Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

पाँचपोखरी र मेलम्चीद्वारा सडक विभागको ध्यानाकर्षण

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले यस भेगको सडक मर्मतका लागि सडक विभागको ध्यानाकर्षण गराएका छन् । 

आइतबार मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताललगायतको टोलीले सडक विभागको ध्यानाकर्षण गराएको हो । 

गत असार १ गतेको मेलम्ची बाढीले कटान गरेको मेलम्ची–१३ फटकशिलास्थित रातो पहिरो, मेलम्ची पाँचपोखरी सडक र फड्केश्वर छापभञ्ज्याङ सडकको मर्मतसम्भार तथा सडकले गरिरहेको कामका बारेमा जानकारी लिइएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धितालले जानकारी दिए । 

भेटका क्रममा सडक विभागका उपनिर्देशक प्रभातकुमार झाले तीन दिनभित्र लागत स्टिमेटसहित मेलम्ची खाल्डेखोला सडक र रातो पहिरोको रिपोर्ट सडक विभागलाई बुझाउन सडक डिभिजन कार्यालय चरिकोटलाई निर्देशन दिए ।

त्यस्तै उनले फड्केश्वर– छापभञ्ज्याङ सडकमा रु १३ करोड विनियोजित रकम काठमाडौँ डिभिजन र चरिकोट डिभिजनको भएकाले छिट्टै समन्वय गरेर निर्णय गर्नेसमेत जानकारी दिए ।

साथै बैठकमा मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले मेलम्ची क्षेत्रमा पाँचवटा पक्की पुल आवश्यक रहेको बताउनुभएको थियो । हिउँदमा अस्थायीरूपमा आवतजावत गरेको भए पनि बर्खा लागेपछि समस्या हुने अर्यालले सडक विभागलाई जानकारी गराएका थिए। 

सडक विभागले भने फास्टट्«याकमार्फत बोलपत्र आह्वान गरी काम अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेको धितालले जानकारी दिए । अब छिट्टै सडक मर्मत तथा स्तरोन्नतिको काम अगाडि बढ्ने धितालले विश्वास व्यक्त गरे ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending