममा बिक्री गर्ने र आयातित स्याउ, केरा र आलुको सुपथ मूल्यमा बजारीकरण गर्ने उद्देश्यले गलकोटमा जिल्लाकै शीतभण्डारण गृह सञ्चालनमा ल्याइएको छ । 

नयाँ सोच र नयाँ क्षेत्रमा लगानी गर्ने हो भने नेपालमा नै केही गर्न सकिन्छ भन्ने हेतुले गलकोटमा सात युवाले सिद्ध भैरव ग्रुपमार्फत सामूहिक लगानीमा शीतभण्डारण सञ्चालनमा ल्याइएको छ । गुल्मीका ईश्वरीप्रसाद ज्ञवाली र गलकोटका छ युवा मिलेर स्थानीय आलु र स्याउ तथा आयातित केरा, आलु र स्याउको बजारीकरण गर्नका लागि रु दुई करोडको लागतमा एक वर्षदेखि शीतभण्डारण गृह सञ्चालनमा ल्याइएको छ । 

अहिले बेमौसमी आलु, स्याउ र केरालाई प्राथमिकतामा राखेर शीतभण्डारण गृह सञ्चालन गर्दै आएको सिद्धभैरव ग्रुपका सञ्चालक ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिए। ‘हाम्रो मुख्य उद्देश्य ताराखोलाको आलु र मुस्ताङको स्याउलाई शीतभण्डारण गृहमा राखेर बेमौसममा बिक्री गर्ने हो, अहिले आलुभन्दा फलफूललाई बढी जोड दिइएको छ’ शीतभण्डारण गृहको व्यवस्थापकसमेत रहेका उनले भने, ‘मुस्ताङको स्याउ आयात नभएको समयमा चिनियाँ स्याउ तथा तराईको केरा र आलु भण्डारण गृहमा राखेर बिक्री गर्दै आएका छौँ ।’

सिद्ध भैरव समूहले एक लाख २५ हजार केजी क्षमताको जिल्लाकै ठूलो शीतभण्डारण गृह सञ्चालनमा ल्याएपछि उपभोक्ताले मुस्ताङको स्याउ र ताराखोलाको आलुको बेमौसममा समेत स्वाद लिन सक्ने भएका छन् । केरालाई बढीमा १५ दिन र स्याउ, अनारलगायतका फलफूललाई दुई महिनासम्म सुरक्षित भण्डारण गर्न सकिने सञ्चालक ज्ञवालले जानकारी दिए। 

भाडाको दुई रोपनी जग्गा पाँच वर्षका लागि लिएर भण्डारण गृह सञ्चालनमा ल्याइएको हो । भण्डारण गृहका लागि विद्युत्को वैकल्पिक व्यवस्थाका लागि २६ केभिए क्षमताको जेनेरेटरसमेत जडान गरिएको छ । शीतभण्डारण गृहका लागि चौविसै घण्टा विद्युत् आपूर्ति हुन आवश्यक छ । बाह्य तापक्रमभन्दा फरक तापक्रममा फलफूल तथा तरकारी भण्डारण गर्दा सोही अवस्थामा धेरै दिन फलफूल तथा तरकारी टिकाउन सकिन्छ । 

अहिले भण्डारण गृहमा मुस्ताङको स्याउ, चिनियाँ स्याउ,  आलु र केरा राखिएको छ । उक्त भण्डारण गृहमा राखिएको फलफूल तथा तरकारी बागलुङ बजार, हटिया, खर्वाङ, गुल्मी तथा बुर्तिवाङ बजारमा बिक्री गरिँदै आएको छ । भण्डारण गृहको खर्च र विद्युतीकरणको खर्च जोडेर फलफूल बिक्री गर्ने गरेको समूहले जनाएको छ । मागअनुसार बजारमै विक्रीवितरणको समय त भण्डारण गृहले नै व्यवस्था गर्नेछ । 

ताजा फलफूल तथा तरकारीको लागि भण्डारण गृह सञ्चालनमा आएपछि सहज पहुँच पुगेको गलकोट नगरपालिका–२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए। जिल्लाको सिगाना, बिहुँ र धम्जामा २० टन क्षमताको सुन्तला र आलु भण्डारण गृह रहेको छ । 

सिगाना र बिहुँको शीतभण्डारण गृहमा सुन्तला र धम्जाको शीतभण्डारण गृहमा आलु भण्डारण गरिँदै आएको छ । सिगाना, धम्जा र बिहुँमा सरकार र स्थानीयको साझेदारीमा शीतभण्डारण गृह निर्माण गरिएको हो भने गलकोटमा व्यक्तिगत कम्पनीमार्फत शीतभण्डारण गृह निर्माण गरिएको हो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा विभिन्न कार्यक्रम गर्दै

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...

विश्व बैंकको सहयोगमा मुलपानी-तितौरे सडक कालोपत्र हुँदै

बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य: बेवास्ताले बढ्दै जोखिम, समस्या कसरी थाहा पाउने ?

काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...

स्वदेशी चलचित्र डिजिटाइजेशनका लागि चलचित्र विकास बोर्डद्वारा आवेदन आह्वान

काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...

निर्वाचन ६४ दिन बाँकी- ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending