Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

नेप्सेको ओरालो यात्रा कायमै

खबरडबली संवाददाता

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । सोमबार झण्डै १०० अङ्कले खस्किएको बजार आज भने सामान्य अङ्कले मात्रै ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार मापक नेप्से ५.५९ अङ्कले ओरालो लागेर दुई हजार ८१५।०६ मा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १।०९ अङ्कले घटेर ५२४.९४ मा ओर्लेको छ ।

कूल २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर रु पाँच अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ मूल्यमा खरिद बिक्री भए ।कारोबार भएका १३ उपसमूहमध्ये आज जीवन बीमा उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । जीवन बीमा उपसमूह ७२.१६ अङ्कले उकालो लागेको हो । बाँकी रहेका १२ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ३.६१, व्यापार १.४६, होटेल तथा पर्यटन ४.२५, विकास बैंक १५.६, जलविद्युत् १०.५७, वित्त ५.३९, निर्जीवन बीमा १७.२९, उत्पादन १३.५९, अन्य ९.८९, लघुवित्त १५.२४, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.३७ अङ्कले ओरालो लागेको छ ।

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ७८ अर्ब २१ करोड २८ लाख १३ हजार २३१ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा आज एसियन लाइफ इन्सुरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २६ करोड ९४ लाख ५१ हजार ४१७ बराबरको कारोबार भयो । यस्तै अपी पावर कम्पनी रु २२ करोड ८२ लाख ५५ हजार ६१७, एनआइसिए एसिया बैंक रु १९ करोड ६८ लाख ७४ हजार १८४, नेपाल लाइफ इन्सुरेन्स रु १४ करोड २२ लाख ३४ हजार ९१५ र नेसनल हाइड्रोपावर रु १२ करोड ७६ लाख ९१ हजार ५५२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार विन नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै बुद्धभूमि नेपाल हाइड्रोपार ९.९८, पोखरा फाइनान्स ८.२५, कालिका लघुवित्त ४.५२, सामलिङ पावर कम्पनीका लगानीकर्ताले ४.०३ प्रतिशतले कमाए । त्यस्तै कृषि विकास बैंकको ऋणपत्र ८.३४, गुर्खाज फाइनान्स ४.५८, समिट लघुवित्त ३.१८, समता घरेलु लघुवित्त ३.०३ र चन्द्रागिरि हिल्सका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending