Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

तोरीखेतीमा कृषकको आकर्षण बढ्दो

खबरडबली संवाददाता
चितवन । कुनै समय चितवन तोरीखेतीका लागि प्रसिद्ध थियो । बीचका समयमा खासै यसतर्फ तर्फ किसानले चासो दिएका थिएनन् तर पछिल्ला वर्षहरुमा विस्तारै उनीहरु यसतर्फ आकर्षित हुँदै गएका छन् । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा चालु आर्थिक वर्षमा १३ हजार २७० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ ।
 
गत आर्थिक वर्षमा जिल्लामा १२ हजार २६० हेक्टर क्षेत्रफलमा यसको खेती गरिएको थियो । कार्यालयका सूचना अधिकारी मिनबहादुर पुनका अनुसार गत आवको तुलनामा यस वर्ष तोरीखेती गर्ने कृषकको सङ्ख्या बढेको छ । उनले भने, ‘यस वर्ष तोरी खेतीका लागि ज्ञान केन्द्रले ब्लक कार्यक्रम सञ्चालन गरेको छ यसले कृषकलाई आकर्षित गर्यो ।’गहुँ लगाउने किसानहरु तोरीखेतीतर्फ आकर्षित भएका कारण तोरीखेती गर्ने किसान बढेको र छिटो उत्पादन लिने बाली भएकाले तोरी खेतीमा कृषक आकर्षित भएका उनले बताए।
 
उनले भने, ‘तोरी खेती गरे पछि अन्य बाली पनि छिटो लगाउन पाउने भएकाले कृषकको आकर्षण बढेको छ ।’ अघिल्लो वर्ष जिल्लामा तोरीको उत्पादकत्व प्रतिहेक्टर एक मेट्रिक टन रहेको भए पनि यो वर्ष २ प्रतिशतले वृद्धि हुने अनुमान कार्यालयले गरेको छ । कार्यालयका योजना अधिकृत उमराज अर्याल निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाले तोरी खेती गर्न थालेका छन् ।
 
जङ्गली जनावरले खासै नोक्सान नपु¥याउने भएपछि यस क्षेत्रका बासिन्दा तोरी खेतीमा आकर्षित भएका हुन । उनले भने, ‘तोरी बालीलाई हात्ती, गैँडा र चित्तलले खासै मन नपाउने भएकाले यसतर्फ कृषक बढ्दै गएका छन् ।’ माडी नगरपालिका वडा नम्बर ३ की रसपतिया चौधरी विगत तीन वर्षदेखि तोरीखेती गर्दै आउनुभएको छ । त्यसअघि गहुँ खेती गर्ने उहाँ जङ्गली जनावरका कारण खेती गर्न मन लाग्न छोडेको भए पनि माइतीले तोरी लगाउन सल्लाहा दिएपछि यो खेती गरेको बताउँछन्।
 
उनले भने, ‘जनावरले मकै, गहुँलगायतका बालीमा नष्ट गर्न थालेपछि तोरी लगाउन सुरु गरेँ  ।’ उनले  अहिले एक बिघा क्षेत्रफलमा तोरी खेती गर्दै आएका छन्। अहिले माडीको वडा नं ३ वैराष्ठ क्षेत्रमा अधिकांश स्थानमा तोरीखेती गरिएको छ । निकुञ्जसँग नजिक रहेकाले पनि यस क्षेत्रका किसान तोरी खेतीमा आकर्षण बढेको जागृति कृषक समूहका अध्यक्ष ओमप्रकाश महतोले बताए।
 
उनले भने, ‘निकुञ्जबाट नजिक रहेकाले जनावरले क्षति नपुर्‍याउने बालीको रुपमा तोरीखेती गरिएको हो ।’उनले अहिले १२ कट्ठा क्षेत्रफलमा तोरीखेती गर्दै आउनुभएको छ । यहाँका कृषक अहिले समूहगतरुपमा तोरी खेती गर्दै आएका छन् । समूह निर्माण गरेर तोरी खेती गर्नेको सङ्ख्या बढेको उनले बताए। अहिले यस क्षेत्रमा मात्रै २०० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको ज्ञान केन्द्रका योजना अधिकृत अर्यालले जानकारी दिए।
 
कृषि ज्ञान केन्द्र चितवनबाट प्रथम वर्ष सञ्चालन गरिएको तोरी ब्लकको कार्यक्रमले समेत कृषकलाई यस खेतीतर्फ आकर्षण बढाएको उनले बताए। चितवनमा मोरङ–२, प्रीति, प्रगति र चितवन स्थानीयजस्ता जातका तोरी लगाइँदै आइएको छ ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending