Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

भक्तपुरमा एकै दिन आयो १५ हजार सिटामोल, सिडिओ भन्छन् : अभाव छैन

खबरडबली संवाददाता

काठमाडौं । भक्तपुरमा मंगलबार एकै दिन १५ हजार पिस सिटामोल भित्रिएको छ । राससले सोमबार भक्तपुरमा सिटामोलको अभाव भएको समाचार सम्प्रेषण गरेको थियो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा भक्तपुरका २० भन्दा बढी औषधि पसलमा अनुगमन गरिएको थियो । 

‘भक्तपुरमा सिटामोलको अभाव हुन नदिन मैले पहल गरेँ, नेपाल ड्रग लिमिटेडले आज एकै पटक १५ हजार पिस सिटामोल पठाएको छ, जिल्लाका चारवटै नगरपालिकाका स्वास्थ्य संस्थाहरुमा केही दिन अगाडि मात्रै ४० हजार सिटामोल बाँडिएको छ’ प्रजिअ शर्माले भने, ‘प्रदेश सरकारसँग पनि सिटामोल माग्न मैले जिल्ला स्वास्थ्य कार्यालयलाई भनेको छु, प्रदेशबाट पनि सिटामोल आउँदैछ, औषधि व्यवस्था विभागलाई पनि सिटामोल पठाउन भनेका छौँ ।’

जिल्ला स्वास्थ्य कार्यालयले ४० हजार सिटामोल चारवटै नगरपालिकाहरुका स्वास्थ्य कार्यालयमा केही दिनअगाडि वितरण गरेका जानकारी दिँदै उहाँले आजै सबै पालिकासँग सिटामोलको रेकर्ड माग गर्दा कतै अभाव नभएको पाइएको बताए। 

सरकारले स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गरेको सिटामोल आवश्यक परेमा आफ्नो नजिकका स्वास्थ्य संस्थामा गएर चिकित्सकको परामर्शअनुसार लिन सकिने उनले बताए। भक्तपुर अस्पताललगायत यहाँका अन्य अस्पतालमा पनि सिटामोल अभाव नभएको उनको दाबी छ। 

प्रजिअ शर्माले भने, ‘केही निजी फार्मेसीहरुले सिटामोलको अभाव देखाएका छन्, भक्तपुरमा हामीले पर्याप्त सिटामोल ल्याएका छौँ, अब अभाव छैन, सिटामोलको अभाव देखाउँदै बिक्री गरेको पाइएमा कारबाही गर्छौं ।’

प्रशासनले बजारको सूक्ष्म अनुगमन गरिरहेको उल्लेख गर्दै उहाँले बजारमा सिटामोलको अभाव देखाएर सिटामोल लुकाउने वा महँगोमा बिक्री गरेको पाइएमा कारबाही गर्ने बताए। 

प्रजिअ शर्माको नेतृत्वमा भक्तपुरका २० वटा औषधि पसलको अनुगमन गर्दा गलत गर्ने दुईवटा फार्मेसीलाई औषधि व्यवस्था विभागमा हाजिर हुन पठाइएको थियो । भक्तपुरमा ज्वरोको बिरामी ह्वात्तै बढेपछि सिटामोलको माग बढेको थियो । भक्तपुरमा अहिले दैनिक ५०० भन्दा बढी ज्वरोका बिरामी विभिन्न अस्पतालमा परीक्षणका लागि जाने गरेका छन् । 

भक्तपुर अस्पतालमा मात्रै दैनिक २५० देखि ३०० सम्म बिरामीहरु ज्वरो आएकै कारण स्वास्थ्य परीक्षणका लागि आउने गरेको भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा समित्रा गौतमले जानकारी दिए। भक्तपुर अस्पतालमा पनि सिटामोलको अभाव नभएको र पर्याप्त रहेको बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending