Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

भक्तपुरमा एकै दिन आयो १५ हजार सिटामोल, सिडिओ भन्छन् : अभाव छैन

खबरडबली संवाददाता

काठमाडौं । भक्तपुरमा मंगलबार एकै दिन १५ हजार पिस सिटामोल भित्रिएको छ । राससले सोमबार भक्तपुरमा सिटामोलको अभाव भएको समाचार सम्प्रेषण गरेको थियो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा भक्तपुरका २० भन्दा बढी औषधि पसलमा अनुगमन गरिएको थियो । 

‘भक्तपुरमा सिटामोलको अभाव हुन नदिन मैले पहल गरेँ, नेपाल ड्रग लिमिटेडले आज एकै पटक १५ हजार पिस सिटामोल पठाएको छ, जिल्लाका चारवटै नगरपालिकाका स्वास्थ्य संस्थाहरुमा केही दिन अगाडि मात्रै ४० हजार सिटामोल बाँडिएको छ’ प्रजिअ शर्माले भने, ‘प्रदेश सरकारसँग पनि सिटामोल माग्न मैले जिल्ला स्वास्थ्य कार्यालयलाई भनेको छु, प्रदेशबाट पनि सिटामोल आउँदैछ, औषधि व्यवस्था विभागलाई पनि सिटामोल पठाउन भनेका छौँ ।’

जिल्ला स्वास्थ्य कार्यालयले ४० हजार सिटामोल चारवटै नगरपालिकाहरुका स्वास्थ्य कार्यालयमा केही दिनअगाडि वितरण गरेका जानकारी दिँदै उहाँले आजै सबै पालिकासँग सिटामोलको रेकर्ड माग गर्दा कतै अभाव नभएको पाइएको बताए। 

सरकारले स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गरेको सिटामोल आवश्यक परेमा आफ्नो नजिकका स्वास्थ्य संस्थामा गएर चिकित्सकको परामर्शअनुसार लिन सकिने उनले बताए। भक्तपुर अस्पताललगायत यहाँका अन्य अस्पतालमा पनि सिटामोल अभाव नभएको उनको दाबी छ। 

प्रजिअ शर्माले भने, ‘केही निजी फार्मेसीहरुले सिटामोलको अभाव देखाएका छन्, भक्तपुरमा हामीले पर्याप्त सिटामोल ल्याएका छौँ, अब अभाव छैन, सिटामोलको अभाव देखाउँदै बिक्री गरेको पाइएमा कारबाही गर्छौं ।’

प्रशासनले बजारको सूक्ष्म अनुगमन गरिरहेको उल्लेख गर्दै उहाँले बजारमा सिटामोलको अभाव देखाएर सिटामोल लुकाउने वा महँगोमा बिक्री गरेको पाइएमा कारबाही गर्ने बताए। 

प्रजिअ शर्माको नेतृत्वमा भक्तपुरका २० वटा औषधि पसलको अनुगमन गर्दा गलत गर्ने दुईवटा फार्मेसीलाई औषधि व्यवस्था विभागमा हाजिर हुन पठाइएको थियो । भक्तपुरमा ज्वरोको बिरामी ह्वात्तै बढेपछि सिटामोलको माग बढेको थियो । भक्तपुरमा अहिले दैनिक ५०० भन्दा बढी ज्वरोका बिरामी विभिन्न अस्पतालमा परीक्षणका लागि जाने गरेका छन् । 

भक्तपुर अस्पतालमा मात्रै दैनिक २५० देखि ३०० सम्म बिरामीहरु ज्वरो आएकै कारण स्वास्थ्य परीक्षणका लागि आउने गरेको भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा समित्रा गौतमले जानकारी दिए। भक्तपुर अस्पतालमा पनि सिटामोलको अभाव नभएको र पर्याप्त रहेको बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्चको व्याख्या : भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न नमिल्ने व्याख्या गरेको छ । चेतना लोकसम पुनरा...

१९ वर्षपछि खुल्यो गौर हत्याकाण्डको फाइल, कहाँसम्म पुग्ला अनुसन्धान ?

काठमाडौं । रौतहटको गौरमा २७ जनाको हत्या भएको घटनामा प्रहरीले १९ वर्षपछि अनुसन्धान अघि बढाएको छ । सर्वोच्च अदालतबाट जारी परमादेशको पूर्णपाठ ७ पुसमा प्र...

कांग्रेस गोरखाद्वारा विशेष महाधिवेशनमा सहभागी हुन आग्रह

गोरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गोरखाले पार्टीको ‘विशेष महाधिवेशन’मा गोरखा जिल्लाबाट सहभागी हुन आज सबै महासमिति सदस्य एवं प्रतिनिधिहरूलाई आ...

सरकारले भन्यो- भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ

काठमाडौँ । नेपाल सरकारले भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालय बुधबार विज्ञप्तिमार्फत सम्बन्धित सबै ...

निर्वाचन ५५ दिन बाँकी- १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोग...

प्रतिनिधिसभा निर्वाचनः झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनमा सुरक्षाको भरपर्द...

कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको आज बेग्लै भेला

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला गर्दैछ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने ...

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का...

अमेरिकी डलरको मूल्य फेरि उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३...

सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending