Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

बालकुमारीको मूर्तिखोज्न पाँच सदस्यीय अनुसन्धान टोली

खबरडबली संवाददाता

काठमाडों । ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिरबाट आइतबारदेखि हराइरहेको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय ललितपुर कार्यालयमा आज भएको छलफलमा प्रहरी नायब निरीक्षक दीपक भारतीको संयोजकत्वमा सो अनुसन्धान टोली गठन गरिएको प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धविक्रम शाहले जानकारी गराए। उनले भने, हामीले प्राविधिकसहित अनुसन्धानका लागि टोली गठन गरेर खोजी सुरु गरिसकेको छौँ ।” 

ललितपुर क्षेत्र नं १ प्रदेशसभाका सदस्य राजकाजी महर्जनले कल टे«ेसिङलगायत सम्पूर्ण अत्याधुनिक प्रविधि प्रयोग गरेर अनुसन्धानलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने बताए । उनले भने, “हामीले राज्यको सम्पूर्ण संयन्त्र प्रयोग गरेर जसरी भए पनि मूर्ति खोज्नुनैपर्छ ।” 

वडाध्यक्ष बाबुराजा महर्जनले सो मूर्ति हराउँदा सुनाकोठीवासीको मुटु छियाछिया भइरहेको गुनासो गर्दै खोजीका लागि सहयोग गर्न आफू तत्पर रहेको सुनाए। 

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अनुसन्धानलाई चुस्त बनाउन केन्द्रीय सुरक्षा संयन्त्रसमेत परिचालन भएको बताए । 

उनले भने, “सुरक्षा संयन्त्रयसमा संवेदनशी भएर लागेको हुँदा यहाँका स्थानीयवासीका साथै प्रदेश सरकारले पनि धार्मिक तथा ऐतिहासिक अनि सांस्कृतिक धरोहर आसपास क्षेत्रमा सिसिटिभी आदि जडान गरेर थप सुरक्षा बढाउनुपर्ने देखिएको छ ।” 

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफ्नो तर्फबाट मूर्ति खोजीका लागि सबै सहयोग गर्न तयार भएको सुनाउँदै बालकुमारी माईलाई छिटो भन्दाछिटो उहाँको निवासमा फर्काउन अनुसन्धानलाई हरेक तवरबाट दु्रतगतिमा अघि बढाउन आग्रह गरे। 

प्रशासन कार्यालयमा भएको उक्त छलफलमा मन्दिरका गुठियारका साथै सुनाकोठीवासीको समेत उपस्थिति थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

भावी प्रधानमन्त्री भनेर अघि सारिएका उम्मेदवारबीच के साँच्चै सार्वजनिक बहस हुनुपर्छ ?

काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...

अशक्तलाई घरमै नागरिकता

सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...

मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँ खण्डः नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...

निर्वाचन ३२ दिन बाँकी: पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...

घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE