काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । सोमबार झण्डै १०० अङ्कले खस्किएको बजार आज भने सामान्य अङ्कले मात्रै ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार मापक नेप्से ५.५९ अङ्कले ओरालो लागेर दुई हजार ८१५।०६ मा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १।०९ अङ्कले घटेर ५२४.९४ मा ओर्लेको छ ।
कूल २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर रु पाँच अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ मूल्यमा खरिद बिक्री भए ।कारोबार भएका १३ उपसमूहमध्ये आज जीवन बीमा उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । जीवन बीमा उपसमूह ७२.१६ अङ्कले उकालो लागेको हो । बाँकी रहेका १२ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ३.६१, व्यापार १.४६, होटेल तथा पर्यटन ४.२५, विकास बैंक १५.६, जलविद्युत् १०.५७, वित्त ५.३९, निर्जीवन बीमा १७.२९, उत्पादन १३.५९, अन्य ९.८९, लघुवित्त १५.२४, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.३७ अङ्कले ओरालो लागेको छ ।
मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ७८ अर्ब २१ करोड २८ लाख १३ हजार २३१ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा आज एसियन लाइफ इन्सुरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २६ करोड ९४ लाख ५१ हजार ४१७ बराबरको कारोबार भयो । यस्तै अपी पावर कम्पनी रु २२ करोड ८२ लाख ५५ हजार ६१७, एनआइसिए एसिया बैंक रु १९ करोड ६८ लाख ७४ हजार १८४, नेपाल लाइफ इन्सुरेन्स रु १४ करोड २२ लाख ३४ हजार ९१५ र नेसनल हाइड्रोपावर रु १२ करोड ७६ लाख ९१ हजार ५५२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार विन नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै बुद्धभूमि नेपाल हाइड्रोपार ९.९८, पोखरा फाइनान्स ८.२५, कालिका लघुवित्त ४.५२, सामलिङ पावर कम्पनीका लगानीकर्ताले ४.०३ प्रतिशतले कमाए । त्यस्तै कृषि विकास बैंकको ऋणपत्र ८.३४, गुर्खाज फाइनान्स ४.५८, समिट लघुवित्त ३.१८, समता घरेलु लघुवित्त ३.०३ र चन्द्रागिरि हिल्सका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १९:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...
आषाढ़ ११ गते, २०८३ - १७:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...
आषाढ़ ११ गते, २०८३ - १६:५३
काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...
आषाढ़ ११ गते, २०८३ - १६:१३
काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...
आषाढ़ ११ गते, २०८३ - १५:४२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...
आषाढ़ ११ गते, २०८३ - १५:१३
काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...
आषाढ़ ११ गते, २०८३ - १४:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...
आषाढ़ ११ गते, २०८३ - १३:५१
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...
आषाढ़ ११ गते, २०८३ - १३:३३
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...
आषाढ़ ११ गते, २०८३ - १३:१३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...



प्रतिकृया लेख्नुहोस्: