Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

इलामको झण्डीडाँडाबाट सफल भयो प्याराग्लाइडिङको परीक्षण

खबरडबली संवाददाता

इलाम । पर्यटकीयस्थल पदमार्गबाट गरिएको प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । इलामको रोङ गाउँपालिका– ६ स्थित करसोङ पदमार्ग गरिएको प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको हो ।

सो पर्यटकीयस्थलमा परीक्षण उडान सफल भएपछि स्थानीय तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । तराईसँग नजिकै रहेको करसोङ पदमार्गमा प्याराग्लाइडिङको आनन्द लिन पाउने भएपछि विशेष गरी वडामा पर्यटक भित्रिने भन्दै यसले थप हौसला थपेको रोङ–६ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मणिकुमार स्याङ्बोले बताए। 

उनले पदमार्गमा पर्यटकको सङ्ख्या वृद्धि हुन सुरु हुँदै नयाँ आनन्द लिन पर्यटकले पाउने भएपछि उत्साह थपिएको बताउनुभयो । झापाको तिरिङ– इलामको पाटापुर– लाङ्केप–सलकपुर– झण्डि–हुँदै हाँस पोखरी हर्कटेबाट इलामको अर्को पर्यटकीय स्थान कन्याम जोड्ने पदमार्ग क्षेत्रमा प्याराग्लाइडिङ उडान परीक्षण सफल भएको बताइएको छ । पर्यटकीय क्षेत्र झण्डिडाँडाबाट प्याराग्लाइडिङ उडान परीक्षण गरिएको थियो । 

रोङ–६ को झण्डिडाँडाबाट बालविकास आधारभूत विद्यालय झापाको मेचीनगर– १ सम्म प्याराग्लाइडिङ परीक्षण उडान गरिएकामा सफल भएको वडाध्यक्ष स्याङ्बोले बताए। यस उडानले झापालगायतका बासिन्दालाई नजिकैबाट नै यसको आनन्द लिन मिल्ने भएपछि खुसी थपिएको बताइएको छ ।

 परीक्षण उडानपछि अब व्यावसायिक उडान गरिने छ । यसका लागि गाउँपालिकाले समेत पहल सुरु गरेको छ । जिल्लाका विभिन्न स्थानबाट समेत यसअघि परीक्षण उडान सम्पन्न भएका छन् । व्यावसायिक उडान भने खासै हुन सकेको छैन । यसै वर्षदेखि कन्यामबाट यसको सुरुआत भने भएको छ । साथै झण्डीडाँडाबाट यसको परीक्षण उडानपछि व्यावसायिक उडान सुरु हुने जिल्लावासीले आशा गरेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending