रसुवा । टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम क्रमिकरूपले अगाडि बढ्न थालेको छ । नेपाल–चीनबीचको आयात निर्यात सामग्री परीक्षणमा सहज बनाई दुई देशबीचको व्यापार व्यवसाय अभिवृद्वि गराउने उद्देश्यले सुक्खा बन्दरगाह निर्माण थालिएको हो ।
नेपाल इन्टरमोडेल यातायात विकास समितिका अनुसार टिमुरे गाउँमुनि भोटेकोसी नदिको बगरलाई बाँध बाध्ने काम धमाधम अगाडि बढिरहेको छ । निर्माणस्थलमा ४० नेपाली एवं १३ चिनियासहित ५३ कामदार कार्यरत छन् । कोभिड सङ्क्रमणका कारण सुस्त गतिमा रहेको कार्य कामदारको वृद्धिसँगै २० प्रतिशत पूरा भएको प्राविधिकले बताएका छन् ।
सो बन्दरगाह ३० महिनाभित्र सम्पन्न गर्ने शर्तका साथ सन् २०१९ को नोभेम्वरबाट निर्माण थालनी भएको थियो । कोभिडको असरप्रति सावधानी अपनाउँदै काम अगाडि बढी रहेकाले सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने प्राबिधिक अनुमान छ ।
चीन सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण भइरहेको सो बन्दरगाहाको निर्माणको जिम्मा चिनियाँ तिब्बत फुल्ली कन्ट्रक्सनले पाएको छ । विकास समितिका प्राविधिकले कामको सहजीकरण गरिरहेको बताइन्छ । निर्माण सम्पन्न भएपछि मालवाहक ठूला दुई सय पचास कन्टेनर र साना तथा मझ्यौला एक सय सवारी साधनलाई पार्किङमा सहज हुने साइट इञ्चार्ज इञ्जिनियर शोभाकान्त राउतले जानकारी दिए।
बन्दरगाह निर्माणलाई थप सहज पार्न आयोजनास्थलका आसपासमा रहेका ११ व्यक्तिगत घर टहरा हटाउन मुआब्जा निर्धारण गराउने कार्य सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार आइतबार बसेको मूल्याङ्कन समितिको बैठकमार्फत प्राविधिक मूल्याङ्कनको आधारमा घर टहराको मुआब्जा निर्धारण गर्ने काम सम्पन्न भएको हो । निर्धारित मुआब्जा रकम करिब ३९ लाख भएको उनले बताए।
बन्दरगाह निर्माणका लागि पाँच वर्ष अगाडि अधिग्रहण गरिएको थियो । मुआब्जा निर्धारण समितिले गरेको निर्णय जनहितकारी भएको स्थानीयवासीले जनाएका छन् । जिल्लाभित्रको शान्ति सुरक्षा मजबुत पार्दै जनताको टट्कारो समश्यालाई प्रक्रियागत रूपमा छिटो सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालय रसुवाले प्रभावकारी कदम चालेको छ ।
कार्यालय समयको अतिरिक्त दैनिक साँझसम्म सेवाग्राहीको कार्य सम्पादन गर्ने गराउने, राजमार्गमा हुने अवरोध तत्काल हटाई अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा सहजीकरण, धार्मिक एवं पर्यटन पदमार्गका होटल तथा लजहरूमा भइरहेको एकद्वार प्रणालीको अन्त्य जस्ता विविध कार्यमा प्रजिअ जैसीको योगदान महत्वपूर्ण भएकोे जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - ०८:५५
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...
माघ १४ गते, २०८२ - ०८:४५
खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...
माघ १४ गते, २०८२ - ०८:४१
पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...
माघ १४ गते, २०८२ - ०८:०८
शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास
माघ १४ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...
माघ १४ गते, २०८२ - ०७:५५
काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...
माघ १४ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...
माघ १४ गते, २०८२ - ०७:२९
काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...
माघ १४ गते, २०८२ - ०७:२६
काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा ...
माघ १४ गते, २०८२ - ०७:२१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...




प्रतिकृया लेख्नुहोस्: